Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : समाजवादी पार्टीले सरकार त्यागेको छ । संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो । त्यसको भोलिपल्ट उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राइले पदबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्षसमेत रहेका यादवले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्रमा संविधान संशोधन प्रस्ताव अस्वीकार गरेर सरकार दुईबुँदे सहमतिबाट पछि हटेको उल्लेख गरेका छन् । त्यस्तै सहरी विकासमन्त्री मोहम्मद इस्तियाक रार्इले पनि प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पेश गरेका छन ।

Read More

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्कमा निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर धमाधम मान्छे ओसारपसार गर्ने गरेको पाइएको छ । सार्वजनिक सवारी साधनले मात्र यात्रु बोक्न पाउने कानूनी व्यवस्था भए पनि पछिल्लो समय निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर धमाधम मान्छे बोक्ने गरेको पाइएको हो । महानगरीय प्रहरी वृत्त नयाँ बसपार्कले आज चलाएको विशेष अप्रेशनमा गैरकानूनी रुपमा यात्रु बोक्ने १४ निजी सवारी साधनलाई कारवाही गरेको छ । निजी नम्बर प्लेटका सवारी साधनले नयाँ बसपार्कबाट यात्रुलाई उपत्यकाका विभिन्न ठाउँमा पु¥याएर भाडा लिँदै आएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले निजी नम्बर प्लेटका सवारी साधनले…

Read More

काठमाडौँ : सङ्घीय संंसद् संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्य पदमा प्रस्तावित लक्ष्मीबहादुर ‘निराला’ खड्काको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सुुनुवाइ प्रक्रियालाई अघि बढाउने सन्दर्भमा बैठकले उक्त पदका लागि प्रस्तावित निरालाप्रति कुनै सिकायत भए १० दिनभित्र उजुरी दिन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ । परिषद्का सदस्य पदम वैदिकले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीले निरालाको नाम प्रस्ताव गरी सुनुवाइका लागि समितिमा पठाएका थिए ।, निराला पुराना र वरिष्ठ वकिल हुन । यसअघि केही समय उनले महान्यायाधिवक्ताको जिम्मेवारीसमेत सम्हालेका थिए । समितिले…

Read More

बुटवल : अर्घाखाँचीको नरपानीमा १८ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको मुख्य कारण तीब्र गति र चालकको हतारो भएको छानबिन समितिले निश्कर्ष निकालेको छ । गत मंसिर ११ गते भएको दुर्घटनाको छानबिन गर्न अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेको संयोजकत्वमा समिति गठन गरिएको थियो । दुर्घटनास्थलको अवलोकन र अन्य सम्बन्धित पक्षसंगको अध्ययन गर्दा घुम्ती मोडमा तीब्र गतिको कारण चालकले गाडी नियन्त्रणमा राख्न नसक्दा दुर्घटना भएको छानबिन समितिका सदस्य पत्रकार गणेश खनालले जानकारी दिए । अगाडिका यात्रु चढाउने लोभमा ट्रकलाई ओभरटेक गर्दा बस दुर्घटना भएको बयान प्रत्यक्षदर्शीले छानबिन समितिलाई दिएका छन् । चालकले बोनटमा बसेकी महिलासंग…

Read More

काठमाडौं : सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने प्रक्रियामा कडाइ गर्दैछ। नयाँ बन्दै गरेको संघीय यातायात ऐनमा ठूला सवारीसाधन चलाउन चाहनेले लाइसेन्सको लिखित र ट्रायल परीक्षा परिमार्जन गर्ने तयारी सरकारको छ । हाल २०४९ को सवारी तथा यातायात व्यवस्था ऐनअनुसार देशभर लाइसेन्स दिने व्यवस्था गरिएको छ। सरकारले २०७० बैशाखदेखि लाइसेन्समा नयाँ व्यवस्था लागू गरेको थियो। त्यसअघि सामान्य तवरको ट्रायल दिने व्यवस्था थियो। लाइसेन्सको प्रयोगात्मक परीक्षा अन्तर्राष्ट्रिय स्तरको बनाउने भन्दै अंग्रेजी आठ आकार, उकालो, ओरालो, ट्राफिक लाइट, एलब्याकलयात समावेश गरिएको थियो। अब बन्ने संघीय यातायात ऐनमा पुनः नयाँ व्यवस्था गर्न लागिएको छ। सार्वजनिक तथा ठूला सवारीको…

Read More

काठमाडौं : संघीय समाजवादी पार्टीले सरकार छाडेको छ । आज मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको हो। ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारीको बैठकले सो निर्णय गरेको हो। सो पार्टीले सरकार छाडेको घोषणा भने बुधबार गर्ने पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले बताए। ‘सरकारमा बस्नुको औचित्य समाप्त भएको निष्कर्ष पदाधिकारी बैठकले निकालेको छ,’ उनले भने, ‘यसको औपाचारिक घोषणा भने भोली बुधबार हुनेछ।’ संविधान संशोधनसम्बन्धी अध्ययन समिति प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदा प्रधानमन्त्री केपी ओलीले रोकेपछि संघीय समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो। हिजो सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा मनाइने ‘भुवा पर्व’को अवसरमा यही पुस १० गते सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज प्रकाशित सूचनामा प्रदेश सरकारको निर्णयबमोजिम भुवा पर्व मनाइने पुस १० गते बिहीबार सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ । यो पर्व खास गरी प्रदेशको अछाम, बाजुरा, बझाङलगायतका जिल्लामा उल्लासपूर्वक मनाउने गरिन्छ ।

Read More

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने श्रमिकको अनिवार्य मानसिक स्वाथ्य परीक्षण हुनुपर्ने बताएको छ । रोजगारीमा जाने श्रमिकको मानसिक स्वास्थ्य परीक्षण नहुँदा उनी मानसिक रोगबाट ग्रस्त हुनेगरेको आयोगले जनाएको छ । आयोगले आज मंगलबार आप्रवासन र मानसिक स्वास्थ्य विषयमा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै आयोगका सदस्य सुदिप पाठकले वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा मानसिक स्वास्थ्य गम्भीर विषय भएको बताए । रोजगारीमा जाने कामदारलाई नेपालमा मानसिक स्वास्थ्य परीक्षण नहुँदा रोजगारदाता देशमा पुगेपछि समस्यामा पर्ने गरेको उनको भनाइ छ । पाठकले रोजगारीका लागि विदेशीने श्रमिकको विदेश जानुअघि नै स्वास्थ्य परीक्षण गर्नुपर्ने पनि बताए । वैदेशिक रोजगारीमा जाने…

Read More

काठमाडौं : सोमबार मेलबर्नको ‘द पाम एट क्राउन’ मञ्चबाट नेपथ्यले चर्चित रचनाकार शुक गुरुङको निधनप्रति श्रद्धान्जली अर्पण गरेको छ । ‘भेँडाको ऊनजस्तो’ गीत सुनाउने बित्तिकै गायक अमृत गुरुङले शुक गुरुङको तस्वीरतर्फ फर्केर उनीसंगको सांगीतिक यात्रालाई स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरे । अमृतले भने – ‘नेपथ्यले एउटा साथी गुमाएको छ, एउटा यस्तो संगीतकर्मी साथी जसले हामीलाई पहिलो हिट गीत ‘छेक्यो छेक्यो’ दिएका थिए, म शुक गुरुङको सम्झनामा यसै मञ्चबाट हाम्रो हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छु, उनको आत्मालाई शान्ति मिलोस् ।’ चर्चित रचनाकार शुक गुरुङको आइतवार निधन भएको थियो । मिर्गौला रोगबाट ग्रसित शुकको निधनको खबरले आफू स्तब्ध भएको अमृत…

Read More

दमक : झापाको दमकमा बसले ठक्कर दिँदा पैदलयात्री महिलाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको दमक पश्चिम बस बिसाउने ठाउँमा आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ९३४३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा अन्दाजी ४६ वर्षीया महिलाको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बसको ठक्करबाट बाटो काट्दै गरेकी ती महिलाको घटनास्थलमा ज्यान गएको थियो । मङ्गोल वर्णकी ती मृतक महिलाको पहिचान हुन सकेको छैन । प्र हरीले दुर्घटनामा सङ्लग्न बस र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको दमक प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

Read More