Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा
    • भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा
    • ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 28
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » सरकारका प्रवक्ता बाँस्कोटा भन्छन् – एमसीसी संसद्बाट पास हुन्छ हुन्छ

    सरकारका प्रवक्ता बाँस्कोटा भन्छन् – एमसीसी संसद्बाट पास हुन्छ हुन्छ

    पहिलोक्लिकपहिलोक्लिकDecember 19, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी सम्झौता संसद्बाट अनुमोदन गर्ने स्पष्ट पारेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुक्रबारबाट शुरु हुने संसद्को हिउँदे अधिवेशनले एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी दिनुभयो ।

     

    मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले एमसीसी अहिले नभएर धेरै पहिलादेखि आएको विषय भएकाले यसलाई सरकार र पार्टीले बहसको विषय बनाइराख्न नपर्ने बताउनुभयो ।

     

    “एमसीसी इण्डो प्यासिफिकको विषय हो भनेर भन्नुचाहिँ कि धेरै बुझेको हुनुपर्छ कि त केही पनि नबुझेको हुनुपर्छ, या त एकदम धेरै बुझेपछि नै यस्तो समस्या हुन्छ । बहसमा भएजस्तो हामी अमेरिकासँगको सैन्य गठबन्धनमा जाने पनि होइन । नेपालले कम्युनिष्ट मुलुकसँग मात्र सम्बन्ध राख्ने पनि होइन । हामीले यसलाई राम्ररी हुन्छ भनेका छौँ”, उहाँले भन्नुभयो, “संसद्को अधिवेशन बोलाइएको छ, सरकारले त अघिल्लो अधिवेशनमै अनुमोदन गर्ने गरी लगेको हो तर कसो कसो भएन, अबको अधिवेशनबाट अनुमोदन हुन्छ ।”

     

    सञ्चारमन्त्री बाँस्कोटाले रकमका हिसाबले पनि रु ५० अर्ब ठूलो रकम होइन, तर सम्बन्धका हिसाबले पनि यसको ठूलो महत्व रहेको भन्दै यसले देशको निम्ति के अहित गर्छ भनी प्रश्न गर्नुभयो । पछिल्लोपटक सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा एमसीसी बहसको विषय बनेको थियो । कतिपय नेताहरुले यसलाई अघि बढाउन नहुने धारणा राख्नुभएको छ ।

     

    नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री बाँस्कोटाले नेपालको परराष्ट्र नीतिअनुरूप कुनै पनि देशको सैन्य गठबन्धनमा सामेल नहुने स्पष्ट पार्र्दै यसमा कोही पनि अलमलिन नहुने धारणा राख्नुभयो । “विकासका निम्ति कनेक्टिभिटी रोड र ट्रान्समिसन लाइनको कुराको नेकपाकै विदेश विभागले पनि विरोध गरेको छैन । यो डेमोक्रेसी, सुशासन, पारदर्शिता र मानवअधिकार भएका देशहरुमा अमेरिकाले दिने एउटा सहयोग हो । हामी विषयलाई तोडमोड गरेर उचाल्छौँ, नदिएको भए पनि आलोचना हुन्थ्यो नै । यो फोबियाहरुद्वारा हामी चल्न चाहन्नाँै, यो संसद्बाट पास हुन्छ । यसमा अमेरिका पनि संवेदनशील हुनुपर्दैन, यो सरकारदेखि सरकारसम्मको विषय हो”, सञ्चारमन्त्रीले भन्नुभयो ।

     

    राजपासँगको सहमतिबाट झस्कनु पर्दैन

     

    सरकारले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग गरेको पछिल्लो सहमतिले के राजपा पनि सरकारमा सामेल हुनलागेको हो भनी सञ्चारकर्मीले राखेको जिज्ञासामा सरकारका प्रवक्ता बाँस्कोटाले सरकारलाई नै समर्थन गरेको पार्टी भएकाले सम्झौताबाट कोही पनि झस्कनु आवश्यक नरहेको बताउनुभयो ।

     

    उहाँले भन्नुभयो, “हामी पद्धतिको विपक्षीलाई मान्ने व्यवहारमा कसैलाई विपक्षी बनाउन नचाहने हो त्यसैले राजपा पनि सरकारलाई समर्थन गरेकै पार्टी हो । बीचमा अलिकति खाल्डाखुल्डी परेको थियो अब फेरि पुरिएको होला । यसले राष्ट्र निर्माणमा र राष्ट्रहितका विषयमा बलियो सहकार्य गर्ने भनेको छ । यो राम्रै भएको छ । राजनीतिमा यस्तो भइरहन्छ । हामीलाई गणित नपुगेर यो काम गरिरहेको होइन ।”

     

    उहाँले सरकारको नीतिअनुरूप नै देश निर्माणको जग राख्ने अहिलेको समयमा अरु कुनै मुद्दा बाँकी छैनन् भन्दै प्रधानमन्त्रीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणालाई साकार पार्नका निम्ति विकास प्रक्रियामा सबै एकै ठाउँ उभिनुपर्ने बताउनुभयो । “यसमा भागबण्डाको कुरै भएन, उदार हुनुपर्छ, एक÷दुई सिट गए जान्छ तर, साथ दिन्छु हात दिन्छु भनेर आउँछन् भने स्वागत छ, भन्ने हो त्यही कुराको प्रक्रिया शुरु भयो । मन्त्री आउँछन्, जान्छन्, देश बन्नुप¥यो”, उहाँले भन्नुभयो ।

     

    मिडिया आफ्नै कारण अविश्वसनीय नबनून्

    सञ्चारमन्त्री बाँस्कोटाले सरकारले राम्रो काम गर्दा पनि नराम्रै भनेर प्रचार गर्ने कतिपय सञ्चारमाध्यम आफ्नै कारण आफँै अविश्वसनीय बन्न नहुने बताउनुभयो ।

    दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी लिलाम बढाबढका विषयमा सोधिएको जिज्ञासामा मन्त्री बाँस्कोटाले इतिहासमा पहिलोपटक फ्रिक्वेन्सी लिलाम बढाबढमा प्रतिस्पर्धा गराएर पारदर्शिता अपनाइएको बताउनुभयो । लाइसेन्स नै नभएको कम्पनीको पक्षमा मात्र समाचार लेखेर उक्त कम्पनीप्रति उदार नबन्न तर सत्यतथ्य विवरण बाहिर ल्याउन पनि उहाँले आग्रह गर्नुभयो ।

     

    सञ्चारमन्त्रीले भन्नुभयो, “मापदण्ड बनेको छ, सोही आधारमा निर्णय भएको हो । लेखिएको छ, ‘लाइसेन्स नै नभएको कम्पनीले भाग लिएन भनेर’, जसको क्षमता थियो, उसैले भाग लियो यसमा किन आपत्ति । पहिला एक करोड ८० लाख थियो अहिले पाँच करोड ८० लाखमा लिलाम बढाबढ भयो । यस हिसाबले नौ मेगाहर्ज फ्रिक्वेन्सी पाउँछ, त्यसो हँुदा रु ४५ करोड स्वतः राज्यकोषलाई आउँछ । त्यसमा नेपाल टेलिकमले पनि भाग लिएको छ, उसका निम्ति पनि रेटदर चाहिँ माथिल्लो रेट नै कायम भएको छ । सम्पूर्ण फिक्वेन्सी प्रयोग गरेवापत रु ९० करोड त यसै राज्यलाई आउँछ ।

    Facebook Comments Box

    एमसीसी संसद्बाट पास हुन्छ हुन्छ
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.