काठमाडौं : नेपाली सेनाले काठमाण्डौ महानगरपालिकाका स्थानीय बासिन्दालाई अबदेखि सैनिक अस्पताल छाउनीमा हेमोडाइलासिस अर्थात मिर्गौला सम्बन्धि सेवा उपलब्ध गराउने भएको छ ।
यसबारे काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाबीच हिजो बुधबार जङ्गी अड्डामा एक सम्झौतामा हस्ताक्षर भएको हो ।
हस्ताक्षर कार्यक्रममा महानगरपालिकाका मेयर शाक्यले सैनिक अस्पतालमा स्थानीय बासिन्दालाई सेवा उपलब्ध गराउनु ऐतिहासिक कार्यको थालनी भएको बताए ।
सोही अवसरमा प्रधानसेनापति थापाले स्वास्थ्य उपचार जस्तो संवेदनशिल सेवाको माध्यमबाट नागरिक र सैनिक सम्बन्धलाई थप प्रगाढ र सुमधुर बनाउने विश्वास व्यक्त गरे ।