Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सत्तारूढ तथा प्रतिपक्षी दलका सांसदले नेपाल–भारत सीमा विवादको कूटनीतिक माध्यमबाट समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले सीमा विवाद समाधान गर्न सरकारले चालेको कदम सकारात्मक भए पनि सरकारको प्रयासले मूर्तरूप लिन नकसकेको भन्दै थप गम्भीर भएर लाग्न सुझाव दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खिमलाल भट्टराईले नेपाल–भारत सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान खोज्न सरकारलाई आग्रह गरे । उनले नेपाल–भारत सीमा विवाद समाधान गर्न सरकारले लिएको पहलकदमी स्वागतयोग्य भएको बताए । “नेपाल भारत सीमा विवादको विरुद्धमा सम्पूर्ण नेपाल एक भएको छ । त्यसमा अन्य राजनीतिक दलले उच्चस्तरको व्यवहार देखाएका छन् ।…
काठमाडौँ: राष्ट्रियसभाको आजको बैठकमा ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक सभासमक्ष पेश गरेको हो । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गरे । ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७५’ टेबुल गरिएको हो । राष्ट्रियसभाको अर्को बैठक यही पुस १० गते बिहान ११ बजे बस्ने छ ।
काठमाडौँ: कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा आज भएको खेलमा धनगढी एक्सपर्ट विजयी भएको छ । धनगढीले पोखरा पल्टनलाई पाँच विकेटले पराजित गरेको हो । पोखरा रङ्गशालामा आज भएको खेलमा टस जितेर पोखरा पल्टनले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । निर्धारित २० ओभरको खेलमा पोखराले १६ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर मात्र ७९ रन बनायो । धनगढीका अमित यादवले सर्वजित लद्दाको बलमा छक्का प्रहार गरी नौ दशमलव एक ओभरमा आफ्नो टोलीलाई विजयी बनाए । धनगढीका लागि दिपक पुनियाले २५, रोड्रिगो थोमसले १५, कप्तान दीपेन्द्रसिंह ऐरीले १३ तथा शुभेन्दु पाण्डेले ११ रन बनाए । …
काठमाडौँ: साना तथा मझौला उद्योगको प्रवद्र्धन गर्ने लक्ष्यका साथ निजी क्षेत्रको अग्रणी बैंक नबिल बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । सामान्यतया ः बैंक तथा वित्तीय संस्थाले ऋण दिन लामो समय लगाउने गरेका छन् । नबिल बैंकले सञ्चालनमा ल्याएको नयाँ योजनामा भने कागजात पुगेको ३५ घण्टामा नै ऋण स्वीकृति गरिने व्यवस्था गरिएको छ । साना तथा मझौला एवम् घरेलु उद्यम गर्न चाहनेलाई बैंकले छोटो समयमा नै रु ७५ लाखसम्म ऋण दिने सुविधा ल्याएको आज यहाँ आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिए । उद्यम गर्न चाहनेलाई बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन असाध्यै झन्झटिलो प्रावधान…
काठमाडौँ: नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन ३३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । यहि पुसको ४ देखि ६ गतेसम्म काठमाडौँमा भएको सम्मेलनमा अपराध अनुसन्धानलाई प्रभावकारी बनाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य पूरा गर्न साझा प्रयास थालिएको छ । सम्मेलनको घोषणापत्रमा विसं २०७३ सालमा सम्पन्न प्रथम सम्मेलनबाट पारित भएको घोषणापत्रको समीक्षा गर्दै अपराध अनुसन्धान र अभियोजनलाई वस्तुगत र वैज्ञानिक प्रमाणमा आधारित बनाउन अनुसन्धान र अभियोजन कार्यमा समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताइएको छ । लामो समयको प्रयासपछि जारी भएका मुलुकी अपराध संहिता (२०७४), मुलुकी फौजदारी कार्यविधि संहिता (२०७४) र फौजदारी…
सुर्खेत: कर्णाली प्रदेशसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले गत आर्थिक वर्ष २०७५÷७६ मा नियमविपरीत बजेट रकमान्तर हुनुमा आर्थिक मामिला तथा योजना मन्त्रालयको कमजोरी भएको निष्कर्ष निकालेको छ । प्रदेशसभा सचिवालयमा आज बसेको समिति बैठकले आर्थिक मामिला मन्त्रालयले वित्तीय अनुशासन कायम गराउन नसकेको निष्कर्ष निकालेको हो । बैठकले आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र सामाजिक विकासमन्त्री दल रावलसँग स्पष्टीकरण लिएको थियो । समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठले आर्थिक मामिला मन्त्रालयले मागे जतिको बजेट रकमान्तर गरेर वित्तीय अनुशासन कायम गराउन नसकेको बताए । “आर्थिक वर्षको अन्त्यमा ठूलो रकम ऐनविपरीत रकमान्तरको प्रस्ताव आउँदा अर्थले ख्याल गर्नुपथ्र्यो,” उनले भने, “कानूनले तोकेको सीमा नाघेर रकमान्तर गर्नुमा…
काठमाडौँ: यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुनेछ । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ । पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ । ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात पुस ९ गते बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध रहेको उनले सुनाए । ग्रहणका बेलामा खानपिनलगायत…
ओखलढुङ्गा: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले समृद्धिको पहिलो आधार पर्यटन भएको बताउएका छन् । ओखलढुङ्गाको चण्डेश्वरी विमानस्थलको उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपालको विविधता र नेपालीको पहिचान विश्वका लागि नमूना भएकाले पर्यटक ल्याएर विकासको लक्ष्यमा छिटो पुग्न सकिने बताएको हो । समृद्धिको पहिलो आधार नै पर्यटन भएकाले पर्यटकीय क्षेत्रको विकासमा सरकार लागिपरेको उनको भनाइ थियो । “अहिलेको सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानमा छ । त्यो अभियानमा छिटो पुग्ने माध्यम भनेको पर्यटन हो । भ्रमण वर्ष २०२० ले केही सफलताका सङ्केतहरु देखाउनेछ”, उनले भने, “सरकारले सय गन्तव्य घोषणा गरेर केही पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा जुटेको छ । सङ्घ,…
जाजरकोट: कर्णाली प्रदेशमा दुई वर्षभित्र १७० वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्ने उद्देश्यका साथ काम शुरु भएको छ । स्वास्थ्य संस्था निर्माण कार्य शुरु भएसँगै स्थानीयवासी खुशी भएका छन् । बर्सेनि कुनै न कुनै समस्याबाट पीडित बन्दै आएको कर्णालीका दुर्गम जिल्लामा सङ्घीय सरकार र स्थानीय सरकारको सहकार्यमा स्वास्थ्य संस्था निर्माण कार्य शुरु भएसँगै गाउँमै औषधि पाउने भन्दै स्थानीयवासीले खुशी व्यक्त गरेका हुन् । दुर्गम गाउँबाट स्वास्थ्य संस्था आउन दिनभरि लाग्ने बाध्यता हट्ने जाजरकोट नलगाड नगरपालिका–८ मङ्सिरीका तेजबहादुर सिंहले विश्वास व्यक्त गरे । त्यस्तै स्वास्थ्य संस्था नहुँदा समस्या भोग्दै आएका उपल्लो डोल्पावासी खुशी भएको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप…
काठमाडौँ: बाहिरी आवरण हेर्दा लाग्छ पुरानै ‘दरबार हाई स्कुल’ हो, तर होइन । बाहिरबाट हेर्दा पहिले र अहिले खासै फरक नदेखिने रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माण लगभग सकिन लागेको छ । भूकम्पपछि शुरु गरिएको पुनःनिर्माणको काम झण्डै पाँच प्रतिशतमात्र बाँकी हुँदा हाई स्कुल यस्तो देखिएको हो । गोर्खा भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भइरहेको यस विद्यालय पहिले जस्तै नै देखिन्छ । यही पुस महिनाभित्र काम सक्नेगरी निर्माणको काम भइरहेको छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले लिएको छ । …