Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
सुर्खेत: कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अपाङ्गता भएका व्यक्तिको सुरक्षामा प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिएका छन् । राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज काठमाडौँद्वारा सुर्खेतमा आयोजित तीनदिने ‘निःशुल्क ह्वीलचियर वितरण तथा प्रशिक्षक तालिम’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपाङ्गता भएका व्यक्तिप्रति समाजको हेर्ने दृष्टिकोमा परिवर्तनको आवश्यकता रहेकामा जोड दिए । “अपाङ्गता भएका व्यक्तिमा पनि विलक्षण प्रतिभा हुन्छ”, उनले भने, “त्यसैले उनीहरु समाजका लागि काँडा होइन, फूलजस्तो देखिनुपर्छ।” मन्त्री भण्डारीले मानव विकास सूचाकाङ्कमा पछाडि रहेको कर्णालीलाई माथि उठाउन आवश्यक रहेकामा जोड दिँदै उनीहरुलाई उत्पादनशील बनाउनुपर्छ भने । कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले कर्णाली प्रदेशमा…
दमौली: तनहुँको भानु नगरपालिकाले भानुभक्तीय टोपी निर्माणसम्बन्धी तालीम प्राप्त महिलालाई मेसिन सहयोग गरेको छ । नगरपालिकाले विभिन्न वडाका छ महिलालाई अनुदानमा विद्युतीय मेसिन सहयोग गरेको हो । नगरपालिकाले भानुभक्तीय टोपी निर्माण गर्न छ महिलालाई गत असारमा तालीम प्रदान गरिएको भानु नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अधिकृत कृपाहरि लौडारीले जानकारी दिए । रु १७ हजार ५०० पर्ने उक्त मेसिनका लागि नगरपालिकाले ७० प्रतिशत अनुदान दिएको छ भने सम्बन्धित महिलाले ३० प्रतिशत लगानी गरेका छन् । महिला लक्षित कार्यक्रमअन्तर्गत ती महिलालाई दमौलीस्थित निखिल ढाका कपडा उद्योगमा १० दिनको तालीम प्रदान गरिएको थियो । तालीमप्राप्त महिलालाई व्यावसायिक बनाउन मेसिन प्रदान गरिएको…
चितवन: नेपाल ह्याचरी उद्योग संघले आइतबारबाट ब्रोइलर कुखुराका चल्ला उत्पादन बन्द गरेको छ । उत्पादन लागतअनुसारको मूल्य नपाउँदा व्यवसायीले ठूलो नोक्सान बेहोर्नुपरेको भन्दै संघले आजबाट ब्रोइलर कुखुराका चल्ला उत्पादन बन्द गरेको अध्यक्ष टीकाराम पोखरेलले जानकारी दिए । ‘१० दिन बन्द गर्दा बजार राम्रो हुन्छ की भन्ने आशाले यसो गर्न लागिएको हो,’ उनले भने, ‘बन्द गर्दा बजार कस्तो हुन्छ हेरौं न भनेर हो ।’ आजदेखि १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न ह्याचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय…
गाईघाट: गाईघाट–दिक्तेल सडकअन्तर्गत सुनकोशी नदीमा बेलिब्रिज सञ्चालनमा आएको छ । छ महिनादेखि बन्द रहेको सो सडक खण्डमा यातायात सञ्चालन सुरुआत भएको छ । उदयपुरको गाईघाटबाट खोटाङको दिक्तेललाई सो सडक सञ्जालले जोड्छ । शनिबारदेखि गाईघाटबाट दिक्तेलसम्म डेढदर्जन ठूला र साना सवारीका साधन सञ्चालन हुन थालेको गाईघाट–दिक्तेल सडक कार्यालयका प्राविधिक राजेन्द्र जोशीले जानकारी दिए । नौ वर्षअघिदेखि निर्माण शुरु भएको सुनकोशीको पक्की पुल अझै पनि निर्माण सम्पन्न हुन सकेको छैन । सुनकोशीमा पानीको बहाव बढ्नासाथ बेलिब्रिज खोलिने र हिउँदमा बेलिब्रिज जडानकार्य शुरु हुने गरेको छ ।
हेटौँडा: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नागरिकलाई गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व भएको बताउनुभएको छ । काठमाडौँ महनागरपालिकाको २५औँ महानगर दिवसका अवसरमा आज एक भिडियो सन्देश जारी गर्दै उनले सबैका लागि खाना, नाना र छानाको प्रत्याभूति गराउनु लोककल्याणकारी राज्यको दायित्व भएको उल्लेख गरेका छन् । “काठमाडौँ महानगरपालिकाले २५औँ महानगर दिवसको अवसरमा सडकमा जीवन व्यतित गर्न विवश बेसहारा, अभिभावकविहीन तथा सहयोगापेक्षी व्यक्तिलाई उचित बसोबास र स्याहारसुसारको प्रबन्धसहित सडक मानवरहित महानगरको घोषणा महाअभियान शुभारम्भ गर्न लागेकामा हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ । सन्देशमा मानव सेवा आश्रमसहित अन्य सामाजिक सङ्घसंस्थासमेतको सहभागितामा ‘भोकै कोही…
राँझा: बाँके राष्ट्रिय निकुञ्जले बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराएको छ । गतकात्तिक २४ गते पाटेबाघको आक्रमणबाट कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेत र २७ गते राप्तीसोनारी–८ बालापुरका ६० वर्षीया ठगी खड्काको मृत्यु भएको थियो । दुवै मृतकका परिवारलाई राहत स्वरुप रु १० लाख रकम उपलब्ध गराइएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए। निकुञ्जले यसअघि कीरिया खर्चका लागि मृतकका परिवारलाई रु ५० हजार उपलब्ध गराएको थियो । संरक्षित जनावरबाट भौतिक तथा मानवीय क्षति रोक्ने विविध उपाय अपनाउँदै आइएको निकुञ्जले जनाएको छ । उनले भने ,“हरेक दुःख, सुखमा निकुञ्ज प्रशासनलाई…
भक्तपुर: मध्यपुरथिमि नगरपालिकाले तेह्राँै दक्षिण एशियाली खेलकूद (साग)मा करातेमा दुई स्वर्ण विजेता मन्देकाजी श्रेष्ठलाई नगद रु पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित सम्मान गरेको छ । विजेता मन्देकाजी श्रेष्ठ मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी हुनुहुन्छ । भव्य नगरपरिक्रमा पछि सम्मान गर्दै नगर प्रमुख श्रेष्ठले मन्देकाजीले नेपाली खेलकूदको इतिहासमा २० वर्षपछि सागमा देशलाई दुई स्वर्ण पदक दिलाएर मध्यपुरथिमिसँगै देशको नाम अन्तरराष्ट्रिय जगत्मा उचाइमा पु¥याएको बताउनुभयो । सो अवसरमा सम्माति मन्देकाजी श्रेष्ठले मध्यपुरथिमिमा खेललाई अगाडि बढाउन आफूले प्रशिक्षण सञ्चालन गर्ने घोषणा गर्नुभयो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, मन्देकाजीका प्रशिक्षकद्वय गङ्गाराम महर्जन, सजन श्रेष्ठ, मन्देकाजीका पिता बाबुकाजी श्रेष्ठलगायतले मन्देकाजीले खेल जगत्मा पु¥याएको योगदानको…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बसिरहेको छ । आज दिउँसो १ बजे बस्ने स्थायी समिति बैठकको प्रस्तावहरु तय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो । सत्तारूढ नेकपा स्थायी समिति बैठक एक वर्षपछि आज बस्न लागेको हो । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नुपर्छ। यसअघि विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन। एक वर्षबीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन, राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने प्रस्ताव पारित गराउन र पार्टी कामको ६ महिने कार्ययोजना पारित गराउन स्थायी समिति बैठक बस्न लागेको हो। …
काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसमको पूर्वानुमानबारे सूचना जारी गरेको छ । न्युन चापीय प्रणालीको प्रभावले देशभरीको भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली हुने जारी गरेको सूचनामा उल्लेख गरिएको छ । आइतबार दिउँसो देशका अधिकांश भू–भागमा बदली हुनेछ । देशको पश्चिमी क्षेत्रका केही स्थानमा, मध्य र पूर्वी पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुन सक्नेछ । रातिको समयमा भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ । हिमाली क्षेत्रमा रातिको समयमा पनि हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
काठमाडौं : सत्तारूढ नेकपा स्थायी समिति बैठक एक वर्षपछि आज बस्दै छ। पार्टी विधानअनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नुपर्छ। यसअघि विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन। एक वर्षबीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन, राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने प्रस्ताव पारित गराउन र पार्टी कामको ६ महिने कार्ययोजना पारित गराउन स्थायी समिति बैठक बस्न लागेको हो। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी समितिअगाडि सचिवालय बैठक बस्नेछ। सचिवालयले स्थायी समिति बैठकमा छलफलका लागि लैजाने एजेन्डा तय गर्नेछ। मंसिर २३ मा बसेको नेकपा सचिवालयले २९ गतेका लागि स्थायी समिति बैठक तोकेको थियो। मंसिर २७ मा…