Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

चितवन : पूर्वी चितवनको भण्डारामा आज बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको बा३ख ८४९० नंको बस राप्ती नगरपालिका–६ हर्दीमा अनियन्त्रित भई पल्टिएको थियो । कार्यालयका अनुसार बस सडकबाट तल खेतमा झरेको थियो । बसमा २३ जना सवार थिए । अन्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । उनका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना बिहान ११ः१० बजे भएको हो ।

Read More

भक्तपुर: सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा आज कलेजका विद्यार्थी बोकेर पिकनिकमा जाँदै गरेको ऋद्धिसिद्धी यातायातको बा५ख ४२८६ नम्बरको बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् । काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट घ्याम्पेडाँडामा पिकनिक मनाउन जाने क्रममा साँघुरो सडकबाट बस बाटोबाट खसेर दुर्घटना हुँदा दुई विद्यार्थी गम्भीर घाइते भएका छन् भने अन्य २० घाइते खतरामुक्त रहेका महानगरीय प्रहरीबृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । पिकनिकका लागि ११ गाडीमा कलेजका विद्यार्थी र शिक्षक गएका उक्त बस पाइलट बाबा आश्रम नजिकै सडकबाट खसेर रुखमा अड्केपछि ठूलो दुर्घटनाबाट बचेको उनले बताए । दुर्घटनाका घाइतेमध्ये दुईको भक्तपुर अस्पतालमा र…

Read More

काठमाडौँ: सडक बोर्ड नेपालले काठमाडौँ उपत्यका लगायत देशभरका विभिन्न सडकका खाल्डाखुल्डी मर्मतका लागि छुट्याएको रकम खर्च हुन सकेको छैन । बिभिन्न जिल्लामा रहका डिभिजन सडक कार्यालय सडक मर्मतमा भन्दा नयाँ निर्माणमा लाग्दा मर्मतको काम योजनाभन्दा कम सम्पन्न भएको छ । केही वर्षदेखि बर्सेनि ८० देखि ८५ प्रतिशतसम्म मात्रै बजेट खर्च भइरहेको सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले बताए । उनका अनुसार एकातिर सडक बोर्डले अझै पनि नेपाल सरकारबाट पाउनुपर्ने जति रकम पाइरहेको छैन भने अर्कातिर भएको बजेट पनि खर्च हुन सकिरहेको छैन । सडक डिभिजनलाई सडक विभागले नयाँ निर्माणमा लगाइरहेको छ । उनले भने, “नयाँ निर्माणको काम…

Read More

सिमकोट: हुम्लाका उच्च हिमाली क्षेत्रका लामा बस्ती यतिबेला सुनसान हुन थालेका छन् । चिसो अत्यधिक बढेपछि नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका लामा समुदाय बसोबास गर्दै आएका बस्तीहरु सुनसान भएका हुन् । उत्तरी नाम्खा गाउँपालिकाको वडा ६ का तिल जाङ्घ, हल्जि र लिमीका बासिन्दाहरु चिसो छल्न र व्यापार व्यवसाय गर्न जिल्ला बाहिर निस्किएका हुन् । सिमकोट गाउँपालिका वडा नं ३ (साविक ७, ८ र ९) मा पर्ने लिमाटाङ्ग गाउँ सुनसान बनेको छ । कुल ४५ घरधुरी रहेको लिमाटाङ्ग गाउँमा एक जना घर कुरुवा बाहेक दुई÷तीन वर्षयतादेखि अरु कोही पनि नबसेको स्थानीयवासी ज्याम्फाल लामाले बताए । वृद्ध लामाका अनुसार आफ्नो परिवारका सबै…

Read More

जनकपुरधाम: जानकी, मुक्तिनाथ र पशुपतिनाथ मन्दिरमा धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि त्रिस्थलीय पर्यटन प्रवद्र्धन अभियान सञ्चालनमा जोड दिइएको छ । आगामी पुस १२ देखि १६ गते पोखरामा हुने २१औँ पोखरा सडक महोत्सवका सन्दर्भमा आज यहाँ आयोजित सञ्चारकर्मीसँग छलफल कार्यक्रममा उक्त अभियानमा जोड दिइएको हो । धार्मिक पर्यटकीय प्रवद्र्धनका दृष्टिले जानकी, मुक्तिनाथ र पशुपतिनाथ मन्दिर महत्वपूर्ण तीर्थस्थल भएकाले तीनवटै स्थललाई पर्यटक यात्रा प्याकेजका रूपमा प्रवद्र्धनमुखी अभियान सञ्चालन आवश्यक भएको स्पष्ट गरिएको छ । जनकपुरधाम मिथिला संस्कृतिको उद्गमस्थल भए पनि अन्तरदेशीय पर्यटक यात्रा प्याकेजअन्तर्गत नरहेका कारण जनकपुरधाममा तीर्थयात्रीको बसाइ न्यून हुने भएकाले त्रिस्थलीय पर्यटक यात्रा प्याकेज कोसेढुङ्गे साबित हुने विश्वास…

Read More

सिञ्जा: मालपोत कार्यालय जुम्लामा अनलाइन प्रणालीबाट सेवा सञ्चालन भएदेखि सेवाग्राहीले दुःख पाएको गुनासो गरेका छन् । पहिले एक दिनमै हुने काम अहिले अनलाइनबाट हुँदा एक हप्तादेखि झण्डै एक महिनासम्म लाग्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । कनकासुन्दरी गाउँपालिका–८ भट्टवाडाकी विष्णुमाया भट्टले मालपोत कार्यालय धाउन लागेको छ दिन भएको बताए । अझै कति दिन लाग्ने भन्ने थाहा नभएको उनको गुनासो थियो । भट्टवाडाकै कृष्ण भट्ट पनि मालपोत धाउन लागेको आठ दिन भयो । प्रणालीले काम नगर्दा काम हुन नसकेको कर्मचारीले बताउने गरेका उनको भनाइ छ । बिना पूर्वतयारी हतारमा अनलाइन प्रणालीबाट सेवा दिँदा यस्तो परिणाम आएको भट्ट बताउछन् ।…

Read More

काठमाडौँ: उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन मौलिक जरोकिलो पार्टीले अनुरोध गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख पदमा पुरुष व्यक्तिलाई निर्वाचित गराउन लागेको भन्ने समाचार सार्वजनिक भइरहेकामा मौलिक जरोकिलो पार्टी, महिला विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सभामुख पद रिक्त भएको अवस्थामा उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउनु भनेको एउटाको अपराधको सजाय अर्कोलाई दिनु जस्तै हो, जुन घोर अन्यायपूर्ण कार्य हुन जाने महिला विभाग संयोजक हिराकुमारी लामिछानेले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । उपसभामुखको कार्यसम्पादनको मूल्याङ्कन गरी तुम्बाहाम्फेलाई नै सभामुख बनाउनु न्यायसङ्गत हुने मौलिक जरोकिलो पार्टी, महिला विभागको ठहर छ…

Read More

बागलुङ: छैटौँ बागलुङ महोत्सवको तयारी तीव्र पारिएको छ । व्यापार, पर्यटन र संस्कृति प्रवद्र्धनमा केन्द्रित महोत्सव आगामी पुस ११ देखि २० गतेसम्म चल्नेछ । प्याराग्लाइडिङ, हेलिकोप्टर शयर, पुरुष तथा महिला भलिबल, लोकदोहोरी, भजनलगायत प्रतियोगिता महोत्सवका आकर्षण हुन् । महोत्सवकै अवसर पारेर पुस १० गते ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ शीर्षकमा आर्थिक बहससमेत हुँदैछ । लगानी सम्भावना औँल्याउन आयोजित बहस कार्यक्रममा सरकारका प्रतिनिधिसहित ठूला उद्योगी, व्यवसायी सहभागी हुनेछन् । नेपाल भ्रमण वर्षको शुभारम्भसमेत महोत्सवस्थलबाटै गरिने आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । “भ्रमण वर्षको शुभारम्भ समारोहसहित जनवरी १ मा जिल्ला भित्रने पर्यटकलाई नाकामा स्वागत गर्ने कार्यक्रम छ”, सङ्घका महासचिव…

Read More

सप्तरी: अज्ञात रोगको सङ्क्रमणले बङ्गुर धमाधम मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । रुपनी गाउँपालिका–६ मा किसानले सञ्चालन गरेको बङ्गुर फार्ममा सङ्क्रमण फैलिएर बङ्गुर मर्न थालेपछि किसान चिन्तित बनेका हुन् । तीन दिन बितिसक्दासमेत रोगको पहिचान हुन सकेको छैन । “रोगको पहिचान हुन नसक्दा उपचार नपाएर बङ्गुर मर्ने क्रम जारी छ”, फार्म सञ्चालक कुलानन्दप्रसाद चौधरीले भने, “रोगको पहिचान हुन नसक्दा उपचारसमेत गराउन पाइएको छैन ।” सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि रोकथाममा चाँसो नदिँदा फार्म नै रित्तो हुँदै गएको चौधरीले दुःखेसो पोखे । शरीर काम्ने, तापक्रम बढ्ने, मुखबाट ¥याल बग्ने जस्ता लक्षण देखिएको एक घण्टा नबित्दै बङ्गुर…

Read More

काठमाडौं : प्रभु इन्सुरेन्सले आर्थिक वर्ष २०७५(७६ को नाफाबाट १६.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको हिजो बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११.३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो संगै बिमा कम्पनीमा लाभांश घोषणा गर्ने पहिलो इन्सुरेन्स बनेको छ । नियामक निकाय र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । कम्पनीले ५ करोड २ लाख ५३ हजार ८०० रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, ११ करोड ३७ लाख ७४ हजार ६०३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ…

Read More