Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा
    • भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा
    • ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 28
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » उडान अनुमति विपरीत कार्गो ढुवानी, जिल्ला प्रशासन कार्यालय भने बेखबर

    उडान अनुमति विपरीत कार्गो ढुवानी, जिल्ला प्रशासन कार्यालय भने बेखबर

    पहिलोक्लिकपहिलोक्लिकDecember 21, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    सोलुखुम्बु : जिल्लाको खुम्बु क्षेत्र कार्गो ढुवानी गर्ने हेलिकोप्टरले नियम विपरीत उडान भर्ने गरेका भए पनि जिल्ला प्रशासन कार्यालय भने बेखबर रहेको छ । कैलाश र सिम्रिक एयरका हेलिकोप्टरले खुम्बुका विभिन्न क्षेत्रमा दैनिक उपभोग्यदेखि निर्माण सामग्रीसमेत ढुवानी गरिरहेका छन् ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्थानीय सुरक्षा निकायसँगको प्रत्यक्ष समन्वयमा मात्रै उडान भर्ने गरी उडान अनुमति दिएको भए पनि त्यसलाई वास्तै नगरी आफूखुशी उडान भर्ने गरेको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालय बबरमहल काठमाडाँैले सिम्रिक एयर प्रालिलाई २०७६ साल मङ्सिर १६ गते लेखेको चलानी नं १०७८ को पत्र र २०७६ साल मङ्सिर २० गते कैलाश हेलिकोप्टर सर्भिसेज प्रालिलाई लेखेको चलानी नं ११०७ को पत्रमा स्थानीय सुरक्षा निकायसँग अनिवार्य समन्वय गर्नुपर्ने उल्लेख छ ।

    प्रशासनलाई जानकारी छैन

    नेपाल नागरिक उड्डयन प्राधिकरणले सर्तसहित उडान अनुमति दिएको भए पनि हेलिकोप्टर कम्पनीले कानूनको खिल्ली उडाएका छन् । सदरमुकाम सल्लेरीदेखि करिब दुई घण्टाको पैदल यात्रामा पुग्न सकिने सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुबाट ती हेलिकोप्टरले निर्बाध रुपमा सामान ढुवानी गरिरहेका छन् । दिनहुँ सामग्री ढुवानी गरिरहेका ती हेलिकोप्टरका विषयमा जिल्ला प्रशासन कार्यालयमा जानकारी नभएको बताइन्छ ।

    प्रजिअ बेदनिधि खनालले त्यस विषयमा जानकारी नभएको भन्दै सुरक्षा जाँच नगरी मनोमानी उडान भर्दा प्रतिबन्धित सामग्री ओसारपसार हुन सक्ने सम्भावना बढी रहेको बताउनुभयो । नियमकानून भए पनि त्यसको बेवास्ता गर्दै विगतका वर्षहरुमा पनि यसैगरी सामान ढुवानी हुने गरेको स्थानीयवासी बताउँछन् । केही वर्षदेखि काठमाडौँबाट टाक्सिन्दुसम्म सिधा सडक सञ्चालन भएकाले त्यहाँसम्म गाडीमा सामान ढुवानी गर्ने र हेलिकोप्टरमार्फत माथिल्लो क्षेत्र लैजाने क्रम बढेको छ ।

    समन्वयमा नै उडान भरेको कम्पनीको दाबी

    प्रजिअ खनालले उडानबारे जानकारी नभएको बताइरहँदा हेलिकोप्टर कम्पनीले भने स्थानीय प्रशासनसँगको समन्वयमा नै सामान ढुवानी गरिरहेको दाबी गरेको छ । कैलाश एयरका जनरल म्यानेजर प्रतापजङ्ग पाण्डेले प्रशासनसँगको समन्वयमा नै उडान गरिरहेको बताउनुभयो ।

    तत्काल छलफल गर्छौं ः प्राधिकरण

    उडान अनुमति जारी गर्ने तथा नियमन गर्ने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल भने सोलुखुम्बुमा भइरहेको उडानबारे बोल्न चाहनु भएन । उहाँले जिल्लाकै प्राधिकरण प्रमुख जानकार रहेको भन्दै जवाफ दिनबाट पञ्छिन खोज्नुभयो । नेपाल नागरिक उड्डयन कार्यालय फाप्लुका प्रमुख प्रकाश शर्माले भने कम्पनीले समान ढुवानीबारे आफूसँग कुनै समन्वय नगरेको बताउनुभयो । कम्पनीले माथिको निर्णय भन्दै आफूखुशी उडान भर्ने गरेको उहाँको भनाइ छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी एवं उपमहानिर्देशक राजकुमार क्षेत्रीले भने सोलुखुम्बुमा भइरहेको उडानबारे आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । स्थानीय सुरक्षा निकायसँग समन्वय नगरी उडान भर्नु तथा सामान ढुवानी गर्नु कम्पनीको लापरवाही भएको भन्दै उहाँले यसबारे केही दिनभित्रै बैठक डाकेर आवश्यक निर्देशन दिने र कमजोरी पाइएमा कार्वाही गर्ने समेत आश्वासन दिनुभयो ।

    उडिरहेका हेलिकोप्टरबाट पटक–पटक समान खस्छ

    सुरक्षा जाँचबिना जथाभावी उडान गर्दा दुर्घटना हुन सक्ने भन्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था गरेरमात्रै उडान गर्ने÷गराउने भन्ने निर्णय गरेको भए पनि त्यो लागू हुन नसक्दा समस्या हुने गरेको छ । गत भदौ १९ गते बिहीबार अपराह्न उडिरहेको कैलाश एयरको हेलिकोप्टरबाट सिरक लगायतका सामग्री खसेका थिए ।

    फाप्लु विमानस्थलबाट उडेको उक्त हेलिकोप्टरले केही मिनेटमै सोलुदूधकुण्ड नगरपालिका–२ फेरामा उक्त सामग्री खसालेको भन्दै स्थानीयवासीले प्रशासनको ध्यानकर्षणसमेत गराएका थिए । पटक पटक उडिरहेका हेलिकोप्टरबाट सामग्री खस्दासमेत नियमनकारी निकाय मौन बसेको स्थानीयवासी छिरिङ शेर्पाको भनाइ छ । खुम्बु क्षेत्रमा सहज सामान ढुवानीको विकल्पका रुपमा हवाई सेवा नै भए पनि नियम पालना भने गर्नुपर्ने यहाँका स्थानीयवासीको माग छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.