Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: मंगलबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । सोमबार १२ सय रुपैयाँले घटेको सुनको भाउ मंगलबार १ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार सोमबार प्रतितोला १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६३७.६९३…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र मुख्यसचिव लगायत उच्च पदस्थ कर्मचारीहरूले बिदाइ गरेका छन् । प्रधानमन्त्रीको टोलीमा चीन भ्रमण गर्ने सरकारी र निजी क्षेत्रका गरी ७९ जना रहेका छन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीलाई मङ्सिर १८ गते चिनियाँ समकक्षी छ्याङले स्वागत गर्नेछन् । त्यसपछि दुई पक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ । मङ्सिर १८ गते नै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनफङसँग…

Read More

काठमाडाैं: नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । आज छापावाला सुनको भाउ तोलाको १ हजार २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय १५ रुपैयाँ कायम भएको छ ।

Read More

मोरङ: मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ। निर्वाचन आयोगले दिएको पछिल्लो जानकारीअनुसार ग्रामथानका माओवादी उम्मेदवार नमो नारायण माझी ६ हजार ९६९ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले ५ हजार ३३३ मत पाएका छन् भने एमाले तुलसीराम विश्वासले ४ हजार १५९ मत ल्याएका छन्। यहाँ राप्रपाका दिनेशकुमार थन्दारले ५५५ मत ल्याएका छन्। यसअघि नेपाली कांग्रेसले जितेको यो गाउँपालिकामा उपाध्यक्ष र ५ वडाध्यक्षमा एमालेबाट विजयी भएका थिए। माओवादीले एक मात्रै वडाध्यक्ष जितेको थियो। २०७९ को स्थानीय तहको निर्वाचनमा ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए। उनले ७६०५ मत पाएका थिए। त्यतिबेला…

Read More

काठमाडौं: सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ४०० किलोभोल्ट (केभी)को सबस्टेसन निर्माण धमाधम भइरहेको छ ।तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र देशभित्रको प्रणालीलाई सदृढ बनाउन ४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण सुरु गरिएको हो । सोही स्थानमा २२०÷१३२ केभी र १३२÷११ केभी सबस्टेसन निर्माण सम्पन्न गरी उपकरणहरुको परीक्षण सम्पन्न भइसकेको छ ।ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित ४०० केभी बाह्रबिसे सबस्टेसनका सम्पूर्ण उपकरणहरु निर्माण स्थलमा आपूर्ति भइसकेका छन् । पावर ट्रान्सफर्मरहरु राख्ने सिभिल संरचनाहरुको निर्माण सम्पन्न गरी जडान भइरहेको छ ।नियन्त्रण कक्ष, जिआइएसका उपकरणहरु रहने भवनको सिभिल संरचना निर्माणाधीन छन्…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक चार दिने भ्रमणमा सोमबार निस्कँदै छन् । प्रधानमन्त्री भएपछि पहिलो द्विपक्षीय भ्रमण गर्न लागेका ओली सोमबार बिहान ११ बजे काठमाडौंबाट बेइजिङका लागि उड्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको चार्टर विमानमा चीन जान लागेका हुन् । ओलीको टोलीमा ३९ जना सरकारी भ्रमण टोलीमा र ४७ जना व्यापारिक क्षेत्रबाट रहेका छन् । प्रधानमन्त्री ओली बेइजिङको स्थानीय समय अनुसार सोमबार बेलुकी साढे ५ बजे पुग्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयमार्फत प्राप्त जानकारीअनुसार प्रधानमन्त्री ओलीले मंगलबार चीनका प्रधानमन्त्री ली छ्याङसँग औपचारिक रूपमा द्विपक्षीय वार्ता गर्ने छन् । सोही द्विपक्षीय वार्तामा दुई मुलुक बीचका…

Read More

काठमाडौँ:स्थानीय तहको उपनिर्वाचन अन्तर विभिन्न ४१ पदका लागि आज मतदान सम्पन्न भएको छ। देशभर शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदना सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका अनुसार उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ। आयोगले केही बेरअघि विज्ञप्ती निकालेर निर्वाचनमा ६२ प्रतिशत मत खसेको जानकारी दिएको हो। आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार उपनिर्वाचनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटाले उम्मेदवारी दिएका थिए। उनका अनुसार मतदान सम्पन्न भएर सुरक्षित रुपमा मतपेटिका संकलन भएपछि तत्काल मतगणना सुरु गर्न आयोगले निर्देशन दिएको छ।

Read More

काठमाडौँ: स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानका लागि पोखराबाट काठमाडौँ झिकाइएका पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज दोस्रो दिन पनि बयान लिइएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा दिनभर चलेको बयानको कार्य नसकिएपछि उनलाई पुनः प्रहरी हिरासतमा फर्काइएको छ। भोलि फेरि बयानका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए। यसअघि रविसँग शुक्रबार पनि बयान लिइएको थियो। कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएका रविमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ। पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारी ठगीको अनुसन्धानका क्रममा उनको बयान भइसकेको छ। सुप्रिम सहकारी ठगीको अनुसन्धानका लागि…

Read More

काठमाडौं । युएईमा जारी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको बंगलादेशले २८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । बंगलादेशका जबार अबारले ५९ रन र मोहम्मद हाकिमले ५२ रन बनाए । बलिङमा नेपालका युवराज खत्रीले ४ र कप्तान हेमन्त धामीले एक विकेट लिए । त्यसअघि युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १४१ रन बनाएको थियो । नेपालका लागि…

Read More

कोसी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीलाई पुनः पक्राउ गरी मुद्दा चलाउनुपर्ने माग गरिएको रिट सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न नमिल्ने निर्णय गरेको छ। सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले कुनै पनि मुद्दा चल्ने वा नचल्ने विषयमा अन्तिम निर्णय गर्ने अधिकार सरकारी वकिलसँग सुरक्षित रहेकोले त्यसविरूद्ध अदालतमा रिट दर्ता गर्न नमिल्ने भनी आइतबार लिखित आदेश गरेका छन्। रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीले भने प्रवृत भावना राखी बिनाकुनै तर्कपूर्ण आधार प्रहरीद्वारा अनुसन्धानमा प्राप्त प्रमाणहरूलाई पूर्णरूपेण नजरअन्दाज गरी अधिकारीलाई उन्मुक्ति दिइएकाले त्यसविरूद्धको कानुनी लडाइँ जारी राख्ने बताएका छन्। ‘मुद्दा नचलाउने गरी जिल्ला सरकारी वकिल कार्यालयले गरेको निर्णय प्रथम दृष्टिमै गैरकानुनी, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएकोले उक्त…

Read More