Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: ठूला भौतिक निर्माणको काम धमाधम अगाडि बढिरहेको बेला नदीजन्य निर्माण सामग्रीको आपूर्तिमा भने समस्या देखिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुग्न लागेको बेला नदीजन्य निर्माण सामग्रीको अभाव देखिएको हो । सङ्घीय संसद्को अर्थ समितिको बैठकमा समेत आज नदीजन्य निर्माण सामग्रीका कारण आयोजना निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त भएको छ । रुपन्देहीमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण व्यवसायी नर्थवेस्ट सिभिल एभिएशन एयरपोर्ट कन्स्ट्रक्शन ग्रुपले स्थानीय रुपमा नदीजन्य निर्माण सामग्री नपाएपछि चितवनबाट आपूर्ति गरिरहेको छ । विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुग्दा स्थानीय निकायले नदीजन्य पदार्थ आपूर्तिमा असहयोग गरेका कारण लामो दूरी पार…

Read More

काठमाडौँ: मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिल बनाइ ठगी गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले वरुण वेभरेज विरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । नेपालमा वरुण वेभरेजले पेप्सीलगायतका उत्पादनको बोटलिङ गर्दै आएको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार वरुण वेभरेजका अमित गुप्तासमेत सात जना विरुद्ध रु ६४ करोड ९६ लाख दुई हजार ३४० बिगो र बिगोको दोब्बर रु एक अर्ब २९ करोड ९२ लाख चार हजार ६८० समेत गरी रु एक अर्ब ९४ करोड ८८ लाख सात हजार २० सम्म जरिवाना र तीन वर्ष कैद सजायको माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।…

Read More

काठमाडौँ: श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालय, नेपाल उद्योग परिसंघले रोजगार मैत्री वातावरण सृजना गर्न सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । आजश्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवसंगको भेटमा परिसंघ प्रतिनिधिमण्डलले आपसी सहकार्यलाई गहन बनाउने प्रतिवद्धता जनाएको हो । भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले उद्योगी–व्यवसायी र श्रमिक तथा श्रमिक संगठनहरुसँग विश्वासको वातावरण बनेको अवस्थामा रोजगारी सृजना तथा दक्ष जनशक्ति निर्माणमा सहकार्य केन्द्रित हुनु पर्ने समय आएको बताए । स्वदेशमै दक्ष जनशक्तिको अभाव हुँदा त्यसको प्रत्यक्ष असर नयाँ लगानी र चालु उद्योगमा समेत परेको सन्दर्भमा रोजगारी सृजना र दक्ष जनशक्ति उत्पादनमा परिसंघले मन्त्रालयसँग सघन साझेदारीका लागि प्रतिवद्ध रहेको पनि अध्यक्ष…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा संक्षिप्त भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबीच मुलुकको समसामयिक राजनीतिक अवस्था तथा भोलिदेखि प्रारम्भ हुने सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत हुने विधेयकहरुबारे विचारविमर्श भएको थियो । पूर्वप्रधानमन्त्री देउवाका साथ पार्टीका केन्द्रीय सदस्य रमेश लेखक पनि हुनुहुन्थ्यो ।

Read More

काठमाडौँ:  सरकारले चालू आर्थिक वर्षको बीचमा सङ्घ तथा प्रदेशबाट स्थानीय तहमा सःशर्त, विशेष र समपुरक अनुदानमार्फत प्राप्त हुने रकमलाई बजेटमा समावेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वित्तीय अनुशासन कायम गरी बजेट प्रणालीलाई व्यवस्थित गर्ने गरी यो व्यवस्था गरिएको बताउनुभयो । मन्त्रिपरिषद्को गत मङ्सिर ३० गते भएको बैठकको निर्णयअनुसार फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको कार्यालय भवन तथा आवासगृह निर्माणका लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरिएको छ । पूरै जग्गा परेका जग्गाधनीलाई ७५ र आंशिक जग्गा परेकालाई ६६ प्रतिशत रकम क्षतिपूर्तिस्वरूप…

Read More

काठमाडौँ: उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई नै सदर गरेको छ । साथै महराको मुद्दा एक महिनाभित्र किनारा लगाउन भनेको छ । संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो । पूर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए । तर मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले जिल्लाकै आदेशलाई सदर गरेको छ । उपलब्ध प्रमाणका आधारमा प्रतिवादी कसूरदार होइनन् भनि भन्न सकिने अवस्था नरहेको…

Read More

काठमाडौँ: सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी सम्झौता संसद्बाट अनुमोदन गर्ने स्पष्ट पारेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुक्रबारबाट शुरु हुने संसद्को हिउँदे अधिवेशनले एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले एमसीसी अहिले नभएर धेरै पहिलादेखि आएको विषय भएकाले यसलाई सरकार र पार्टीले बहसको विषय बनाइराख्न नपर्ने बताउनुभयो । “एमसीसी इण्डो प्यासिफिकको विषय हो भनेर भन्नुचाहिँ कि धेरै बुझेको हुनुपर्छ कि त केही पनि नबुझेको हुनुपर्छ, या त एकदम धेरै बुझेपछि नै यस्तो समस्या हुन्छ । बहसमा भएजस्तो हामी अमेरिकासँगको…

Read More

काठमाडौँ: नेपाल प्रहरीले रु एक लाख सात हजार ५१० नगदसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग स्वीचाटारबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका–९ स्वीचाटारस्थित सीताराम बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा बुधबार राति पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले तास र नगद बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Read More

काठमाडौं : नागरिकता संशोधन विधेयक (सीएए) को विरोधमा भारतको विभिन्न राज्यमा विरोध प्रदर्शन भइरहँदा त्यहाँको सरकारले दिल्लीका केही स्थानमा मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ । टेलिकम सेवा प्रदायक संस्थाहरु जस्तै एयरटेल, भोडाफोन, आइडिया, जिओ, एमटिएनएल /बिएसएनएललाई दिल्लीका केही स्थानमा भ्वाइस, एसएमएस र इन्टरनेट सेवा बन्द गर्न आदेश दिइएको छ । इन्टरनेट चलाउनेहरुका अनुसार यतिबेला दिल्लीको सिलामपुर, इन्डिया गेट र आइटिओमा यी सेवा बन्द छन । दिल्लीमा पुलिसको आदेशमा यी सेवा बन्द गरिएको हो । यसैबीच दिल्ली, उत्तर प्रदेश र कर्नाटकमा स्थानीय प्रशासनले प्रदर्शनकारीहरु जम्मा हुने भनिएको ठाउँमा धारा १४४ लगाएको छ । यद्यपि दिल्लीमा भने धारा १४४…

Read More

कैलाली : धनगढी उपमहानगरपालिकाले चिसोका कारण उपमहानगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिन बिदा दिने आज निर्णय गरेको छ । केही दिनदेखि आएको मौसमी खराबीका कारण अत्याधिक चिसो बढ्न गई नियमित विद्यालय सञ्चालन गर्न कठिनाई भएकाले यही ३ र ४ गते विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सामुदायिक र संस्थागत विद्यालयमा वर्षे र हिउँदे बिदाबाट मिलान हुने गरी आज बिहान मात्रै विद्यालय बिदा दिने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

Read More