Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेप्से ३२.२१ अंकले घटेर २७१९.२० अंकमा झरेको छ । सेयर बजारको मापक सूचक नेप्से मंगलबार १.१७ प्रतिशतले घटेको हो । बजार घटेको भएपनि १ करोड ५५ लाख कित्ता किचबेचबाट ८ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ । मंगलबारको सेयर कारोबारमा ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने २०८ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको भने कारोबार भएन् । मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कमाउने कम्पनीमा महालक्ष्मी विकास बैंक छ । यसको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । यो दिन नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने सबैभन्दा बढी अर्था ६.६९ प्रतिशतले घटेको छ । बजार घटेको…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकास र स्वदेश मै रोजगारी सिर्जनाको लागि औद्योगिक वातावरण निर्माण पहिलो प्राथामिकता हुनु पर्ने बताउनु भएको छ ।नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ तथा अन्य विभिन्न संघ संस्थाहरुको सहआयोजना एवं सहयोगमा काठमाडौंमा शुरु भएको दुई दिने ५औं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन उद्घाटनका अवसरमा बोल्दै उहाँले रोजगारी सिर्जना र लगानीकर्ताहरुलाई आकर्षित गर्न राजनीतिक र नीतिगत स्थिरता आवश्यक रहेका बताउनु भयो ।अध्यक्ष ढकालले नेपालमा श्रम शक्तिको उपयोग गर्नका लागि सिर्जनात्मक रोजगारी बढाउने क्षेत्रको पहिचान तथा प्रवर्धन र वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पुँजीको यथोचित…

Read More

काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा शोधनान्तर स्थिति २ खर्ब बढीले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार २ खर्ब ८४ अर्ब ४१ करोडले बचतमा रहेको देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २४ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ११ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खातासमेत बचतमा रहेको छ । तथ्यांकअनुसार चालु खाता १ खर्ब ६६ अर्ब ८० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही…

Read More

काठमाडौं:। देशमा विप्रेषण भित्रिने क्रम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ महिनामै मात्र १ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको हो । पुस महिनासम्म मासिक औसत १ खर्ब २७ अर्ब रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएकामा माघमा औसतभन्दा १० अर्ब बढी रेमिट्यान्स आएको हो । नेपाल राष्ट्र बैंकका अनुसार गत आवको यही अवधिको तुलनामा रेमिट्यान्स ७.३ प्रतिशतले वृद्धि भएको हो । ७ महिनामा ९ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ…

Read More

काठमाडौं: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आजबाट सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले होटल याक एण्ड यतिमा सम्मेलन उदघाटन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । । प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास गरी परिस्थितिमा परिवर्तन ल्याउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि बढाउन सरकार लागिरहेकाले यसमा निजी क्षेत्रको भूमिका झन् महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे । उनले विदेशका विभिन्न मुलुकमा गएर नेपालीहरूले श्रम गर्ने तर स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुने हो भने अर्थतन्त्रको उत्थान नहुने भएकाले…

Read More

काठमाडौँ: नेकपा माओवादी केन्द्रले गणतन्त्रको विपक्षमा भइरहेको पूर्वराजाको सक्रियता परिवर्तन उल्टाउन खोजेको भन्दै शसक्त प्रतिवाद गर्नुपर्ने निष्कर्ष निकालेको छ। त्यसका लागि समाजवादी मोर्चामा रहेका दलसँग छलफल गरेर कार्यक्रम तय गर्ने तयारी छ। सोमबार बसेको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्रलाई अघि सारेर राजावादीले व्यवस्थामाथि चुनौति दिन खोजेको ठहर गरेको एक पदाधिकारीले बताए। ‘ज्ञानेन्द्रको पक्षमा भएको प्रदर्शन राम्रो होइन, हाम्रो कारणले गणतन्त्र आएको हुनाले यसको रक्षा र विकास पनि हामीले नै गर्नुपर्ने भन्नेमा हामी पुगेका छौँ’ बैठकको निचोड सुनाउँदै एक नेताले भने, ‘कांग्रेस–एमाले सरकारले गर्न नसकेका कामले जनतामा झन् बढी असन्तुष्टि चुलायो। त्यो राजावादी र हिन्दूवादीतिर गयो। यसलाई न्यूनिकरण गर्नुपर्छ।’ त्यसका लागि माओवादीका…

Read More

काठमाडौं:उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेटका लागि तीन करोड रुपैयाँ भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गर्नु भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी खानेपानी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको छुट्टा छुट्टै छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले असंख्य योजना तथा कार्यक्रमबाट बाहिर आउन आग्रह गर्दै पूर्वतयारी सम्पन्न ठूला रुपान्तरणकारी एवम् राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न जोड दिनु भएको छ । अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहले गर्न सक्ने कार्यक्रममा उनीहरुको भूमिका बढाउनु पर्ने र एक पटकका लागि सिडमोनी दिएर भए पनि प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका…

Read More

काठमाडौं। विद्यालय शिक्षा ऐन जारी नभएसम्म शिक्षक महासंघले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । महासंघको आइतबार बसेको बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो। ‘ऐन जारी नभएसम्म आन्दोलन जारी रहन्छ । भोलि पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने। शनिबार पहिलो चरणको आन्दोलन सकिए लगत्तै आइतबार महासंघको बैठक बसेर दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो । २०८० मा सरकारसँग भएको सहमति अनुसार ऐन जारी गर्नुपर्ने र निवृत्तिभरण अध्यादेश खारेजको माग राखेर महासंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ । गत २९ पुसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको सुशासन, प्रवद्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही…

Read More

काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन्। आफ्नो एक महिने कास्की पोखराको बसाइपछि शाह आज आइतबार अपराह्न चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्। समिट एयरको ९एन–एकेजेड कलसाइनको जहाजमार्फत काठमाडौँ आएका शाहलाई विमानस्थलदेखि नै समर्थकहरूले स्वागत गरेका थिए। उनको स्वागतका लागि राप्रपा, राप्रपा नेपालसहितका दलका शीर्ष नेता विमानस्थल पुगेका थिए। विमानस्थल क्षेत्रको सडकमा शाहको स्वागतमा ठूलो संख्यामा समर्थकहरू भेला भएका छन्। पूर्वराजाको स्वागतमा हुने प्रदर्शनका कारण कुनै अप्रिय घटना नहोस् भनेर काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ। प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते दिएको अभिव्यक्तिलाई लिएर राजनीतिक दलका शीर्ष नेताहरूले आपत्ति जनाउँदै आएका छन्। उनीहरूले राजनीतिमा आउने…

Read More

काठमाडौँ:नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रिपरिषद्को २१ गतेको निर्णयानुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ४ बुँदामा मागेको सफाइ पेस गरेका छन्। १६ पृष्ठ लामो सफाइ पत्र ऊर्जा मन्त्रालयमा बुझाएका हुन्। मन्त्रिपरिषद् बैठकले २१ गतेको निर्णयअनुसार कुलमानलाई ४ बुँदामा सफाइ पेस गर्न मौका दिएको उल्लेख गरेको थियो। सोहीअनुसार ऊर्जा मन्त्रालयले २२ गते पत्र पठाउँदै स्पष्टीकरण मागेको थियो। कुलमानले १६ पृष्ठको सफाइ पत्रमा गत वर्षको कार्यसम्पादन प्रतिवेदन पेस नगरी मन्त्रालय र उनीबीच ०७८ माघ ५ गते भएको कार्यसम्पादन सम्झौताको शर्त उल्लंघन गरेकोले सम्झौता अन्त्य गरी नियुक्ति रद्द नगर्ने भन्ने प्रश्नको ७ बुँदामा जवाफ दिएका छन्। त्यसैगरी उनले भारत–नेपाल ऊर्जा व्यापारबारे…

Read More