Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : उदयपुरगढी गाउँपालिका–३ जरुवामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जरुवास्थित भित्री सडकमा तामल डाँडाबाट कटारीतर्फ जाँदै गरेको एसके ०१ पीबी ३०६८ नम्बरको गाडी आज बिहीबार अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा परी उदयपुरगढी–३ घर भइ हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टिककनारायण श्रेष्ठ, उदयपुरगढी–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठ र पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ज्यान गुमाउने मध्ये टिकारामको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्यको घटनास्थलमै मृत्यु…

Read More

काठमाडौं : नेपाली सेनाले काठमाण्डौ महानगरपालिकाका स्थानीय बासिन्दालाई अबदेखि सैनिक अस्पताल छाउनीमा हेमोडाइलासिस अर्थात मिर्गौला सम्बन्धि सेवा उपलब्ध गराउने भएको छ । यसबारे काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाबीच हिजो बुधबार जङ्गी अड्‍डामा एक सम्झौतामा हस्ताक्षर भएको हो । हस्ताक्षर कार्यक्रममा महानगरपालिकाका मेयर शाक्यले सैनिक अस्पतालमा स्थानीय बासिन्दालाई सेवा उपलब्ध गराउनु ऐतिहासिक कार्यको थालनी भएको बताए । सोही अवसरमा प्रधानसेनापति थापाले स्वास्थ्य उपचार जस्तो संवेदनशिल सेवाको माध्यमबाट नागरिक र सैनिक सम्बन्धलाई थप प्रगाढ र सुमधुर बनाउने विश्‍वास व्यक्त गरे ।

Read More

चितवन: भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नति गरिएपनि भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन , उपकरण तथा सेवाका क्षेत्रमा सुधार हुन सकेको छैन । ६ सय श्यया रहेको अस्पतालमा पछिल्लो सयम चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका अभाव रहेको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीको दरबन्दी कम भएको जानकारी दिए । हाल अस्पतालमा कूल १७५ जनाको मात्र दरबन्दी रहेका मध्ये १४५ जना मात्र कार्यरत रहेका छन् । ४० जना चिकित्सकको दरबन्दी भएपनि हाल २६ जना मात्र दरबन्दीमा रहेका छन् । पछिल्लो समय अस्पताल सञ्चालनमा विकास समितिका स्वास्थ्यकर्मीले धानेका छन् । चार सय आठजना समितिका कर्मचारी कार्यरत रहेका…

Read More

काठमाडौँ: नेपाली कांग्रेसभित्र देखिएको विवाद हल गर्न उपसभापति विजयकुमार गच्छदारले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटेर विहिबार कुराकानी गरेका छन्। उनले आज बिहान पौडेललाई भेटेर सहमतिमा आउन आग्रह गरेका हुन्। पौडेलले पछिल्लो एक सातामा बसेका चार वटा केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएका छन्। ‘वरिष्ठ नेता र उपसभापतिबीच एक घण्टा कुराकानी भयो,’ प्रवक्ता विश्वप्रकाश शर्माले पहिलोक्लिकसँग भने, ‘उहाँले सभापतिसँग पनि भेट्दै हुनुहुन्छ।’ गच्छदार वरिष्ठ नेता भेट्न उनकै निवास बोहराटार पुगेका थिए। पौडेलसँगको कुराकानीमा गच्छदारले अहिलेको राजनीतिक परिस्थितिसँग जुध्नका लागि पार्टी एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। गत बिहीबार सभापति देउवाले विभाग २८ बाट बढाएर ४१ पुर्‍याउने,…

Read More

कञ्चनपुर: भारतसँग सीमा जोडिएको मुक्त हलिया बसोबास गर्ने कञ्चनपुरको पुनर्वास नगरपालिका– ८ मोतियाफाँटा बस्ती अझै नमूना गाउँ बन्न सकेको छैन । बस्तीमै आएर यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले गरेको वाचा पूरा भएको छैन । खानेपानी, बस्नका लागि आवास, आवतजावतका लागि सहज सडकको व्यवस्था हुन सकेको छैन । रोजगारीको व्यवस्था नहुँदा अधिकांश बासिन्दाले तीन महिना भारतीय ऊखु फार्ममा थोरै ज्यालामा काम गर्दै आएका छन् । जसबाट ती परिवारको जेनतेन खर्च चल्ने गरेको छ । बस्तीमा बाजुरा, बझाङ, दैलेख र सुर्खेतलगायतक्षेत्रका मुक्त हलिया परिवारको यहाँ बसोबास छ । बस्तीमा बस्दै आएका परिवारसँग पहाडमा स्वामित्वको जग्गा नभएपछि जग्गाकै खोजीमा यस क्षेत्रमा…

Read More

सीएनएन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाउस अफ रिप्रिजेन्टेटिभ्स(तल्लो सदन)ले महाअभियोग लगाउने प्रस्ताव पारित गरेको छ। यो सँगै उनी अमेरिकी इतिहासमा महाअभियोग लगाइन लागेका तेस्रो राष्ट्रपति बनेका छन्। तल्लो सदनले ट्रम्पलाई संसदको काम बाधा पुर्‍याएको र शक्तिको दुरूपयोग गरेको दुई आरोप लगाएको छ। यिनै दुई आरोपमा महाअभियोग लगाउन मिल्ने ठहर तल्लो सदनको छ। ट्रम्पलाई महाअभियोग लगाउने कि नलगाउने भन्ने बारेमा भएको मतदानमा ट्रम्पको विपक्षमा २३० भोट खसेको थियो भने पक्षमा १९७ मत खसेको थियो। मतदानमा अधिकाशं डेमोक्रयाटहरूले ट्रम्पको विपक्षमा र रिपब्लिकनहरूले उनको पक्षमा मतदान गरेका थिए। बुधवार दिउँसो तल्लो सदनका सदस्यहरूले महाभियोगको विषयमा ६ घन्टा लामो…

Read More

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेटको प्रभावकारी कार्यान्वयन गर्न समयसीमामा बनाई काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । आज प्रदेश सरकार मातहतका जिल्लास्थित कार्यालय प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कालिकोटमा निर्देशन दिँदै उनले कार्यक्रमको प्रभावकारी कार्यान्वयनले मात्र आर्थिक समृद्धि हासिल हुने र जनताको जीवनस्तर माथि उठ्ने छ भने । सो अवसरमा उनले ‘छोरी सुरक्षा’ कार्यक्रमको शुभारम्भ र विभिन्न विकास योजनाको अनुगमन समेत गर्नुभएको थियो । “विकास योजना, कार्यक्रम र बजेट कार्यान्वयनको बलियो अङ्ग भनेकै स्थायी संयन्त्र कर्मचारी हो,” मुख्यमन्त्री शाहीले भने, “तसर्थ सरकारले ल्याएको नीति, बजेट तथा कार्यक्रम कार्यसूची बनाएर तालिका अनुसार काममा निर्वाध लाग्नुहोस् ।”…

Read More

लहान: सुनको जलप लगाई अन्य धानु बिक्री गरी ठगी गरेको आरोपमा सिरहा प्रहरीले हिजो साँझ दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले सुनका रुपमा अन्य धानु बिक्री गरी ठगी गरेको आरोपमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझिया निवासी ३० वर्षीय कुलदीप कुमार गडेरी र सवैला नगरपालिका– १० मखनाहा निवासी २५ वर्षीय प्रदीप साहलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाले मिर्चैया नगरपालिका– ६ स्थित राधाकृष्ण ज्वेलर्स र शिव ज्वेलर्समा सुनका रुपमा अन्य धातुको लकेट बिक्री गरी चाँदीका बाला लिएका थिए । बाँकी रहेको वस्तुसमेत लिएर जाने बेलामा लकेटको सुन परीक्षण गर्दा सुनको जलपमात्र…

Read More

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सभापति देउवा प्रधानमन्त्रीसँगको भेटवार्ताका लागि आज विहीवार विहान सवा १० बजे बालुवाटार पुगेका थिए । छलफल एक घन्टा चलेको थियो । छलफलमा प्रधानमन्त्री ओलीका साथै नेकपाका अध्यक्ष प्रचण्ड र नेता सुवास नेम्वाङ सहभागी थिए भने देउवासँगै नेपाली कांग्रेसका नेता रमेश लेखक बालुवाटार पुगेका थिए । भेटवार्तामा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे देउवाले चासो राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थामा उल्लेख सुधार आइरहेको जानकारी दिएको भेटमा सहभागी कांग्रेस नेता लेखकले जानकारी दिए । भेटमा सत्य निरुपण तथा मेलमिलाप आयोग,…

Read More

बागलुङ: नेपाल टेलिकमले फाइबर प्रविधिबाट धवलागिीरका चार जिल्लामा एकसाथ फोन र इन्टरनेट सेवा शुरुआत गरेको छ । पहिलोपटक टेलिकमले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा बुधबारदेखि सेवा थालनी गरेको हो । यसअघि बागलुङ सदरमुकाममा मात्र फाइबर प्रविधिको इन्टरनेट सेवा उपलब्ध रहेको थियो । नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले म्याग्दीको गलेश्वरमा बुधबार सो सेवाको शुभारम्भ गर्दै इन्टरनेट र भ्वाइस सेवा एकसाथ शुरुआत भएको जानकारी दिए। उनले भने, “ग्राहकको पुरानै टेलिफोन नम्बरमा फाइबर प्रविधिबाट सेवा उपलब्ध गराएका छौँ ।” पहिलो चरणमा गलेश्वरका ६० जना ग्राहकले फाइबर जडान गरेका छन् । टेलिकमले १२८ जनालाई पुग्ने गरी तार र…

Read More