Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको प्रथम वार्षिक साधारणसभा शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाले कम्पनीको लगानीका दायरा विस्तार गर्न सरकारी तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय गैर सरकारी कोषहरुसँग सार्वजनिक–निजी साझेदारीमार्फत सहकार्य गर्दै ठूला र रोजगारमुलक आयोजनामा लगानी गर्ने निर्णय गरेको छ । साथै, कम्पनीले सम्भाव्यता देखिएका जलविद्युत, पर्यटन, सूचना प्रविधि जस्ता ठूला शहरी परियोजनाका अतिरिक्त कृषि, घरेलु, साना तथा मझौला उद्योगहरुमा लगानी विस्तार गरी ग्रामिण क्षेत्रमा रोजगारी सृजना गर्ने, एनडीपी भेन्चर तथा एनडीपी डेभलपर नामका छुट्टै संरचना खडा गरी पीईभीसी तथा शहरी पूर्वाधार तथा आवास क्षेत्रमा लगानी गर्ने निर्णय गरेको छ । साधारणसभामा कम्पनीको प्रथम…

Read More

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा एमालेको निर्माण गर्न र बलियो बनाउने यात्रामा सहभागी नेता–कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन् । ओलीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जहाँ भएपनि आफ्नै घर(नेकपा एमाले) फर्किन आह्वान गरेका हुन् । उनले लेखेका छन्,विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु । जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो ।ओलीले सबै काँधमा काँध मिलाएर अघि बढ्नुपर्नेमा जोड दिँदै देशको स्वाधीनता,लोकतन्त्रको रक्षा र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति…

Read More

काठमाडौँ: सरकारले भिजिट भिसा खुकुलो बनाएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसाका विद्यमान विभिन्न प्रावधान हटाएर सहज बनाइएको हो । अध्यागमन विभागले पत्रकार सम्मेलन गर्दै भिजिट भिसामार्फत विदेश जान चाहनेका हकमा सहज बनाइएको जनाएको छ ।भिजिट भिसामा हुने विकृती अन्त्य गरी सर्वसाधरणलाई सहज हुने गरी कार्यविधि संशोधन गरी आजैदेखि कार्यान्वायन थालिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। अब विदेश यात्राका लागि कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट र आफू भ्रमण गर्ने प्रयोजनका लागि जान लागेको, त्यसका लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहनेसमेत व्यहोरा प्रस्थान…

Read More

काठमाडौँ: सरकारको अनुमतिविना काठमाडौं उपत्यकाबाहिर जान नपाउने गरी निवर्तमान प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई स्थानहद तोकेकोविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश नृपध्वज निरौलाको इजलासले उनीहरूलाई स्थानहद तोक्नुको कारण पेस गर्न सरकार र जाँचबुझ आयोगको नाममा आदेश जारी गरेको हो । अधिवक्ता डा. प्रेमराज सिलवालले ओली र लेखकलाई स्थानहद तोक्नु कानुनविपरीत हुने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । जेन–जी आन्दोलनमा भएको दमन र भोलिपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगको सिफारिसमा सरकारले ओली, लेखक र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई अनुमतिविना काठमाडौं उपत्यका छाड्न नदिने निर्णय गरेको…

Read More

काठमाडौँ: केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण जोमसोम–कागबेनी सडकखण्डमा पहिरोसँगै सडक भासिएर अवरुद्ध भएकाे छ। वर्षाका कारण जोमसोम–कागबेनी सडकखण्डको पिचरोड भासिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए। जोमसोम बसपार्कदेखि एक किलोमिटरको दूरीमा सडक भासिएर भत्किएको र सोही स्थानमा माथिबाट लेदोसमेत आइरहेको उनले बताए। उनका अनुसार सोही सडकखण्डमा पर्ने पाण्डाखोलामा समेत पहिरो गएको छ। माथिबाट लेदोसहितको पहिरो आइरहेकाले सडक अवरुद्ध हुँदा कागबेनी, मुक्तिनाथ र माथिल्लो मुस्ताङ यात्रा गर्न नसकिने अवस्था रहेको बस्यालले बताए। मुख्य गरी दुई स्थानमा अवरोधसँगै सडकखण्डको अन्य धेरै स्थानमा माथिबाट साना–साना ढुंगाहरू खस्ने, लेदोसहितको माटो आउने क्रम जारी रहेकाले सो खण्डमा यात्रा नगर्न प्रहरीले…

Read More

काठमाडौँ:सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गर्ने भएको छ। खुला प्रतिस्पर्धाबाट उम्मेदवार छनोट गरी सिफारिस गर्न पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा शुक्रबार समिति गठनको निर्णय गरेकी हुन्। समितिको विज्ञ सदस्यमा क्याप्टेन कुलबहादुर लिम्बूलाई चयन गरिएको छ। मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिवले सदस्यसचिवको काम गर्नेछन्। समितिले एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्नुपर्नेछ। खुला प्रतिस्पर्धाबाट नयाँ महाप्रबन्धक नियुक्त नभएसम्मका लागि निगमकै वरिष्ठतम् कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धक भई काम गर्नेछन्। यसैगरी निगमको सञ्चालक समिति अध्यक्षको काम अर्को व्यवस्था नभएसम्म उपाध्यक्ष विक्रम…

Read More

काठमाडौं: नेपाल उद्योग परिसंघले डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुलका विषयमा उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच उत्पन्न परिस्थित प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । वर्षौदेखि गिजोलिएको डेडिकेटेड र ट्रंकलाइन सम्बन्धी विवाद समाधान गर्न परिसंघले तत्कालीन सरकारलाई एक उच्चस्तरीय आयोग बनाउन सुझाव दिएको थियो । निजी क्षेत्रसमेतको सुझावका आधारमा सर्वोच्च अदालतका पूर्व न्यायाधिश गिरीशचन्द्र लालको अध्यक्षतामा डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विद्युत महसुल विवाद समाधानका लागि जाँचबुझ आयोग गठन भएको थियो । सो आयोगले प्रतिवेदन सरकारलाई दिइसकेको र सरकारले समेत उक्त प्रतिवेदन सार्वजनिक समेत गरिसकेको छ । लामो समयदेखि यो विवाद समाधान हुन नसक्दा यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा राम्रो सन्देश प्रवाह…

Read More

काठमाडौँ: नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । यो साता लागेसँगै लगातार ओरालो लागेको सुनको मूल्य आज साताको अन्तिम कारोबारको दिन एकै दिन २ हजार ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँका कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेको हो । शुक्रबार चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला २ हजार ९८० रुपैयाँमा…

Read More

काठमाडौँ:सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची २ मा हेरफेर गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए। उनका अनुसार पदाधिकारी तथा सदस्यको सचिवालयको दरबन्दी घटाइएको हो। बिहीबार बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गृह मन्त्रालयको सिफारिसमा मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा हुने ९३ औँ इन्टरपोल महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई स्वीकृति दिने निर्णय भएको पनि बताए। उनकाअनुसार बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि २०८२ माघ ११ गते आइतबारका…

Read More

काठमाडौँ:आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत कप्तान रोहितकुमार पौडेलको शतकका बावजुद नेपालले युएईसँग पराजय भोगेको छ। बिहीबार घरेलु टोली युएईले नेपाललाई ५ विकेटले पराजित गरेको हो। नेपालले दिएको २३४ रनको लक्ष्य युएईले ४३.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। युएईका लागि ओपनिङ जोडीले उत्कृष्ट ब्याटिङ गर्‍यो। ओपनर आलिशन सराफुले २६ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ४५ जोड्दा नेपाल सुरूमै दबाबमा पर्‍यो। अर्का ओपनर आर्यन्स शर्माले ९८ रन बनाएपछि नेपालले हार टार्न सकेन। शर्माले ९८ बल खेलेर १० चौका र ३ छक्का प्रहार गरे। बलिङमा नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए भने करण केसी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट…

Read More