Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026

    होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’

    November 25, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    • अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग
    • भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव
    • नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत
    • नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल
    • सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 27
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » धान काट्ने चटारोसंगै ग्रामीण बस्तीका सामुदायिक विद्यालय सुनसान

    धान काट्ने चटारोसंगै ग्रामीण बस्तीका सामुदायिक विद्यालय सुनसान

    पहिलोक्लिकपहिलोक्लिकDecember 10, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    महोत्तरी:सघन धान काट्ने बेला परेपछि महोत्तरीका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय अहिले सुनसान भएका छन् । गरीब, दलित र अवसरबाट पछि परेका जनजाति समुदायका नानीहरु मङ्सिर लागेसँगै धान काट्न, धानखेतमा सिला खोज्न र बाबुआमालाई सघाउन व्यस्त भएपछि जिल्लाका ग्रामीण भेगका सामुदायिक विद्यालय अहिले सुनसान देखिएका हुन् ।

    जिल्लाका ग्रामीण भेगका सामुदायिक विद्यालयमा दलित, विपन्न र विभिन्न अवसरबाट पछि पर्दै आएका जनजाति समुदायका नानीहरु नै विद्यार्थी छन् । मङ्सिर शुरु भएसँगै घरका आमाबाबु बनि धान काट्न हिँड्ने भएपछि नानीहरु उनीहरुसँगै लोडहा खोज्न (सिला खोज्न, धान काटिएका ठाउँमा काट्न छुटेका, बाँध्न छुटेका र मुसाले दुलोमा लगेका धानका बाला सङ्ग्रह गर्ने काम) जाने गरेपछि विद्यालय सुनसान भएका शिक्षकहरुको भनाइ छ ।

    “हाम्रो विद्यालयका विद्यार्थी नै दलित समुदायका मुसहर, बाँतर, चमार, खत्वे, दुसाध र जनजाति समुदायका गरीब थारू समुदायका छन्”, भङ्गाहा नगरपालिका–४ स्थित राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक रघुवीर साहले भन्नुभयो, “मङ्सिर लागेसँगै सघन धान कटनी शुरु भएपछि ती समुदायका नानीहरु खेततिर व्यस्त भएपछि विद्यालयमा विद्यार्थी थोरै देखिएका हुन् ।” धान र गहुँ काट्ने बेलाका मङ्सिर र चैत महिनामा वर्षेनी यस्तै हुने गरेको प्रधानाध्यापक साहको भनाइ छ ।

    नगरपालिका भनिए पनि बस्तीपिच्छे नै पराले झुप्रा देखिने भङ्गाहाका नौ वडा बस्तीमा अहिले सात माध्यमिक र २३ आधारभूतसहित ३० सामुदायिक विद्यालय छन् । सबैजसो विद्यालयका बिद्यार्थीमा दलित, गरीब र जनजाति समुदायका बढी छन् । मङ्सिर महिना वर्षभरि खाने अन्न कमाएर राख्ने समय भएकाले बाबुआमा बनि गर्न हिँडेसँगै नानीहरु त्यसै काममा सहयोगी बन्न जाँदा यो महिनाभरि विद्यालय सुनसानजस्तै बन्ने गरेका सबैजसो विद्यालयका शिक्षक बताउँछन् ।

    जिल्लामा भङ्गाहा मात्र नभएर औरही नगरपालिकाको टिम्कियास्थित आधारभूत विद्यालय, लोहारपट्टी नगरपालिकाको पिपराढी तथा खुट्टास्थित विद्यालय र बलवा नगरपालिकाको भगवतीपुरस्थित विद्यालय पनि पढ्न आउने बिद्यार्थी घट्दा मङ्सिरभरि सुनसानजस्तै हुने गरेका छन् । त्यसैगरी मटिहानी नगरपालिका–९ सिमरदही, सम्सी गाउँपालिकाका विद्यालय र सोनमा गाउँपालिकाका सामुदायिक विद्यालय पनि अहिले सुनसान देखिएका छन् ।

    आफ्ना नानीहरु पढाउनुपर्छ भन्ने चेत दलित समुदायमा बढ्दै गए पनि मङ्सिर महिना वर्षभरि खाने अन्न कमाएर राख्ने बेला भएकाले नानीहरुसमेत त्यस काममा लागेका दलित बस्तीका अभिभावक बताउँछन् । “हामीले अब नानीहरु पढ्न पठाउनु पर्छ भन्ने बुझेका छौँ”, भङ्गाहा–४ रामनगरको मुसहरीटोलका अगुवा जुगलासादा मुसहर भन्नुहुन्छ, “तर मङ्सिर महिना धान काटेर राम्रो पारिश्रमिक पाइने महिना हो, यही बेला कमाएर राखेको धानले वर्षभरि गुजारा चलाउन पर्छ, त्यसैले यो महिनाभरिचाहिँ नानीहरु हाम्रो सहयोगमा हुने गरेका छन् ।”

    खासगरी मुसहर र बाँतर जाति समुदायका बालबालिका मङ्सिर लागेसँगै धान काटिएको खेतमा लोडहा (सिला खोजेर) सङ्ग्रह गरिएको धान बेचेर मनपर्ने कुरा किनेर खान रमाउने गर्छन् । धान लोड्दै जाँदा मुसाको दुलो भेट्टाइए त्यसलाई खनेर मुसाले जम्मा पारेको धान निकाल्दै मुसासमेत मार्न पाउँदा मुसहर बालबालिकाका लागि अत्यन्त खुशीको क्षण बन्ने गर्छ ।

    सरसर्ती जिल्लामा रहेका सबैजसो सामुदायिक विद्यालय गरीब, दलित र पिछडिएका जनजाति समुदायका नानीहरु पढ्ने ठाउँ बनेका देखिन्छ । कृषिकार्यको मजदुरी गरेर गुजारा गर्ने दलित मात्र नभएर अन्य जाति समुदायका गरीब किसानका छोराछोरी पनि मङ्सिरभरि बाबुआमाको काममा सहयोगी बन्दा यो महिनाभरि नियमित विद्यालय जान सक्दैनन् । यसरी महिना दिनभरि पढाइ पछि पर्दा दलित, विपन्न र जनजाति समुदायका नानीहरुको पढाइस्तर कमजोर बन्ने गरेको शिक्षक स्वीकार गर्छन् ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026

    नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत

    November 25, 2026

    नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

    November 24, 2026

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026

    सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने

    November 24, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.