Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
- तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
चिप्लेढुङ्गा: हस्पिटालिटी नेपाल कन्टेस्ट’को चौथो संस्करण पर्यटकीय नगरी पोखरामा आयोजना हुने भएको छ । एपी इन्टरटेनमेण्टद्वारा प्रतियोगिताका बारेमा जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा आवेदन खुला गरिएको जानकारी दिइएको छ । आयोजक सस्थाका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले प्रतियोगिताका लागि यस पटक अझै बढी अवसर सिर्जना गरिएको बताए । उनले भने “हामीले तीन संस्करणलाई उत्कृष्ट ढङ्गबाट सम्पन्न गरिसकेका छौँ र, यो संस्करण अझै बढी परिस्कृत हुने दाबी गर्दछौँ ।” यस वर्षको प्रतियोगिता भ्रमण वर्ष २०२० लाई टेवा पुग्ने गरी हुने कार्यक्रम संयोजक सङ्गम रेग्मीले बताए । पोखराबाहेक काठमाडाँै, बुटवल र चितवनमा पनि आयोजकले ‘कलेज क्याम्पेन’ गरेर प्रतियोगीहरु ल्याउने तयारी…
बेझाड: पाल्पाको निस्दी गाउँपालिकाको मित्यालमा हावाबाट बिजुली बत्ती बालिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपालको रु एक करोड ८० लाख र गाउँपालिकाको रु ४२ लाख १३ हजार ८०० को लागतमा हावाबाट बिजुली निकालिएको हो । हावाबाट १५ किलोवाट र वायु तथा सौर्य ऊर्जा हाइब्रिड प्रणलीमार्फत १० किलोवाट गरी २५ किलोवाट क्षमताको बिजुली निकालिएको उपभोक्ता समितिका अध्यक्ष भुपिन्द्र सुनारी मगरले जानकारी दिए । करीब साढे दुई वर्षअघिदेखि शुरु भएको आयोजना अहिले सम्पन्न भएर घरघरमा बिजुली बत्ती बल्न थालेपछि यहाँका स्थानीयवासी खुशी भएका छन् । गाउँपालिकाको झ्याल्टुङ्ग, मौलाथर, रुप्सेभन्ज्याङ, काफल, गाउँपालिकाको कार्यालय, वडा कार्यालय, प्रहरी चौकी, गौरीशङ्कर मावि,…
काभ्रेपलाञ्चोक: पर्यटकीय नगरी धुलिखेलमा ‘भ्रमण वर्ष २०२०’ को अवधिभर हरेक हप्ता खाना महोत्सव आयोजना गरिने भएको छ । धुलिखेल नगरपालिकाले पुरानो बसपार्कमा हप्ताको तीन दिन खाना महोत्सवसहित स्थानीय कला, संस्कृतिको प्रदर्शन गरिने कार्यक्रम सार्वजनिक गरेको छ । धुलिखेलमा पर्यटक आकर्षण गरी बसाइँ लम्ब्याउन योजनाबद्ध कार्यक्रम बनाइएको नगरप्रमुख अशोक ब्याञ्जूले जानकारी दिए । उनले भने “हामी भ्रमण वर्षभर हप्तामा तीन दिन विभिन्न परिकारमा खाना महोत्सव आयोजना गर्नेछौँ, यसपटक धुलिखेलको पर्यटन, कला र संस्कृति विश्वभर चिनाउने प्रयास गर्नेछौँ ।” धुलिखेलमा रहेका ऐतिहासिक पर्यटकीय संरचनाको मर्मत भइरहेको तथा नयाँ बसपार्क बनाउनेसमेत योजना बनाइएको नगरप्रमुख ब्याञ्जूले जानकारी दिए । धुलिखेल नगरका…
सोलुखुम्बु : जिल्लाको खुम्बु क्षेत्र कार्गो ढुवानी गर्ने हेलिकोप्टरले नियम विपरीत उडान भर्ने गरेका भए पनि जिल्ला प्रशासन कार्यालय भने बेखबर रहेको छ । कैलाश र सिम्रिक एयरका हेलिकोप्टरले खुम्बुका विभिन्न क्षेत्रमा दैनिक उपभोग्यदेखि निर्माण सामग्रीसमेत ढुवानी गरिरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्थानीय सुरक्षा निकायसँगको प्रत्यक्ष समन्वयमा मात्रै उडान भर्ने गरी उडान अनुमति दिएको भए पनि त्यसलाई वास्तै नगरी आफूखुशी उडान भर्ने गरेको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालय बबरमहल काठमाडाँैले सिम्रिक एयर प्रालिलाई २०७६ साल मङ्सिर १६ गते लेखेको चलानी नं १०७८ को पत्र र २०७६ साल मङ्सिर २० गते कैलाश हेलिकोप्टर…
कास्की: पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पिपिएल) टी २० क्रिकेट प्रतियोगिताको आजको खेलमा काठमाडौँ गोल्डेन वारियर्सले विराटनगर टाइटन्सलाई ३६ रनले पराजित गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज टस जितेर व्याटिङ रोजेको काठमाडौँले पूरै ओभर खेल्दै पाँच विकेट गुमाएर १५९ रनको योगफल तयार पारेको थियो । जवाफी व्याटिङमा आएको विराटनगरले अन्तिम ओभरमा दुई बल बाँकी छँदा पूरै विकेट गुमाएर १२३ रन मात्र जोड्न सफल भयो । चार खेल खेलको काठमाडौँ दुई खेलमा जीत तथा दुईमा हारसँगै ४ अङ्क जोडेर समूहमा दोस्रो स्थानमा रहन सफल भयो । एक खेल कम खेलेको बुटवलकोसमेत समान चार अङ्क रहे पनि रनरेटमा…
बाँके: सरकारी उदासिनता र लापरवाहीका कारण अझै केही विद्यार्थी हचुवाको भरमा अध्ययन गर्न बाध्य छन् । उच्च शिक्षाको पहिलो खुड्किलो मानिने एसइई आउन तीन महिनामात्रै बाँकी भए पनि जिल्लाका केही विद्यालयमा शिक्षक अभावमा विद्यार्थीले पढ्न पाएका छैनन् । डुडुवा गाउँपालिकाका अधिकांश विद्यालयमा शिक्षकको अभाव देखिएको छ । शिक्षकको अभावले यहाँका विद्यालयमा गुणस्तरीय त परै जाओस् नियमित पढाइसमेत हुनसकेको छैन । गाउँपालिकाको राष्ट्रिय मावि वनकट्टीमा शिक्षकको अभावले विद्यार्थी पठनपाठनबाट पूर्णरूपमा बञ्चित भइरहेका छन् । पटक–पटक विद्यालय प्रशासनसँग शिक्षक माग गर्दा कहीँकतैबाट व्यवस्थापन हुन नसकेको बताइएको छ । विसं २०६६ मा मावि तहको पढाइ शुरु गरेको विद्यालयमा मावि तहमा एक पनि शिक्षकको…
काठमाडौँ : पछिल्ला दिनमा आर्थिक एवम् औद्योगिक नगरीका रुपमा स्थापित हुँदै गएको भैरहवा बुटवल क्षेत्रमा विद्युत्को माग बढ्दै गए पनि उद्योगीले मागेअनुसार ऊर्जा पाएका छैनन् । दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने अर्घाखाँची सिमेन्ट उद्योग, श्री स्टिलगायतले मागअनुसारको ऊर्जा नपाएपछि आफ्नै प्लान्ट राखेर उद्योग सञ्चालन गरिरहेका छन् । विद्युत् उपलब्ध गराउने नेपाल विद्युत् प्राधिकरणले सबस्टेशनको विस्तार तथा प्रसारण लाइन निर्माणको काम गरिरहेको भए पनि समयमा सम्पन्न हुन नसक्दा ती उद्योगले आफ्नै प्लान्टबाट विद्युत् उत्पादन गरेका छन् । अर्घाखाँची सिमेन्ट उद्योगले हाल प्राधिकरणबाट कूल १० मेगावाट विद्युत् लिइरहेको छ । सो उद्योगलाई थप १० मेगावाट विद्युत् आवश्यक परेको छ…
काठमाडौँ: अघिल्लो साता उकालो लागेको शेयर कारोवार मापक नेप्से परिसूचक यस साता भने निरन्तर घट्दो क्रममा रह्यो । साताभर कूल १७२ कम्पनीका शेयर कारोवार भए । दुई सातादेखि लगातार बढेको शेयरबजार तेस्रो साताको प्रारम्भमै भने ओरालो लाग्यो । साताभर कूल ६५ लाख २१ हजार ३४ कित्ता शेयर रु एक अर्ब ७१ करोड ९९ लाख आठ हजार ७९२ मूल्यमा खरीद बिक्री भए । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो दिन नै कारोवार मापक सूचक ४.७८ अङ्कले घटेर एक हजार १६७ अङ्कमा झ¥यो । कूल १७२ कम्पनीको २० लाख ७२ हजार २३६ कित्ता शेयर रु ६८ करोड ६० लाख ७६ हजार १११…
गलकोट: बागलुङ नगरपालिका–८ सिगानामा शुक्रबारदेखि चौथो सुन्तला उत्सव शुरु भएको छ । सुन्तला उत्सवको गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले उद्घाटन गर्नुभयो । उद्घाटनपछि मन्त्री थापाले बाँझो जग्गालाई एकीकरण गरी ठूलो मात्रामा कृषिउपज उत्पादन गर्नुपर्ने बताउनुभयो । मन्त्री थापाले जग्गा धनीले जमिनलाई प्रयोगविहीन बनाउने र काम गर्नेको जग्गा नभएका कारण उत्पादनमा कमी हुन थालेका कारण बाँजो जग्गालाई एकीकरण गरी स्थानीय सरकार तथा सहकारीमार्फत सामूहिक खेती गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले खेतीयोग्य जग्गालाई एकीकृत गरी सामूहिक उत्पादनमा लाग्ने कृषकलाई गण्डकी प्रदेश सरकारले अनुदानका कार्यक्रम ल्याउने बताउनुभयो । सुन्तलालाई व्यावसायिक रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले तीन वर्षदेखि सिगानामा…
कलैया: बारामा जलाउँदै गरेको शवलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । हत्यापछि महिलाको शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको थियो । पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिनुभयो । श्रीमान् र श्रीमतीबीच झगडा हुँदा श्रीमतीलाई मारेर घरमै राखेको सूचना पाएपछि त्यसको बारेमा बुझ्न प्रहरीको टोली गाउँ पुग्दा रामदयाल महतो नुनियाले आफ्नै श्रीमती नुनियाको शवलाई जलाउँदै गरेको खुलेपछि शवलाई नियन्त्रणमा लिएको उपरीक्षक खनालले बताउनुयो । शव पूर्णरुपमा नजलेको कारण केही हाड फेला पारेको र मृतकका श्रीमान्, सासू ससुरा सबै फरार रहेको हुँदा घटनाका बारेमा अनुसन्धान…