Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
लहान: विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट सिरहाको जनजीवन कष्टकर बनेको छ । शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन् । बिहानैदेखि लाग्ने कुहिरोसहितको चिसो हावाका कारण बजार तथा सार्वजनिकस्थलमा चहलपहल कम हुने गरेको छ । बिहानै काममा जाने श्रमिक काममा जान सकिरहेका छैनन् । जाडोले काममा जान समस्या हुन थालेपछि उनीहरुको हाथमुख जोड्ने समस्या हुन थालेको छ । अत्यधिक चिसोका कारण विद्यालयमा पनि कम बालबालिका उपस्थित हुने गरेको छ । गत शुक्रबार र शनिबार परेको पानी र त्यसपछि चलेको शीतलहरका कारण काममा जानै नसकिएको निर्माण मजदूरले बताएका छन् । चिसोका कारण रुघाखोकी,…
बाँके: बाँकेमा दुर्घटनाका कारण अकालमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि ट्राफिक प्रहरीले ‘हर दिन प्रशिक्षण’ अभियान शुरु गरेको छ । ट्राफिक नियमको पालन, सडकमा कसरी सुरक्षित हिँड्ने भन्नेबारेमा प्रशिक्षण दिन प्रहरीले जिल्लाव्यापी अभियान शुरु गरेको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख पविन्द्र बमले जानकारी दिए । “दुर्घटना नै नहोस् भनेर सडकमा हिँड्ने यात्रु र सवारीसाधन चालकलाई लक्षित गरेर दैनिकरुपमा प्रशिक्षण दिने कार्यक्रम अघि सारेका हौँ”, प्रमुख एवं प्रहरी निरीक्षक बमले भने, “सवारी, मापसे चेकजाँचलाई पनि निरन्तरता दिइरहेका छौँ ।” उनले नगर क्षेत्रमा पनि ट्राफिक सचेतनाका लागि सडकमै प्रशिक्षण शुरु गरेको बताए । “सडक यात्रु, विद्यार्थी र सवारी चालकलाई…
काठमाडौँ: चालू आर्थिक वर्षकोको पहिलो चार महिनामा रेमिट्यान्स आम्दानी घटेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २.३ प्रतिशतले घटी रु.३०४ अर्ब ९७ करोड कायम रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले कमी आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २३.१ प्रतिशतले बढेको थियो । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ५.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.४ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा…
काठमाडौँ: राजश्व अनुसन्धान विभागले सुन र चाँदीमा राजश्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेकोे छ । कैलालीको धनगढी उपमहानगरपालिका–१ का रमेशकुमार सैजु र सीताकुमारी चौधरीले राजश्व चुहावट गरेको पाइएकाले रु एक करोड ५३ लाख १५ हजार बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित मुद्दा चलाइएको राजश्व अनुसन्धान विभाग ललितपुरले जनाएको छ । उनीहरुले रु एक करोड २३ लाख मूल्य बराबरको सुन र झण्डै रु चार लाख बराबरको चाँदीमा राजश्व छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । उनीहरु विरुद्ध बुधबार मुद्दा दायर गरिएको विभागले विज्ञप्तिमार्फत जनाएको छ । जिल्ला प्रहरी कार्यालय…
काठमाडौं : सत्तासीन नेकपा स्थायी समिति बैठक विकास र सहयोगसम्बन्धी अमेरिकी सहायतासम्बन्धी निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) का विषयमै केन्द्रित भएको छ। बैठकमा एमसीसीको विरोध र समर्थन गर्ने क्रम जारी छ। सरकारले एमसीसी प्रस्ताव संसद्बाट अनुमोदन गराउन ०७५ असार ३० मा दर्ता गराएको थियो। प्रस्ताव संसद्को हिउँदे अधिवेशनमा पारित गराउने तयारी छ। बैठकमा पर्यटनमन्त्रीसमेत रहेका योगेश भट्टराईले एमसीसीको सन्दर्भ प्रवेश गराएका थिए। त्यसपछि बुधबारसम्म नेताहरू देव गुरुङ, भीम रावल, युवराज ज्ञवाली, मणि थापा, रघुजी पन्तलगायतले एमसीसीका विपक्षमा मत राखेका छन्। परराष्ट्रमन्त्रीसमेत रहेका नेता प्रदीप ज्ञवालीले भने बुधबारको बैठकमा एमसीसी प्रस्ताव पारित गर्नैपर्ने बताए। ‘एमसीसी हामी सरकारमा आएपछि गरेको सम्झौता होइन।…
काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टीबीच आसन्न राष्ट्रियसभा निर्वाचनका लागि सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न वार्तापछि दुई पार्टीबीच आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि रिक्त हुने चार स्थानमध्ये अन्य पुरुष र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहको दुई स्थानमा राजपाका उम्मेदवार र दलित पुरुष समूहको दुई स्थानमा नेकपामा उम्मेदवारलाई एकापसमा सघाउने सहमति भएको हो । दुई दलबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमितरुपमा छलफल गर्ने र सहकार्यको प्रक्रिया अघि बढाउने सहमतिमा पनि हस्ताक्षर भएको छ । सहमतिमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले आज सीमा विवादका विषयमा सर्वोच्च अदालतमा बुझाउनुभएको लिखित जवाफमा भन्नुभएको छ, “नेपालको सिमानाको रक्षा तथा नेपालको भूभागको संरक्षणका लागि आवश्यक काम कारवाही भइरहेको र कूटनीतिक माध्यमबाट समाधान हुने विषयमा सम्मानित अदालतबाट कुनै आदेश जारी हुनुपर्ने नहुँदा रिट निवेदन खारेजभागी छ ।” उहाँले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत नेपाली भूभाग फिर्ता ल्याउन आदेशको माग गर्दै अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले दायर गर्नुभएको रिट निवेदनमाथि त्यस्तो जवाफ पठाउनुभएको हो । जवाफमा नेपाल राज्यको सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बलको एकाइलाई सीमावर्ती क्षेत्रमा आवश्यकताअनुसार परिचालन गर्नाका साथै नेपालको सीमाको…
काठमाडौँ : राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आजको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले विजयी शुरुआत गरेको छ । मनाङले विभागीय टोली एपीएफ क्लबलाई २–० गोलले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको उक्त खेलमा मनाङका लागि दुवै गोल विमल रानाले गरेका थिए । उनले खेलको २८औँ तथा ३४औँ मिनेटमा गोल गरेका हुन् । खेलको म्यान अफ दि म्याच विमल भए । जितसँगै मनाङले तीन अङ्क जोडेको छ । खेलको प्रारम्भदेखि नै मनाङले एपीएफलाई दबाबमा राखेको थियो । तालमेल मिलाउन नसक्दा खेल गुमाउनुपरेको एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले बताउनुभयो ।
काठमाडौँ: सूचना तथा सञ्चार प्रविधिसम्बन्धी जानकार तथा विज्ञको छाता सङ्गठन कम्प्युटर एसोसिएशन नेपाल (क्यान) महासङ्घले आगामी फागुन २ देखि ७ गतेसम्म स्थानीय भृकुटीमण्डपमा सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलन आयोजना गर्ने भएको छ । पच्चीस वर्षदेखि आयोजना हुँदै आएको उक्त प्रदर्शनीको छदिने २६औँ संस्करणको उक्त प्रदर्शनीमा अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युशन, सोलार पावर सिस्टम, इन्भर्टर, युपिएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सिसिटिभी र हार्ड डिस्क जस्ता उत्पादनहरू प्रस्तुत गरिने महासङ्घले आज पत्रकार सम्मेलन गरेर बताएको छ । काठमाडौँ उपत्यकाबाहिर प्रदेश नं १…
काठमाडौँ: सर्वोच्च अदालतमा काठमाडौँ उपत्यकामा गुड्ने सवारीसाधनको प्रभावकारी रुपमा प्रदूषण जाँच गरी मात्र सञ्चालन अनुमति दिनुपर्ने आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । सवारी तथा यातायात व्यवस्था मन्त्रालय, वन तथा वातावरण मन्त्रालय लगायतलाई विपक्षी बनाई आज अधिवक्ताद्वय रीता कार्की र श्यामकुमार श्रेष्ठद्वारा संयुक्त रुपमा दायर गरिएको रिट निवेदनमा सो माग गरिएको हो । रिट निवेदनमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी २० वर्षे पुराना सवारीसाधन काठमाडौँ उपत्यकामा गुड्न नदिने गरी प्रकाशित गरेको सूचनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग छ । काठमाडौँ उपत्याकाभित्र वातावरण प्रदूषणलाई नियन्त्रण गर्न अति विशिष्ट व्यक्तिका सवारी साधन, आकस्मिक कार्यमा गुड्ने सवारी, निजामती एवम् संस्थानका सवारी, विद्यालयका…