Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
- तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: तीन जनाको ज्यान जानेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विष्फोटमा नेत्रविक्रम चन्द समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ । चन्दा माग्दा नदिएकाले घरमा बम राखेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर कार्कीले जानकारी दिनुभयो । उनीहरुले कुकर बम विष्फोट गराएको अनुसन्धानमा देखिएको उहाँले राससलाई जानकारी दिनुभयो । “व्यक्तिगत कारणले बम राखेको हुनसक्छ, विप्लव समूहले दशैँका बेला चन्दाका लागि भनेर पत्र पनि पठाएको रहेछ, पैसा नदिएपछि यो घटना घटाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ”, प्रहरी नायब उपरीक्षक कार्कीले भन्नुभयो । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गए राति भएको घटनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको थियो…
काठमाडौँ : नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय अभियानका रुपमा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ शुरु हुन अब दुई साता मात्रै बाँकी छ । सन् २०२० जनवरी १ तारिखमा काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । सरकारले उद्घाटन समारोहमा विश्वका ४० देशका पर्यटनमन्त्रीसहित विशिष्ट पाहुनालाई निमन्त्रणा दिइसकेको छ । यो अभियानको नेतृत्वकर्ता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई २० लाख पर्यटक ल्याउने लक्ष्य राखिएको भ्रमण वर्षको मुख्य तयारी र नीतिगत सुधारका काममा व्यस्त हुनुहुन्छ । नेपाली राजनीतिमा आशा र भरोसा गरिएका युवा नेतामध्येका एक भट्टराई आफूले परीक्षाकै रुपमा…
काठमाडौँ: धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक ३७ विन्दुले बढेको छ । साताभर नै बजारले उकालोको यात्रा तय ग¥यो । कूल १७३ कम्पनीका ८२ लाख ५४ हजार ९३३ कित्ता शेयर रु दुई अर्ब ५६ करोड ७४ लाख ८० हजार १९७ मूल्यमा खरिदबिक्री भए । कारोवारका आधारमा रु दुई अर्ब माथि पुगेको यो धेरै पछि हो । पछिल्ला दिनमा नेप्सेले उकालोको यात्रा तय गर्दा शेयर लगानीकर्तामा समेत एक प्रकारको उत्साह पैदा भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से कारोवारको शुरुआती दिनदेखि नै उकालोको यात्रा तय गरेको थियो । साताको पहिलो दिन नेप्से परिसूचक ३.४५ विन्दुले बढेर…
चितवन: देशमा आत्मनिर्भर रहेको कुखुराजन्य पदार्थको लागत मूल्य पाउन नसकेपछि ह्याचरी उद्योग सङ्कटमा परेका छन् । उत्पादन लागतअनुसारको मूल्य नपाउँदा व्यवसायीले ठूलो नोक्सान बेहोर्नुपरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेपाल ह्याचरी उद्योग सङ्घको केन्द्रीय समितिले शुक्रबार भएको राष्ट्रिय भेलाको जानकारी गराउँदै दश दिनसम्म चल्ला बिक्री रोक्ने निर्णय गरेको जनाएको छ । मङ्सिर २९ गते देखि १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न ह्याचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने उल्लेख छ ।…
काठमाडौँ: गृहमन्त्रीले रामबहादुर थापाले धनुषामा गए राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कारवाही गरिछाड्ने बताउनुभएको छ । घटनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको उक्त घटना आततायी भएको भन्दै उहाँले सामाजिक सञ्जालमार्फत उक्त घटनाले आफू स्तब्ध भएको जनाउनुभएको छ । “यस प्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याइछाड्ने सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु”, फेसबुकमार्फत उहाँले भन्नुभएको छ । “धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गए राति भएको विस्फोटमा परी नेपाल प्रहरीका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह, आनन्द साहको मृत्यु तथा तीन स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको छ, मृतकप्रति हार्दिक…
धरान : धनुषा बम विस्फोटमा मृत्यु भएका प्रहरी निरीक्षक अमिर कुमार दाहालको शव काठमाडौं लैजाने तयारी भएको छ। महेन्द्रनगर बजारस्थित राजेश्वर साहको घरमा अज्ञात समूहले राखेको बम विस्फोटमा घाइते भएका दाहालको जनकपुरमा उपचार हुन नसकेपछि धरान ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको भएको थियो। संखुवासभाको मादी पुर्खौली घर भएका दाहाल पछिल्लो समय काठमाडौंको जोरपाटीमा बसाई सरेका थिए। दाहालको शव परिवारलाई जिम्मा लगाउन हेलिकप्टरबाट काठमाडौं लाने तयारी भइरहेको इलाका प्रहरी कर्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए। दाहालको शवको पोस्टमार्टम वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा गरिएको छ। दाहाल सई हुँदा पूर्व प्रधानमन्त्री झलनाथ खनालको सुरक्षा गार्ड (पिओसो) थिए। घटनामा राजेश्वर…
काठमाडौँ: पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमली भू–भागमा हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज बिहान विशेष बुलेटिन जारी गर्दै देशका मध्य र पूर्वी भू–भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको हो । मौसमविद्का अनुसार यो क्रम आज बेलुकासम्म कायम रही भोलिबाट क्रमशः सुधार हँुदै जाने बताइएको छ । “पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले उच्च पहाडीसहित हिमाली भू–भागका स्थानमा सतर्कता अपाउनु हुन…
डोटी: शुक्रबारदेखि परेको भारी हिमपातका कारण सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाको सञ्चार सम्पर्क अवरुद्ध भएको छ । हगुल्टे लेकमा रहेको यहाँका पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटी जिल्लामा सञ्चार सम्पर्क जोड्नका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावरमा हिमपातका कारण खराबी आएकाले गएरातिदेखि यहाँका जिल्लाको सञ्चार सम्पर्क अवरुद्ध भएको हो । त्यस्तै यहाँका पहाडी जिल्लामा गएरातिदेखि टेलिफोन सेवा, टेलिकमद्वारा वितरित एडिएसएललगायतका इन्टरनेट सेवा पनि पूर्णरूपमा अबरुद्ध भएको छ । ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भए पनि मोबाइल सेवा तथा हटस्पट इन्टरनेट सेवा भने आंशिकरूपमा सञ्चालनमा रहेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताउनुभयो । हिमपातका…
कावासोती: पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हँुदा त्यसमा रहेका ३० सेना घाइते भएका छन् । ना ६ ख ४०४ नंको बस आफँै अनियन्त्रित भई राजमार्गदेखि १० मिटर तल खसेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी निरीक्षक अर्जुन अधिकारीले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते भएका १८ जनाको कावासोतीस्थित नवलपुर अस्पताल र १२ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । बसमा ४० नेपाली सेना थिए । दश जनालाई भने केही नभएको प्रहरीले जनाएको छ ।
काठमाडौँ:संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको नेपाल भारत सीमा समस्याका समाधान गर्न सरकारलाई ५ बुँदे निर्देशन दिएको छ । बैठकले निर्देशनको पहिलो नम्बर बुँदामा लिम्पियाधुरा, लिपुलेक र कालापानी, सुूस्ता लगायतका भारतीय पक्षबाट अतिक्रमणमा परेका नेपाली भू–भागमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कुटनीतिक तहमा वार्ता गरी समस्या समाधान गर्न भनेको छ । त्यस्तै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्न निर्देशन दिएको छ । त्यस्तै लिम्पियाधुरा, लिपुलेक कालापानी, सुस्ता लगायतको नेपाली भूमी समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न…