Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    • अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग
    • भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 27
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » हिमपातले सुदूपश्चिम प्रदेशका पहाडी जिल्लामा सञ्चार सम्पर्क अवरुद्ध

    हिमपातले सुदूपश्चिम प्रदेशका पहाडी जिल्लामा सञ्चार सम्पर्क अवरुद्ध

    पहिलोक्लिकपहिलोक्लिकDecember 14, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    डोटी: शुक्रबारदेखि परेको भारी हिमपातका कारण सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाको सञ्चार सम्पर्क अवरुद्ध भएको छ । हगुल्टे लेकमा रहेको यहाँका पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटी जिल्लामा सञ्चार सम्पर्क जोड्नका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावरमा हिमपातका कारण खराबी आएकाले गएरातिदेखि यहाँका जिल्लाको सञ्चार सम्पर्क अवरुद्ध भएको हो ।

    त्यस्तै यहाँका पहाडी जिल्लामा गएरातिदेखि टेलिफोन सेवा, टेलिकमद्वारा वितरित एडिएसएललगायतका इन्टरनेट सेवा पनि पूर्णरूपमा अबरुद्ध भएको छ ।

    ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भए पनि मोबाइल सेवा तथा हटस्पट इन्टरनेट सेवा भने आंशिकरूपमा सञ्चालनमा रहेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताउनुभयो ।

    हिमपातका कारण सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग शुक्रबार दिउँसो ३ बजेदेखि अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग सञ्चालन नहुँदा यात्रुलाई निकै सास्ती भएको छ । बन्द भएको राजमार्ग खुलाउन डोटीको बुडरबाट डोजर पठाइए पनि लगातारको हिमपातका कारण खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “लगातार हिमपात भइरहेको छ, राजमार्ग खोल्न स्थानीयवासी, प्रहरी तथा सडक डिभिजन कार्यालयका कर्मचारी र डोजर लागिपरे पनि खुलाउन सकिएको छैन ।” हिमपातले राजमार्ग अवरुद्ध हुँदा पहाडदेखि तराई जाने तथा तराईबाट पहाडका लागि आउँदै गरेका सयौँ यातायातका साधन तथा यात्रु अहिले उक्त राजमार्गको हगुल्टे भन्ने ठाउँमा अलपत्र परेका छन् । हिमपातसँगै चिसो बढेकाले यात्रुलाई खान, बस्नका लागि निकै कठिन भएको हिमपातमा फसेका डोटीका कृष्णराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “लगातार हिउँ परिरहेको छ, राजमार्ग खुलेको छैन, चिसोले सताएको छ, खानेबस्ने व्यवस्था नहुँदा झन् समस्या भएको छ ।”

    अहिले उक्त राजमार्गमा कम्तीमा पनि दुई फिट जति हिउँ परेको सो राजमार्गमा पर्ने घण्टेश्वर प्रहरी चौकीले जनाएको छ । हिमपातका कारण त्यहाँको जनजीवनसमेत प्रभावित बनेको छ । यहाँका पहाडी जिल्लाका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ भने दिपायललगायतका ठाउँमा वर्षासमेत भइहेको छ । हिमपातसँगै भएको वर्षात्का कारण चिसो बढेपछि स्थानीयवासी घर बाहिर निस्किन सकिरहेका छैनन् ।

    उता सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा पनि भारी हिमपात भएको छ । हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । बुधबार रातिबाट हिमपात भइरहेको र त्यहाँको तापक्रम निकै घटेको खप्तडमा तैनाथ रहेको गुरुगोरख गुल्मका गुल्मपति तथा सेनानी गोविन्द घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “बुधबार साँझदेखि नै अत्यधिक चिसो छ । बाक्लो हिमपात भएको छ, हिमपातले बाहिर निस्कन तथा निकुञ्जको नियमित गस्ती गर्न सकिएको छैन ।”

    सदरमुकाम सिलगढी आसपासका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन् । हिउँ परेका डाँडामा हिउँ खेल्न जाने तथा रमाइलो गर्न जानेहरूको भीड लागेको छ । हिमपातसँगै बढेको चिसोले निमोनियालगायतका अन्य रोगको सङ्क्रमण बढ्ने भएकाले त्यसतर्फ सजग रहन तथा तातो र झोलिलो खानेकुरा खान शैलेश्वरी अस्पतालका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले सबैमा सल्लाह दिनुभएको छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026

    नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत

    November 25, 2026

    नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

    November 24, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.