Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: वैदेशिक रोजगारीमा ठगी गर्ने एक व्यक्तिलाई प्रहरीको महानगरीय अपराध नियन्त्रण महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको छ । धादिङ घर भई ललितपुर बस्ने मानबहादुर गुरुङलाई काठमाडौँको डिल्लीबजारबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । वैदेशिक रोजगारको सिलसिलामा आफूलाई रिहाना एजुकेशन कन्सल्टेन्सीका सञ्चालक भन्दै उनले रु १० लाख ५० हजार ठगी गरेको महाशाखाले जनाएको छ । काठमाडौँ सामाखुशी बस्ने हुमलाल गुरुङसमेतका व्यक्तिहरुले उनी विरुद्ध दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरी थप कारवाहीका लागि आज महानगरी प्रहरी परिसर टेकु बुझाइएको महाशाखाले जनाएको छ । ट्राफिक उज्यालो अभियान ः पन्ध्रहजार कारवाहीमा प्रहरीले ट्राफिक नियम उल्लङ्घन विरूद्ध चलाएको विशेष…

Read More

धनगढी : कैलाली जिल्लाको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगति आठ वर्षमा ४५ दशमलव ५ प्रतिशत भएको छ । विसं २०६६ मा कार्यालय स्थापना भई २०६८ देखि निर्माणकार्य शुरु भएको यो आयोजनाको अहिलेसम्म वित्तीय प्रगति ४४ दशमलव १८ प्रतिशत भएको आयोजना कार्यालयका सूचना अधिकारी एवं डिभिजनल इञ्जिनीयर प्रेम लासिवाले बताउनुभयो । जिल्लाको पूर्वी सीमा कर्णाली नदी मुहान भएको यो आयोजनाको इन्टेक (मुहान)मा पानी नियन्त्रण गर्ने आठवटा ढोकाका साथै ‘लिङ्क क्यानल‘ निर्माणको काम पूरा भएको छ । मुहानमा चाहेको समयमा पानी छोड्ने र बन्द गर्नका लागि कम्प्युटर प्रणालीबाट स्वचालित उपकरण जडान गर्ने काम भइरहेको छ…

Read More

काठमाडौँ:  काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम आज २ दशमलव ९ डिग्री सेल्सियस रहेको छ । यो काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो । यसअघि मङ्गलबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री मापन भएको थियो । मौसमविद् विभूति पोखरेलका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । “अबको केही दिन तापक्रम घटबढ भइरहनेछ,” उहाँले भन्नुभयो । मौसमविद् पोखरेलका अनुसार राति बद्ली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ । पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा…

Read More

काठमाडौँ: निजामती सेवाका राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारी (सहसचिव र उपसचिव) को पदपूर्तिमा विद्यमान आन्तरिक प्रतियोगिता नहुने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक उच्च तहका कर्मचारी परीक्षाको तयारीका लागि पढ्नमा व्यस्त हँुदा प्रशासनिक कार्य नै अवरुद्ध हुन गएको टिप्पणीका साथ ती पदमा आन्तरिक प्रतियोगिता हटाउने सहमतिको नजिक पुगेको हो । ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलका क्रममा सांसदहरुले बढुवा प्रक्रियालाई भने पारदर्शी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभएको थियो । बैठकमा सो विषयमा अधिकांश सांसद सहमत देखिए पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू…

Read More

काठमाडौँ: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सरकारसँगको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) अनुदान सहायता सम्झौतापत्र नेपालको आर्थिक विकाससँग सम्बन्धित सम्झौता भएकाले संसद्को चालू हिउँदे अधिवेशनले यसलाई पारित गर्ने बताउनुभएको छ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सो विषयबारे स्पष्ट पार्र्दै मन्त्री ज्ञवालीले नेपाली काँग्रेस नेतृत्वको तत्कालीन सरकारले उक्त सम्झौता गरेको र सरकार अविछिन्न उत्तराधिकारवाला संस्था भएकाले अन्तरर्राष्ट्रिय जगतमा मुलुकका छविलाई विश्वसनीय बनाउनसमेत यसलाई अनुमोदन गर्नुको विकल्प नभएको जिकिर गर्नुभयो । यसबारे राष्ट्रिय दलबीच कुनै विमति नभएकाले संसद्बाट पारित हुने उहाँको भनाइ थियो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पछिल्लो स्थायी कमिटीको बैठकमा उक्त सहमति हिन्दप्रशान्त…

Read More

बनेपा: काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिका बालबालिका पढ्नका लागि अहिले पनि भोकै हिँडेर घण्टौँको बाटो पार गर्नुपर्छ । भौगोलिक विकटता र यातायातका असुविधा भएका ती ठाउँका साना बालबालिकालाई खान र लगाउनको पर्वाहविना किताबकापी काखी च्यापेर एकदेखि दुई घण्टाको बाटो हिँडेर पढ्न जानुपर्ने बाध्यता छ । यस्तै बाध्यतामध्येको एउटा उदाहरण हो महाभारत गाउँपालिका–१ छोटेसाहनका चन्द्रोदय प्राथमिक विद्यालयका बालबालिकाको जहाँ छिमेकी जिल्ला सिन्धुलीदेखि प्राथमिक तहमा अध्ययन गर्न विद्यार्थी आउने गरेका छन् । कक्षा २ का प्रदीप हिन्दुङ एक घण्टा हिँडेर विद्यालय आउने गर्नुहुन्छ । घरदेखि विद्यालयसम्म आउन बीचमा खोला पार गरेर आवतजावत गर्नुपर्ने उहाँको भनाइ छ । हिँड्न सहज हुने भए पनि किताबकापी…

Read More

काठमाडौँ: नेपाल प्रहरीले १२२ चिनियाँ नागरिक पक्राउ गरेको घटनामा आज भन्दा तीन महिनापहिले नै चिलीमा भएको इन्टरपोलको ८८ औं महासभामा चिनियाँ प्रहरी अधिकारी र प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालबीच सूचना आदान प्रदान भएरै सो ओपरेसन चलाइएको प्रहरीले दावी गरेका छन् । चिलीमा आयोजित इन्टरपोलको ८८ औं सम्मेलनमा चिनियाँ पक्षले नेपाली पक्षलाई चिनियाँ नागरिकहरु नेपालमा बसेर साइबर अपराधको गतिविधि गरिरहेको सूचना दिएपछि त्यसबारे निगरानी थालिएको थियो । चीन र नेपालको संयुक्त अपरेशनमा १२२ चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको नेपाल प्रहरीले स्वीकार गरेको छ । यो अपरेशनलाई ‘चार्ली फोक्स्टर’ नाम दिइएको छ । सोमबार एकैदिन काठमाडौंका बिभिन्न स्थानबाट १२२ जना चिनियाँ…

Read More

काठमाडौं : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा स्कोरपियो र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको राजगढ गाउँपालिका–६ बस्ने ३५ वर्षीय राकेशकुमार यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । यस्तै मोटरसाइकलको पछाडि सवार सोही गाउँपालिका बस्ने ३५ वर्षको प्रभात यादवको राजविराजस्थित गजेन्द्र नारायण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी उपरीक्षक भारतीले जानकारी दिए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको च१च १३८१ नंको स्कोरपियोले विपरीत दिशाबाट आउँदै गरेको यादव सवार स१०प ८२५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

Read More

काठमाडौं : समाजवादी पार्टीले सरकारबाट बाहिरिएको औपचारिक घोषणा गरेको छ । पार्टीको आज बुधबार बसेको कार्यकारिणी समितिको बैठकले सरकार त्यागेकाले उसलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै अध्यक्ष उपेन्द्र यादवले यस्तो घोषणा गरेका हुन। उनले पार्टी अब प्रतिपक्षमा रहेर संविधान परिमार्जन गर्ने संशोधन गर्ने र सबैको संविधान बनाउने कार्यमा लाग्ने बताए । केपी ओली नेतृत्वको सरकारलाई दुई तिहाइको सरकार बनाएको उपप्रधान एवं कानूनमन्त्री उपेन्द्र यादवको दल समाजवादी पार्टीले हिजो मंगलबार आकस्मिक रुपमा सरकारबाट बाहिरिने निर्णय गरेको थियो । समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छोड्ने निर्णय गरेपछि उपप्रधानमन्त्री यादव र सहरी विकासमन्त्री इस्तियाक राईले राजीनामा समेत दिएका…

Read More

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न शैक्षिक संस्थाले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज काठमाडौँ विश्वविद्यालय र ब्रिजइन फाउण्डेशन बेल्जियमबीच विश्वविद्यालय विकास सहायता परियोजना सम्झौता कार्यक्रममा सहभागी भएका उनले मुलुकको समृद्धिका लागि सवल शैक्षिक जनशक्ति तयार गर्नुपर्ने बताएका हुन । ब्रिजइन फाउण्डेशनका अध्यक्ष प्राध्यापक टान्को मौहमादोउ र काठमाडौँ विश्वविद्यालयका उपकुलपति एवं धुलिखेल अस्पतालका संस्थापक प्रा डा रामकण्ठ माकजु श्रेष्ठबीच आज बुधबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो । “राजनीतिक सङ्क्रमणकाल पार गरेपछि हामी विकास र समृद्धिको चरणमा प्रवेश गरेका छौँ । सामाजिक न्यायसहितको समानता,…

Read More