Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

डोटी: शुक्रबारदेखि परेको भारी हिमपातका कारण सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाको सञ्चार सम्पर्क अवरुद्ध भएको छ । हगुल्टे लेकमा रहेको यहाँका पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटी जिल्लामा सञ्चार सम्पर्क जोड्नका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावरमा हिमपातका कारण खराबी आएकाले गएरातिदेखि यहाँका जिल्लाको सञ्चार सम्पर्क अवरुद्ध भएको हो । त्यस्तै यहाँका पहाडी जिल्लामा गएरातिदेखि टेलिफोन सेवा, टेलिकमद्वारा वितरित एडिएसएललगायतका इन्टरनेट सेवा पनि पूर्णरूपमा अबरुद्ध भएको छ । ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भए पनि मोबाइल सेवा तथा हटस्पट इन्टरनेट सेवा भने आंशिकरूपमा सञ्चालनमा रहेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताउनुभयो । हिमपातका…

Read More

कावासोती: पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हँुदा त्यसमा रहेका ३० सेना घाइते भएका छन् । ना ६ ख ४०४ नंको बस आफँै अनियन्त्रित भई राजमार्गदेखि १० मिटर तल खसेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी निरीक्षक अर्जुन अधिकारीले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते भएका १८ जनाको कावासोतीस्थित नवलपुर अस्पताल र १२ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । बसमा ४० नेपाली सेना थिए । दश जनालाई भने केही नभएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ:संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको नेपाल भारत सीमा समस्याका समाधान गर्न सरकारलाई ५ बुँदे निर्देशन दिएको छ । बैठकले निर्देशनको पहिलो नम्बर बुँदामा लिम्पियाधुरा, लिपुलेक र कालापानी, सुूस्ता लगायतका भारतीय पक्षबाट अतिक्रमणमा परेका नेपाली भू–भागमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कुटनीतिक तहमा वार्ता गरी समस्या समाधान गर्न भनेको छ । त्यस्तै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्न निर्देशन दिएको छ । त्यस्तै लिम्पियाधुरा, लिपुलेक कालापानी, सुस्ता लगायतको नेपाली भूमी समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न…

Read More

धनुषा: धनुषामा गएराति भएको शक्तिशाली बम विस्फोटमा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी अधिकृतको मृत्यु भएको छ । सो घटनामा चार जना गम्भीर घाइते भएका छन् । जनकपुरदेखि १६ किमी उत्तर धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मुख्य बजार केन्द्र वडा नं ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति ४६ वर्षीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको हो । सोही विस्फोटमा परी घाईते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । विस्फोटमा परी राजेशका कान्छा छोरा १४ वर्षीय प्रकाश,…

Read More

इनरुवा: जिल्ला अदालत सुनसरीले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थप तीन दिन निगरानीमा राखी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ । आफनै एक अनुयायीलाई बलात्कार गरेको आरोपमा प्रहरीको निगरानीमा मोरङको विराटनगरमा उपचार गराइ रहेका बाबालाई प्रहरीले आज जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो । आफूहरुले अनुसन्धानका लागि १० दिनको म्याद माग गरेकोमा जिल्ला अदालत सुनसरीले तीन दिनको मात्र म्याद दिएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । थपिएको म्याद समाप्त भएपछि सिद्धबाबाको मिसिल अदालतमा बुझाइने प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो । दुई पटक गरेर ११ दिनको म्याद अस्पतालमै गुजारेका सिद्धबाबालाई पछिल्लो पटक तीन दिन म्याद थप गरी पुनः विराट नर्सिङ…

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । सेवा प्रवेश गरेदेखि मिति २०७६ असार मसान्तसम्म समग्र आय र व्यय तथा लगानीको अनुसन्धान गर्दा निज बस्नेतले गैरकानूनी रुपमा १० करोड ५६ लाख ९१ हजार ६०९ रुपैयाँ ९१ पैसा बराबरको सम्पत्ति आर्जन गरेको अनुसन्धानका क्रममा खुलेको आयोगले जनाएको छ । भोजपुरको षडानन्द नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–४ धूम्रबाराही बस्दै आएका निज बस्ने २०४५ सालमा लेखापाल पदमा सार्वजनिक सेवामा प्रवेश गरेका थिए । सो अवधिमा उनको पारिश्रमिक बचत, घरजग्गा बिक्री, ऋण सापटी,…

Read More

काठमाडौँ : जापानले औद्योगिक प्रशिक्षार्थी आदानप्रदानमा नेपालसँग थप सहकार्य गर्न तयार रहेको बताएको छ । नेपालका लागि जापानी राजदूत मासामिची साइगो र नेपाल उद्योग परिसङ्घका पदाधिकारीबीच भएको छलफलमा राजदूत साइगोले द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले जापान र नेपालको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारलाई आफूले प्राथमिकतामा राखेको बताउनुभएको थियो । सो अवसरमा परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले नेपाल र जापानबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभएको थियो । जापानको आर्थिक तथा व्यावसायिक विकासबाट नेपालले सधै लाभ लिइरहेको र यसलाई थप विस्तार गर्न जापानको लगानी बढाउन सहजकर्ताको भूमिका निर्वाह गर्न परिसङ्घ तयार…

Read More

काठमाडौँ: सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले अधिवक्ताद्वय भरतकुमार बस्नेत र राजन बुर्लाकोटीले हालेको उक्त रिट खारेज गर्ने निर्णय गरेको हो। सर्वोच्चको यो आदेशसँगै झन्डै २ वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेटको काम अघि बढाउने बाटो खुलेको छ। देवनागरीको सट्टा अंग्रेजीमा नम्बर प्लेट लेखेको भन्दै सर्वोच्चमा रिट हालिएको थियो। उनको रिटमाथि प्रथम सुनुवाई गर्दै तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले गत वर्षको फागुन १० गते ‘अर्को आदेश नभएसम्मका लागि इम्बोस्ड नम्बर प्लेट लागु नगर्न’ अन्तरिम आदेश दिएको थियो। सोही मुद्दाको अन्तिम निर्णय शुक्रबार…

Read More

तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रमा २३ मेगावाट विद्युत् कम उत्पादन हुँदै आएको छ । कात्तिक महिनाको दोस्रो सातादेखि नदीमा पानीको बहावमा कमी आएसँगै विद्युत् उत्पादन कम भएको हो । हिमालबाट बगेर आएको नदी भएको र जाडोको समयमा घामको तापक्रम घट्ने हुँदा हिमाल पनि कम पग्लने र वर्षा पनि कम हुँदा विद्युत् उत्पादनमा समेत असर पर्ने गरेको केन्द्रका विद्युत सहायक सन्तोषकुमार श्रेष्ठले बताउनुभयो । उक्त केन्द्रबाट २३÷२३ मेगावाट क्षमताका तीन वटा टवाईनबाट ६९ मेगावाट उत्पादन हुने गरे पनि पानीको बहाव घटेका कारण दिउँसो दुई वटाबाट ४६ मेगावाट मात्रै उत्पादन हुँदा २३ मेगावाट कम उत्पादन हुने गरेको केन्द्रका सहायक श्रेष्ठले…

Read More

भद्रपुर: अर्थमन्त्री युवराज खतिवडाले नेपाल अहिले सबैभन्दा छिटो विकास भइरहेका विश्वका दश मुलुकको सूचीमा पर्ने जनाउँदै आर्थिक समृद्धिका लागि यो सकारात्मक सूचक भएको बताउनुभएको छ । मेची बहुमुखी क्याम्पसको प्रशासनिक भवनको आज उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले दक्षिण एशियामा नेपाल र बङ्गलादेशको आर्थिक वृद्धि दर अरूको भन्दा माथि भएको बताउनुभयो । वर्तमान सरकारले मुलुकको आर्थिक क्षेत्रमा लिएका नीतिको सकारात्मक नतिजा विस्तारै देखिने उल्लेख गर्दै उहाँले अघिल्लो सरकारले शुरु गरेका अधुरा विकासका आयोजनालाई समेत पूर्णता दिन बजेट छुट्याइएको जानकारी दिनुभयो । अन्तर्राष्ट्रियस्तरमा बिक्ने र प्रतिस्पर्धा गर्नसक्ने शिक्षाको विकास गर्न सरकारले प्राविधिक, वैज्ञानिक र व्यावसायिक शिक्षामा लगानी गर्ने नीति लिएको बताउँदै अर्थमन्त्री…

Read More