Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ :बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाली पुरुष फुटबल टोली १३ औं दक्षिण एशियाली खेलकूद ९साग०को स्वर्ण दाबेदारका रुपमा फाइनलमा पुग्नेछ । यसअघि भएको खेलमा श्रीलङ्कासँग एक–एक गोलको बराबरीमा रोकिएपछि नेपालले फाइनल पुग्न बङ्गलादेशविरुद्ध जीत या बराबरीमा रोक्नुपर्ने हुन्छ । यता बङ्गलादेशलाई भने फाइनल पुग्न जीतको विकल्प छैन । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा लिग चरणको अन्तिम खेलमा नेपाल र बङ्गलादेश भिड्दैछन् । खेल आज साँझ ५ बजेपछि शुरु हुनेछ । भूटानविरुद्व ४–० को जीत निकालेको नेपालले श्रीलङ्कासँग दोस्रो खेल खेलेको थियो । खेलको निर्धारित समयसम्म १–० को अग्रता लिएको नेपालले अत्तिरिक्त समयलाई रोक्न नसक्दा खेल एक–एक गोलको बराबरीमा पुगेको थियो ।…

Read More

काठमाडौँ : नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर पाँच हजार व्यक्तिलाई पर्यटन लक्षित तालीम दिने भएको छ । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न बोर्डले पर्यटनसम्बन्धी विभिन्न क्षेत्रका पाँच हजार व्यक्तिलाई प्रशिक्षण दिन लागेको हो । बोर्डले ट्याक्सी तथा पर्यटकीय सवारी चालकलाई प्रशिक्षण, गाउँगाउँमा घरबास सञ्चालन तालीम, अध्यागमनसम्बन्धी सेवाप्रदान, नेचर गाईड, स्थानीय टुर्स, चिनियाँ र रुसी भाषा तालीम प्रदान गर्न लागेको छ । यसैगरी ट्रेकिङ गाईड र माउण्टेन लिडर तालीम, पर्यटकलाई प्राथमिक उपचार, नेपाली हस्तकलासम्बन्धी, सरसफाइ र स्वास्थ्यसम्बन्धी, क्षमता अभिवृद्धि, नयाँ पर्यटन व्यवसाय…

Read More

कोहलपुर ः बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिकाको मृत्यु भएपछि सो क्षेत्र यतिबेला तनावग्रस्त बनेको छ। आज आइतबार बिहान बाँकेको कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल चोकमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि अहिले सो क्षेत्र तनावग्रस्त बनेको हो। ती बालिकाको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। स्थानीय र विद्यार्थीहरुले बलिकालाई ठक्कर दिने ट्रकमाथि आगजनी गरेका छन् भने सडक अवरुद्ध समेत गरेका छन्। बालिकालाई ठक्कर दिने ट्रकका चालकलाई संरक्षण गरेको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय कोहलपुरमा ढुंगामुढा समेत गरेका छन्। ढुंगाुमुढा गर्नेमाथि प्रहरीले लाठीचार्ज गरेपछि स्थानीवासी थप आक्रोशित बनेको र सो क्षेत्र अहिले तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन…

Read More

बेइजिङ: चीनको विदेशी मुद्रा सञ्चिती यसै वर्षको नोभेम्बर महिनाको अन्त्यसम्ममा ३० खर्ब ९५ अर्ब अमेरिकी डलर पुगेको छ । शनिबार सार्वजनिक गरिएको सरकारी तथ्याँकमा यसै वर्षको जनवरीदेखि यस्तो सञ्चितीमा २२ अर्ब ९० करोड डलरले वृद्धि भएको अर्थात् शून्य दशमलब ७ प्रतिशतले वृद्धि भएको जनाइएको छ । चिनियाँ विदेशी मुद्रा व्यवस्थापन विभाग (सेफ) का प्रवक्ता वाङ चुनयिङले विदेशी मुद्रा भण्डारमा विनिमय दर र सम्पत्तिको मूल्यमा हुने परिवर्तन समेतका कारणबाट प्रभावित हुने गर्दछ भन्नुभयो । विश्वको आर्थिक वृद्धि, मौद्रिक नीतिका प्रक्षेपण र विश्व व्यापार समेतका कारणले अमेरिकी डलरको सूचकाँकमा वृद्धि भएको तथा प्रमुख अर्थतन्त्र भएका मुलुकको बन्डको मूल्यमा गिरावट आएको उहाँले…

Read More

भैरहवा : भैरहवास्थित मा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता प्रक्रिया थालेको छ । कलेज सञ्चालक र आन्दोलनरत विद्यार्थीसँग हिजो (शनिबार) राति भएको वार्ता पछि कलेजले विद्यार्थीहरुसंग उठाएको अतिरिक्त शुल्क फिर्ताको प्रक्रियाआजदेखि नै शुरु गरेको हो । कलेजले वार्ता गरेर शुल्क फिर्ताको प्रक्रिया थालेपछि आन्दोलनरत विद्यार्थीहरुले कलेज प्रशासनमा लगाएको ताला पनि खोलेका छन । शुल्कको विषयमा लामो समयदेखि विद्यार्थी र कलेज सञ्चालकबीच शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसी सहितको सहभागितामा वार्ता भएको थियो । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका बिद्यार्थी शुल्क फिर्ताको लागि निवेदन दिदै शनिबार राती भएको वार्तामा कलेज सञ्चालक र…

Read More

खाँदबारी: खाँदबारी नगरपालिकाले नगरभित्रका बाँदर नियन्त्रण गर्न बजेट विनियोजन गरेको छ । नगरपालिकाका सबैजसो वडामा बाँदरको बिगबिगी बढेपछि त्यसलाई नियन्त्रण गर्न नगरसभामार्फत नै बजेट विनियोजन गरिएको हो । नगरपालिकाको नगरसभाले बाँदर नियन्त्रण कार्यको अध्ययन शीर्षकमा दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको हो  । बाँदरले आतङ्क मच्चाएपछि बजेट छुट्याएर नियन्त्रणका लागि अध्ययन गरिने नगरपालिकाले जनाएको छ । बाँदरले नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ८, ९ र ११ मा बढी आतङ्क मच्चाएको छ । बाँदरले अन्नबालीमा कलिलो अवस्थामै क्षति पु¥याउने गरेको खाँदबारी–८ का वडाध्यक्ष डम्बर कटुवालले बताउनुभयो । वस्ती वरिपरि जङ्गल बढेकाले पनि बाँदर आतङ्क बढेको होे । बर्खाको समयमा मकै सखाप पार्छ भने…

Read More

कैलाली: लगानी सम्मेलनको तयारीमा रहेको सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा वित्तीय पहुँच पु¥याउन पहिलो पटक आयोजना गरेको वित्तीय सम्मेलनले सात बुँदे धनगढी घोषणापत्र जारी गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले सम्मेलनमा आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाको भूमिका, बीमा सहकारी तथा पूँजी बजारको प्रभावकारितालगायत विषयमा प्रस्तुति र छलफल भएको जनाउँदै प्रदेशका जनतामा वित्तीय पहुँच बढाउन पहल गरिएको बताए । ‘सुदूरपश्चिम वित्तीय सम्मेलन २०७६’ सम्पन्नपछि चालू आर्थिक वर्षमै लगानी सम्मेलन गर्ने प्रदेश सरकारको योजना छ । ‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिवद्धता’, भन्ने नारा लिइएको सम्मेलनको समापनपछि आज आर्थिक मामिला तथा योजनाद्वारा जारी विज्ञप्तिमा प्रदेशभर बीमाको पहुँच…

Read More

काठमाडौँ: नेपाल प्रहरीको यो तथ्यांक हेर्ने हो भने नेपालमा हुने दुर्घटनाको कहालीलाग्दो चित्र देखिन्छ। एउटा सडक दुर्घटना भएपछि त्यसबाट कसैले पाठ सिक्दैनन्। त्यही कारण दुर्घटना बढिरहेका छन्। प्रहरीका अनुसार पछिल्लो पाँच वर्षमा सडक दुर्घटनाका कारण ११ हजार ७२४ नेपालीले ज्यान गुमाएका छन्। आव ०७१/०७२ मा २ हजार ४ जनाले ज्यान गुमाएका छन् भने ०७२/०७३ मा दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६ पुग्यो। ०७३/०७४ मा दुर्घटनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३८४ पुग्यो। ०७४/०७५ मा यो संख्या बढेर २ हजार ५४१ पुग्यो। दुर्घटनामा परी २०७५/०७६ मा २ हजार ७८९ जनाले ज्यान गुमाए। चालु आवको कात्तिकसम्म दुर्घटनामा ८ सयको…

Read More

चितवन : राप्ती नगरपालिका–५ मा आज साँझ अटो दुर्घटना हँुदा पाँच जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो नगरपालिका–४ चेपाङमार्गबाट भण्डारातर्फ आउँदै गरेको ना१ह ६४०९ नंको अटो राप्ती–५ डुम्रेखाडी पुल नजिक अनियन्त्रित भई पल्टिएको थियो । अटो पल्टिँदा अटोमा सवार पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिकाको पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारी रहेका छन् अन्यको भने नाम र ठेगाना खुल्न सकेको छैन । एक २६ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले…

Read More

काभ्रेपलाञ्चोक : अर्थमन्त्री डा युवराज खतिवडाले पाँचखालमा निर्माणाधीन विशेष आर्थिक क्षेत्र (सेज) को अवलोकन गरेका छन् । अर्थमन्त्री खतिवडाले चाँडो काम सकेर सञ्चालनमा ल्याउन सरकार लागि परेको बताउदै रकम अभावका कारण काम नरोकिने प्रतिवद्धता जनाएका छन् । रकम निकासामा समस्या भए आफूलाई जानकारी गराउन निर्देशन दिदै राम्रो काम गर्न र समय मै सक्न आग्रहसमे गरेका थिए । “बजेटको कमी हुँदैन, बजेट अभावले काम रोकिँदैन, हामीले उद्योग मन्त्रालयसँग यसबारे समन्वय गरिरहेका छौँ”, उनले भने । उनले भौतिक संरचना निर्माण भइसकेपछि कतिपयमा सरकारको ध्यान नजाने भएकाले आफूहरुलाई झकझकाउन आग्रह गरे । मन्त्री खतिवडाले निर्माणाधिन प्रशासनिक भवन, पर्खाल तथा जग्गा लगायतका विषयमा जानकारी…

Read More