Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

बैतडी: पाटन नगरपालिकाले वडा कार्यालय भवन निर्माणमा प्राथमिकता दिएको छ । भवन नभएका र पुराना जीर्ण भवन भएका वडा कार्यालयका भवन निर्माणमा प्राथमिकता दिएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए । दश वडा रहेको नगरपालिकाका तीन वटा वडाका नयाँ भवन निर्माण सम्पन्न भएको र चालू आवमा थप तीन वडाका भवन निर्माण गर्न बजेट विनियोजन भएको छ । नगरप्रवक्ता लोकबहादुर भण्डारीका अनुसार रु ४०÷४० लाखको लागतमा वडा कार्यालयका भवन निर्माण सम्पन्न भएका हुन् । उनले भने, “वडा नं ३, ७ र ९ का वडा कार्यालय भवन निर्माण भएर सेवा सञ्चालनमा आइसकेका छन् ।” वडा कार्यालयको भवन निर्माण भएपछि दैनिक कामकाज…

Read More

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले माग्ने पेशामा लागेका व्यक्तिलाई कडा कारबाहीको चेतावनी दिएको छ । महानरपलिकाले आजदेखि तीन दिनभित्र माग्ने वा असहायमार्फत माग्न लगाउने व्यक्तिलाई यस्ता गतिविधि रोक्न चेतावनी सहितको सार्वजनिक अपिल जारी गरेको छ । मुलुकी अपराध संहितामा सडक, गल्ली, उद्यान, सवारी बिसौनीस्थल, सरकारी कार्यालय, कार्यालयको परिसर र सार्वजनिक सवारीसाधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख छ । भिक्षा माग्नेलाई अधिकतम दुई महिना कैद र रु दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवाना हुने संहितामा रहेको छ । कामनपा प्रमुख विद्यासुन्दर शाक्य भन्छन, “माग्ने पेशा गर्न नपाइने कानूनलाई…

Read More

चिप्लेढुङ्गा: गण्डकी प्रदेशका प्रदेशसभा सदस्य महिलाले समान पदमा पनि विभेदको सामना गर्नुपरेको अनुभव सुनाएका छन् । मिडिया हाउस र युएनडिपीको सहयोगमा पोखरामा भएको लैङ्गिक सवालमा संसदीय निगरानी कार्यक्रममा प्रदेशसभा सदस्यले मिश्रित र प्रत्यक्ष प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्यलाई विभेदको दृष्टिकोणले हेरिने गरेको अनुभव सुनाएका हुन् । प्रदेशसभा सदस्य धनमाया लामाले भनिन, “हामी एउटै रङको कोट लगाउँछौँ, एउटै लोगो छ तर पनि प्रत्यक्ष र समानुपातिक भन्दै विभेद गरिन्छ, यसले हाम्रो आत्मसम्मान चोट पुगेको छ, प्रत्यक्षमा अधिकांश पुरुष निर्वाचित हुनुहुन्छ, स्वभाविक पनि हो प्रत्यक्षमा पुरुषले नै टिकट पाउनुभएको छ । राजनीतिमा निरन्तर योगदानसहित समानुपातिकबाट सभा सदस्य बने पनि दयामायाबाट मात्रै अवसर पाएजस्तो…

Read More

पोखरा:  पोखरा महापालिका–२३ चापाकोटमा यही मङ्सिर २५ देखि २९ गतेसम्म हुने ‘चापाकोट देउराली सामुदायिक घरवास सांस्कृृतिक महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ । पर्यटकीय दृष्टिले महत्वपूर्ण ठाउँ भए पनि ओझेल परेका कारण चापाकोटको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको र सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको चापाकोट पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भीमप्रसाद पराजुलीले जानकारी दिए । पोखराबाट १३ किलोमिटर पश्चिमतर्फ रहेको उक्त ठाउँमा चापाकोट पर्यटन प्रवद्र्धन समिति, चापाकोट देउराली सामुदायिक घरवास र पोखरा महानगरपालिका वडा नं २३ ले संयुक्तरूपमा महोत्सव गर्न लागेका हुन् । महोत्सवमा स्थानीय संस्कृति, राष्ट्रिय कलाकारको लोकदोहोरी तथा हास्य कलाकारको प्रस्तुतिका साथै नौमतीबाजा, भजन चुड्का…

Read More

बैतडी: जिल्लाका १७४ सामुदायिक विद्यालय दरबन्दीविहीन छन् । ती विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका छन् । समुदायको पहलमा स्थापना भएका विद्यालयमा दरबन्दी नहुँदा शैक्षिक गुणस्तर कमजोर हुँदै गएको छ । जिल्लामा कक्षा १ देखि ५ सम्मका ४३, कक्षा १ देखि ८ सम्म पढाइ हुने ८७ र ४४ माध्यमिक विद्यालय दरबन्दीविहीन रहेका शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिए । यी विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका उनले बताए । उनले थपे, “विसं २०५२ पछि स्थापना भएका धेरै विद्यालयमा दरबन्दी नभएका हुन् ।” राजनीतिक पहुँचका आधारमा विद्यालय सञ्चालनको अनुमति प्रदान हुँदा…

Read More

काठमाडौँ: १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत सम्बोधन गर्ने भएका छन् । आज दशरथ रंगशालामा हुने समापन समारोहलाई प्रधानमन्त्री ओलीले नेपाली र अंग्रेजी भाषामा सम्बोधन गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले जानकारी दिए । प्रधानमन्त्री ओलीले १३ औं सागको उद्घाटन समारोह अस्पतालमा बसेर टिभीमार्फत हेरेका थिए । सिलवालका अनुसार प्रधानमन्त्रीले बुधबार खेलाडीको नाममा सम्बोधन गर्दै विशेष प्याकेज घोषणा गर्नेछन् । उक्त प्याकेज खेलाडीका लागि हालसम्मकै ठूलो प्याकेज हुने सिलवालले बताए । समापन समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा…

Read More

काठमाडौं : नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आज समापन हुँदैछ । आज अन्तिम दिन विभिन्न ५ खेलहरु फुटबल, बास्केटबल, बक्सिङ, जुडो र स्क्वासमा प्रतिस्पर्धाहरु हुँदैछन । फुटबलतर्फ पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीचको फाइनल खेल अपरान्ह ३ बजे हुनेछ । बास्केटबलको पनि फाइनल खेल आज हुनेछ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा पुरुष बास्केटबलमा भारत र श्रीलंकाबीचको फाइनल खेल अपरान्ह १ बजे हुनेछ । महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल खेल अपरान्ह ३ ः३० बजे शुरु हुनेछ । त्यसैगरी महिला बास्केटबलमा भुटान र माल्दिभ्सबीच तथा पुरुष…

Read More

हेल्सीङ्की: फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्नुहुने भएको छ । प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएका अन्ति रिन्नेको पार्टीले मन्त्री समेत रहेकी मरिनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि उहाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो । उहाँ आफ्नो पार्टीकी उपाध्यक्ष पनि हुनुहुन्छ । उहाँले आफ्नो पार्टी अध्यक्षले विरामी विदा लिँदा गत बर्ष पार्टी चलाउनुभएको थियो । गठबन्धन सरकारका रहेका पाँच पार्टीमध्ये फिनल्याण्ड सोसियल डेमोक्र्याटिक पार्टी (एसडीपी)ले प्रधानमन्त्री रिन्नेले पदबाट राजीनामा दिएपछि ३४ बर्षीया मरिनलाई सरकारको नेतृत्व गर्न पठाउनेगरी चयन गरेको छ । कान्छा प्रधानमन्त्रीमध्ये युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ वर्षका हुनुहुन्छ भने न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नको ३९ वर्षको…

Read More

महोत्तरी:सघन धान काट्ने बेला परेपछि महोत्तरीका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय अहिले सुनसान भएका छन् । गरीब, दलित र अवसरबाट पछि परेका जनजाति समुदायका नानीहरु मङ्सिर लागेसँगै धान काट्न, धानखेतमा सिला खोज्न र बाबुआमालाई सघाउन व्यस्त भएपछि जिल्लाका ग्रामीण भेगका सामुदायिक विद्यालय अहिले सुनसान देखिएका हुन् । जिल्लाका ग्रामीण भेगका सामुदायिक विद्यालयमा दलित, विपन्न र विभिन्न अवसरबाट पछि पर्दै आएका जनजाति समुदायका नानीहरु नै विद्यार्थी छन् । मङ्सिर शुरु भएसँगै घरका आमाबाबु बनि धान काट्न हिँड्ने भएपछि नानीहरु उनीहरुसँगै लोडहा खोज्न (सिला खोज्न, धान काटिएका ठाउँमा काट्न छुटेका, बाँध्न छुटेका र मुसाले दुलोमा लगेका धानका बाला सङ्ग्रह गर्ने काम) जाने गरेपछि…

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘अकुपाइ टुँडिखेल अभियान’को सञ्चालन गर्नु कुनै अर्थ नरहेको स्पष्ट पार्नुभएको छ । उहाँले हाल टुँडिखेल आसपासमा भवनको पुनःनिर्माणको काम भइरहेकाले सुन्दरतामा केही कमी आएको बताउनुभयो । निर्माणकार्य सम्पन्न भएसँगै टुँडिखेल पुरानै अवस्था आउने प्रमुख शाक्यले बताउनुभयो । उहाँले रासससँग कुरा गर्दै भन्नुभयो, “टुँडिखेल खुला गर्नुपर्छ भन्ने चाहना हाम्रो पनि हो, त्यसैले ‘अकुपाइ टुँडिखेल अभियान’सञ्चालन गर्नु कुनै आवश्यक छैन, आगामी तीन महिनामा यी सबै समस्याको समाधान हुन्छ, टुँडिखेलको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई जीवन्त राखी संरक्षण र खुला बनाउने दायित्व महानगरपालिकाकै रहेको हो ।” करीब तीन हप्तादेखि सम्पदा संरक्षण अभियानकर्मीले ‘अकुपाइ टुँडिखेल अभियान’ सञ्चालन गर्दै…

Read More