Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि आह्वान गरेकी छन् । मंगलबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस ४ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको जानकारी दिएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिस गर्न मंगलबार अपराह्न टिचिङ्ग अस्पताल पुगेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोह हेरेलगत्तै उनी महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएका हुन् । ‘नियमित डायलासिसका लागि अस्पताल जानु भएको हो, ‘ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री ओलीको १० मंसिरमा एपेन्डिसाइटिसको अप्रेशन गरिएको थियो । उनी १० दिन अस्पताल बसेर १९ मंसिरमा बालुवाटार फर्किएका थिए । प्रधानमन्त्री ओलीको करिजव १२ वर्ष पहिलो मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित डायलासिस गर्न थालिएको छ । उनको मिर्गौला पुनः…
काठमाडौं: फुटबलको स्वर्णसँगै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा कुल ५१ वटा स्वर्ण जित्दै मंगलबार सुखद समापन गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको भब्य समापन समारोहको मार्चका क्रममा कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले नेपालको राष्ट्रिय झण्डा बोकेकी थिइन् । उनले चार स्वर्णसहित ९ पदक जितेर कीर्तिमान बनाएकी छन् । सागमा नेपालको अन्तिम स्वर्ण भने पुरुष फटबलले दिलायो । समापन समारोह अघि भएको खेलमा नेपालले भुटानलाई २–१ गोलले हराएको थियो । यससँगै १३ औं सागमा नेपालको स्वर्ण पदक संख्या ५१ पुगेको छ । मंगलबार नै नेपालका लागि बक्सिङमा सनिल शाहीले स्वर्ण पदक दिलाएका थिए । चर्चित खेलहरु फुटबल,…
काठमाडौं: भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा चौथो । मंगलबार भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर ३७ औं मिनेटमा चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए । खेलको दोस्रो हाफमा नेपालले सुनिल बलको गोलबाट फेरि अग्रता लियो । बलले उत्कृष्ट हेड गोल गरेका थिए । खेलमा थप गोल हुन सकेन र नेपालले २-१ को जितसँगै स्वर्ण जितेको छ…
काठमाडौँ: शिक्षा, स्वास्थ्य एवम् रोजगारीका क्षेत्रमा भएको सकारात्मक प्रयासले पछिल्ला २८ वर्षमा नेपालको प्रतिव्यक्ति कूल राष्ट्रिय आय १३० दशमलब पाँच प्रतिशतले वृद्धि भएको पाइएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडिपी)ले आज सार्वजनिक गरेको मानव विकास प्रतिवेदनअनुसार नेपालीको प्रतिव्यक्ति वार्षिक आयमा वृद्धि भएको पाइएको हो । उक्त प्रतिवेदन एक कार्यक्रमका बीच आज अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक गरे । उक्त प्रतिवेदनमा सन् १९९० देखि २०१८ बीचमा करिव १३०.५ प्रतिशत वृद्धि भएको उललेख छ । नेपालको मानव विकास सुचकाङ्क मूल्य र श्रेणी मानव विकास सुचकाङ्क मूल्य सन् २०१८ का लागि ०.५७९ छ । यसले देशलाई मध्यम मानव विकास…
काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । लगातार सुधारको दिशामा रहेको नेप्सेमा आज पनि २.४८ विन्दुले बढेर एक हजार १५१.३६ विन्दुमा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.३३ विन्दुले बढेर २५३.५० मा पुगेको छ । नेप्सेमा सुधार देखिँदा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ । कूल १७० कम्पनीको १६ लाख ६१ हजार ८२८ कित्ता शेयर रु ५० करोड तीन लाख २८ हजार ९१५ मूल्यमा खरीद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज चार उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढेको छ । जलविद्युत् ४.५२, निर्जीवन बीमा २.९५,…
काभ्रेपलाञ्चोक: भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गरिने बताएका छन् । भूमि व्यवस्थापन तालीम केन्द्र धुलिखेलद्वारा आयोजित ‘भूमि व्यवस्थापनमा क्षमता अभिवृद्धि एवं शैक्षिक अनुसन्धान तथा विस्तार’ विषयक दुईदिने अन्तरराष्ट्रिय कार्यशाला गोष्ठीको आज यहाँ उद्घाटन गर्दै उनले अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गर्ने अभियानमा मन्त्रालय लागिपरेको छ भनि जानकारी दिए । “जग्गा प्रशासन क्षेत्रमा सुशासन कायम गरी सेवा प्रवाहलाई आधुनिकीकरण गर्ने प्रक्रियामा मन्त्रालय लागेको छ” उनले भने, “विकास निर्माणका लागि आवश्यक पर्ने भौगोलिक सूचनाको उपलब्धता सुनिश्चित तुल्याउन मन्त्रालय प्रतिबद्ध छ ।” मन्त्री अर्यालले विकास निर्माणको मेरुदण्ड नाप–नक्शा तथा भूमि व्यवस्थापनले राज्यलाई पु¥याउनुपर्ने योगदानका…
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको स्वर्ण पदक संख्या ५० पुगेको छ । आज मंगलबार दिउँसो भएको ६० केजी तौलको बक्सिङ फाइनलमा नेपालका सनिल शाहीले भारतका वरिन्दर सिंहलाई हराएर ५० औं स्वर्णमा आफ्नो नाम दर्ता गरेका छन । यसअघि सोमबारसम्म नेपालले ४९ स्वर्ण जितेको थियो। स्वर्ण पदक जित्ने खेलाडीहरुको नाम हेर्नोस ः कराँते मण्डेकाजी श्रेष्ठले – व्यक्तिगत काता पुरुष) निर्मला तामाङ, संगिता मगर र सरु कार्की – महिला टिम काता मण्डेकाजी श्रेष्ठ, महशुस तामाङ र प्रविण कार्की – पुरुष टिम काता लक्ष्मण तामाङ – ५५ केजी समूह फाइट विप्लवलाल श्रेष्ठ – ८४ केजी माथि फाइट…
सुर्खेत: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पर्यटन सूचना केन्द्रको भवन निर्माण गरिएको छ । पर्यटकीय गन्तव्य सम्बन्धी सूचना प्रवाह गर्ने उद्देश्यले सूचना केन्द्र स्थापना गरिएको कर्णाली प्रदेश उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले राससलाई जानकारी दिए । “नेपाल भ्रमण वर्ष २०२०” लाई लक्षितगरी पर्यटकीय गन्तव्यस्थलको पहिचान गर्ने मुख्यध्येयका साथ प्रदेश सरकारले पर्यटन सूचना केन्द्र निर्माण गरिएको हो,” सूचना अधिकारी रोकायाले भने, “उक्त केन्द्रलाई कर्णालीको पर्यटन सचिवालयको रुपमा समेत प्रयोग गर्ने योजना छ ।” उनका अनुसार प्रदेशमा आउने पर्यटक तथा गतिविधिको सूचना राख्न र यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न केन्द्रबाट प्रभावकारी काम बढ्ने देखिन्छ…
काठमाडौं : १४ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता पाकिस्तानमा हुने निर्णय भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको २३ मंसिरमा बसेको बैठकले सागको अर्को संस्करण पाकिस्तानमा गर्ने सर्वसहमतिले निर्णय गरेको हो । बैठक दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको थियो । सन् २०२१ मा साग गर्ने भए तापनि अबको ६ महिनापछि पाकिस्तानमा बैठक बसी अर्को सागको मिति तोक्ने निर्णय गरिएको छ । त्यसैगरी, दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक नेपालमा नै राख्ने निर्णय भएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बताए । ‘सबै देशका लागि सहज हुने भएकाले नेपालमा नै सचिवालय…