Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालय, नेपाल उद्योग परिसंघले रोजगार मैत्री वातावरण सृजना गर्न सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । आजश्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवसंगको भेटमा परिसंघ प्रतिनिधिमण्डलले आपसी सहकार्यलाई गहन बनाउने प्रतिवद्धता जनाएको हो । भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले उद्योगी–व्यवसायी र श्रमिक तथा श्रमिक संगठनहरुसँग विश्वासको वातावरण बनेको अवस्थामा रोजगारी सृजना तथा दक्ष जनशक्ति निर्माणमा सहकार्य केन्द्रित हुनु पर्ने समय आएको बताए । स्वदेशमै दक्ष जनशक्तिको अभाव हुँदा त्यसको प्रत्यक्ष असर नयाँ लगानी र चालु उद्योगमा समेत परेको सन्दर्भमा रोजगारी सृजना र दक्ष जनशक्ति उत्पादनमा परिसंघले मन्त्रालयसँग सघन साझेदारीका लागि प्रतिवद्ध रहेको पनि अध्यक्ष…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा संक्षिप्त भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबीच मुलुकको समसामयिक राजनीतिक अवस्था तथा भोलिदेखि प्रारम्भ हुने सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत हुने विधेयकहरुबारे विचारविमर्श भएको थियो । पूर्वप्रधानमन्त्री देउवाका साथ पार्टीका केन्द्रीय सदस्य रमेश लेखक पनि हुनुहुन्थ्यो ।

Read More

काठमाडौँ:  सरकारले चालू आर्थिक वर्षको बीचमा सङ्घ तथा प्रदेशबाट स्थानीय तहमा सःशर्त, विशेष र समपुरक अनुदानमार्फत प्राप्त हुने रकमलाई बजेटमा समावेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वित्तीय अनुशासन कायम गरी बजेट प्रणालीलाई व्यवस्थित गर्ने गरी यो व्यवस्था गरिएको बताउनुभयो । मन्त्रिपरिषद्को गत मङ्सिर ३० गते भएको बैठकको निर्णयअनुसार फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको कार्यालय भवन तथा आवासगृह निर्माणका लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरिएको छ । पूरै जग्गा परेका जग्गाधनीलाई ७५ र आंशिक जग्गा परेकालाई ६६ प्रतिशत रकम क्षतिपूर्तिस्वरूप…

Read More

काठमाडौँ: उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई नै सदर गरेको छ । साथै महराको मुद्दा एक महिनाभित्र किनारा लगाउन भनेको छ । संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो । पूर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए । तर मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले जिल्लाकै आदेशलाई सदर गरेको छ । उपलब्ध प्रमाणका आधारमा प्रतिवादी कसूरदार होइनन् भनि भन्न सकिने अवस्था नरहेको…

Read More

काठमाडौँ: सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी सम्झौता संसद्बाट अनुमोदन गर्ने स्पष्ट पारेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुक्रबारबाट शुरु हुने संसद्को हिउँदे अधिवेशनले एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले एमसीसी अहिले नभएर धेरै पहिलादेखि आएको विषय भएकाले यसलाई सरकार र पार्टीले बहसको विषय बनाइराख्न नपर्ने बताउनुभयो । “एमसीसी इण्डो प्यासिफिकको विषय हो भनेर भन्नुचाहिँ कि धेरै बुझेको हुनुपर्छ कि त केही पनि नबुझेको हुनुपर्छ, या त एकदम धेरै बुझेपछि नै यस्तो समस्या हुन्छ । बहसमा भएजस्तो हामी अमेरिकासँगको…

Read More

काठमाडौँ: नेपाल प्रहरीले रु एक लाख सात हजार ५१० नगदसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग स्वीचाटारबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका–९ स्वीचाटारस्थित सीताराम बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा बुधबार राति पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले तास र नगद बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Read More

काठमाडौं : नागरिकता संशोधन विधेयक (सीएए) को विरोधमा भारतको विभिन्न राज्यमा विरोध प्रदर्शन भइरहँदा त्यहाँको सरकारले दिल्लीका केही स्थानमा मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ । टेलिकम सेवा प्रदायक संस्थाहरु जस्तै एयरटेल, भोडाफोन, आइडिया, जिओ, एमटिएनएल /बिएसएनएललाई दिल्लीका केही स्थानमा भ्वाइस, एसएमएस र इन्टरनेट सेवा बन्द गर्न आदेश दिइएको छ । इन्टरनेट चलाउनेहरुका अनुसार यतिबेला दिल्लीको सिलामपुर, इन्डिया गेट र आइटिओमा यी सेवा बन्द छन । दिल्लीमा पुलिसको आदेशमा यी सेवा बन्द गरिएको हो । यसैबीच दिल्ली, उत्तर प्रदेश र कर्नाटकमा स्थानीय प्रशासनले प्रदर्शनकारीहरु जम्मा हुने भनिएको ठाउँमा धारा १४४ लगाएको छ । यद्यपि दिल्लीमा भने धारा १४४…

Read More

कैलाली : धनगढी उपमहानगरपालिकाले चिसोका कारण उपमहानगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिन बिदा दिने आज निर्णय गरेको छ । केही दिनदेखि आएको मौसमी खराबीका कारण अत्याधिक चिसो बढ्न गई नियमित विद्यालय सञ्चालन गर्न कठिनाई भएकाले यही ३ र ४ गते विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सामुदायिक र संस्थागत विद्यालयमा वर्षे र हिउँदे बिदाबाट मिलान हुने गरी आज बिहान मात्रै विद्यालय बिदा दिने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

Read More

काठमाडौँ : सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुने श्रमिकको खाइपाइ आएको सुविधामा कुनै कमी नहुने प्रष्ट पारेको छ । योजनामा सहभागी हुँदा खाइपाइ आएको सुविधा घट्छ भनेर चलाइएको हल्लामा कुनै सत्यता नभएको उल्लेख गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा योजनाको कार्यान्वयनबाट श्रमिकको पारिश्रमिक एवं सुविधामा कुनै प्रतिकूल प्रभाव नपर्ने जनाएको छ । “श्रम ऐन, २०७४ को दफा ३ मा व्यवस्था भएका विषय न्यूनतम मापदण्डको रुपमा रहने प्रावधान भएको हुँदा हाल खाइपाइ आएको सुविधा घट्ने प्रश्नै उठ्दैन्”, मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । श्रम ऐनको दफा १७८ को उपदफा (३)…

Read More

डोटी : सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमद्वारा वितरित इन्टरनेट सेवा (एडिएसएल) अवरुद्ध भएको छ । अप्टिकल फाइबरमा आएको खराबीका कारण त्यहाँको इन्टरनेट सेवा आज बिहानदेखि अवरुद्ध भएको टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिए । उनले भने , “बुटवलमा अप्टिकल फाइबरमा खराबी आएकाले इन्टरनेट सेवा अवरुद्ध भएको जानकारी आएको छ । सेवा सुचारु गराउन प्रविधिक टोली परिचालन भैसकेको छ ।” इन्टरनेट सेवा अवरुद्ध भएपछि बैंकिङ कारोवारसमेत प्रभावित छ । सुदूरपश्चिमप्रदेशमा पटकपटक नेट सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयलाई निकै सास्ती हुने गरेको छ । नेपाल टेलिकमको डोटीस्थित दिपायल राजपुर कार्यालयले ३०० जनालाई अति द्रुत गतिको इन्टरनेट सेवा फोरजी सेवाको…

Read More