Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: गृहमन्त्रीले रामबहादुर थापाले धनुषामा गए राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कारवाही गरिछाड्ने बताउनुभएको छ । घटनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको उक्त घटना आततायी भएको भन्दै उहाँले सामाजिक सञ्जालमार्फत उक्त घटनाले आफू स्तब्ध भएको जनाउनुभएको छ । “यस प्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याइछाड्ने सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु”, फेसबुकमार्फत उहाँले भन्नुभएको छ । “धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गए राति भएको विस्फोटमा परी नेपाल प्रहरीका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह, आनन्द साहको मृत्यु तथा तीन स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको छ, मृतकप्रति हार्दिक…
धरान : धनुषा बम विस्फोटमा मृत्यु भएका प्रहरी निरीक्षक अमिर कुमार दाहालको शव काठमाडौं लैजाने तयारी भएको छ। महेन्द्रनगर बजारस्थित राजेश्वर साहको घरमा अज्ञात समूहले राखेको बम विस्फोटमा घाइते भएका दाहालको जनकपुरमा उपचार हुन नसकेपछि धरान ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको भएको थियो। संखुवासभाको मादी पुर्खौली घर भएका दाहाल पछिल्लो समय काठमाडौंको जोरपाटीमा बसाई सरेका थिए। दाहालको शव परिवारलाई जिम्मा लगाउन हेलिकप्टरबाट काठमाडौं लाने तयारी भइरहेको इलाका प्रहरी कर्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए। दाहालको शवको पोस्टमार्टम वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा गरिएको छ। दाहाल सई हुँदा पूर्व प्रधानमन्त्री झलनाथ खनालको सुरक्षा गार्ड (पिओसो) थिए। घटनामा राजेश्वर…
काठमाडौँ: पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमली भू–भागमा हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज बिहान विशेष बुलेटिन जारी गर्दै देशका मध्य र पूर्वी भू–भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको हो । मौसमविद्का अनुसार यो क्रम आज बेलुकासम्म कायम रही भोलिबाट क्रमशः सुधार हँुदै जाने बताइएको छ । “पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले उच्च पहाडीसहित हिमाली भू–भागका स्थानमा सतर्कता अपाउनु हुन…
डोटी: शुक्रबारदेखि परेको भारी हिमपातका कारण सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाको सञ्चार सम्पर्क अवरुद्ध भएको छ । हगुल्टे लेकमा रहेको यहाँका पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटी जिल्लामा सञ्चार सम्पर्क जोड्नका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावरमा हिमपातका कारण खराबी आएकाले गएरातिदेखि यहाँका जिल्लाको सञ्चार सम्पर्क अवरुद्ध भएको हो । त्यस्तै यहाँका पहाडी जिल्लामा गएरातिदेखि टेलिफोन सेवा, टेलिकमद्वारा वितरित एडिएसएललगायतका इन्टरनेट सेवा पनि पूर्णरूपमा अबरुद्ध भएको छ । ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भए पनि मोबाइल सेवा तथा हटस्पट इन्टरनेट सेवा भने आंशिकरूपमा सञ्चालनमा रहेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताउनुभयो । हिमपातका…
कावासोती: पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हँुदा त्यसमा रहेका ३० सेना घाइते भएका छन् । ना ६ ख ४०४ नंको बस आफँै अनियन्त्रित भई राजमार्गदेखि १० मिटर तल खसेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी निरीक्षक अर्जुन अधिकारीले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते भएका १८ जनाको कावासोतीस्थित नवलपुर अस्पताल र १२ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । बसमा ४० नेपाली सेना थिए । दश जनालाई भने केही नभएको प्रहरीले जनाएको छ ।
काठमाडौँ:संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको नेपाल भारत सीमा समस्याका समाधान गर्न सरकारलाई ५ बुँदे निर्देशन दिएको छ । बैठकले निर्देशनको पहिलो नम्बर बुँदामा लिम्पियाधुरा, लिपुलेक र कालापानी, सुूस्ता लगायतका भारतीय पक्षबाट अतिक्रमणमा परेका नेपाली भू–भागमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कुटनीतिक तहमा वार्ता गरी समस्या समाधान गर्न भनेको छ । त्यस्तै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्न निर्देशन दिएको छ । त्यस्तै लिम्पियाधुरा, लिपुलेक कालापानी, सुस्ता लगायतको नेपाली भूमी समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न…
धनुषा: धनुषामा गएराति भएको शक्तिशाली बम विस्फोटमा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी अधिकृतको मृत्यु भएको छ । सो घटनामा चार जना गम्भीर घाइते भएका छन् । जनकपुरदेखि १६ किमी उत्तर धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मुख्य बजार केन्द्र वडा नं ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति ४६ वर्षीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको हो । सोही विस्फोटमा परी घाईते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । विस्फोटमा परी राजेशका कान्छा छोरा १४ वर्षीय प्रकाश,…
इनरुवा: जिल्ला अदालत सुनसरीले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थप तीन दिन निगरानीमा राखी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ । आफनै एक अनुयायीलाई बलात्कार गरेको आरोपमा प्रहरीको निगरानीमा मोरङको विराटनगरमा उपचार गराइ रहेका बाबालाई प्रहरीले आज जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो । आफूहरुले अनुसन्धानका लागि १० दिनको म्याद माग गरेकोमा जिल्ला अदालत सुनसरीले तीन दिनको मात्र म्याद दिएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । थपिएको म्याद समाप्त भएपछि सिद्धबाबाको मिसिल अदालतमा बुझाइने प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो । दुई पटक गरेर ११ दिनको म्याद अस्पतालमै गुजारेका सिद्धबाबालाई पछिल्लो पटक तीन दिन म्याद थप गरी पुनः विराट नर्सिङ…
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । सेवा प्रवेश गरेदेखि मिति २०७६ असार मसान्तसम्म समग्र आय र व्यय तथा लगानीको अनुसन्धान गर्दा निज बस्नेतले गैरकानूनी रुपमा १० करोड ५६ लाख ९१ हजार ६०९ रुपैयाँ ९१ पैसा बराबरको सम्पत्ति आर्जन गरेको अनुसन्धानका क्रममा खुलेको आयोगले जनाएको छ । भोजपुरको षडानन्द नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–४ धूम्रबाराही बस्दै आएका निज बस्ने २०४५ सालमा लेखापाल पदमा सार्वजनिक सेवामा प्रवेश गरेका थिए । सो अवधिमा उनको पारिश्रमिक बचत, घरजग्गा बिक्री, ऋण सापटी,…
काठमाडौँ : जापानले औद्योगिक प्रशिक्षार्थी आदानप्रदानमा नेपालसँग थप सहकार्य गर्न तयार रहेको बताएको छ । नेपालका लागि जापानी राजदूत मासामिची साइगो र नेपाल उद्योग परिसङ्घका पदाधिकारीबीच भएको छलफलमा राजदूत साइगोले द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले जापान र नेपालको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारलाई आफूले प्राथमिकतामा राखेको बताउनुभएको थियो । सो अवसरमा परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले नेपाल र जापानबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभएको थियो । जापानको आर्थिक तथा व्यावसायिक विकासबाट नेपालले सधै लाभ लिइरहेको र यसलाई थप विस्तार गर्न जापानको लगानी बढाउन सहजकर्ताको भूमिका निर्वाह गर्न परिसङ्घ तयार…