Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

बेत्रावती: नुवाकोटका बाह्रैवटै स्थानीय तहका विभिन्न स्थान पहिराको उच्च जोखिममा रहेका एक अध्ययनले देखाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा आत्मनिर्भर सेवा केन्द्रले तयार गरेको तथ्याङ्कअनुसार जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामा रहेका विभिन्न बस्ती पहिराको जोखिममा रहेका पाइएको हो । तथ्याङ्कअनुसार किस्पाङ गाउँपालिका पहिराबाट सबैभन्दा बढी जोखिम रहेको पाइएको छ । किस्पाङको वडा नं १ भाल्चे, वडा नं ३ काहुले र वडा नं ५ मनकामना पहिराबाट बढी जोखिममा रहेका उल्लेख छ । म्यागङ गापाको वडा नं २ बुङताङ, वडा नं ३ देउराली र वडा नं ४ किम्ताङ पहिराको जोखिममा रहेका पाइएको छ । गाउँपालिकाका प्राविधिक रमनसिंह तामाङका अनुसार…

Read More

काठमाडौँ: त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यसै आर्थिक वर्षदेखि विद्यार्थीको उपचारमा रु एक लाखसम्म गर्नेभएको छ । त्रिविका आङ्गिक क्याम्पसमा अध्ययनरत प्रति विद्यार्थीलाई उपचार खर्च रु एक लाखसम्म उपलब्ध गराइने त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिनुभयो । यसअघि त्रिविले प्रतिविद्यार्थी रु ५० हजारसम्मको खर्च गर्ने गरेको थियो । त्रिविले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पोखरा, धवलागिरी अञ्चल अस्पताल बागलुङ, प्रदेश अस्पताल सुर्खेत र भेरी अञ्चल अस्पताल नेपालगञ्जबाट उक्त सुविधा दिनेछ । ती अस्पतालसँग त्रिविले उपचार खर्चका लागि रु एक लाखसम्म खर्च गर्ने गरी सम्झौता गरेको छ । देशभरि आङ्गिक क्याम्पसमा अध्ययन गरेका विद्यार्थीले उक्त सुविधा पाउने छन्…

Read More

काठमाडौँ: यहाँ जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । यो जीतसँगै नेपाल तीन खेलमा सात अङ्क जोड्दै लिग तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै माल्दिभ्सको स्वर्ण पदक जित्ने सम्भावना भने समाप्त भएको छ । चार खेल खेलेको माल्दिभ्स दुई अङ्क जोड्दै लिग तालिकाको अन्तिम स्थानमा छ । खेलमा शुरुआती अग्रता भने माल्दिभ्सले लिएको थियो । खेलको १८औँ मिनेटमा इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई १–० को अग्रता दिलाए । खेलको ४३औँ…

Read More

काठमाडौँ: तेह्रौैँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपाल बङ्गलादेशको यु–२३ टोलीसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग ४४ रनले पराजित भएसँगै नेपालको स्वर्ण जित्ने सपना समाप्त भएको हो । बङ्गलादेशले जीतका लागि दिएको १५६ रनको विजयी लक्ष्य पच्छाएको नेपाल निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १११ रनमा समेटियो । खराब शुरुआत गरेको नेपालले १४ रनमा तीन विकेट गुमाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए भने उपकप्तान दीपेन्द्र सिंह ऐरीले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । त्यस्तै अविनास बोहरा १३ रनमा अविजित…

Read More

काठमाडौँ: धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उकालोको यात्रामा देखिएको छ । शेयर कारोवार हुने पाँच दिनमध्ये दुई दिन नेप्सेले नयाँ यात्रा तय नगरे पनि पछिल्ला तीन दिन भने बजार सुधारात्मक दिशामा अगाडि बढ्दा नेप्सेले समेत गति लियो । साताभर कूल १७२ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल ४५ लाख ६७ हजार ८५९ कित्ता शेयर रु एक अर्ब २७ करोड २४ लाख २९ हजार ५३७ मूल्य बराबरको कारोवार भयो । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक स्थिर देखियो । नेप्से स्थिर रहँदा कारोवार रकम पनि सस्तैमा समेटियो ।…

Read More

काठमाडौं: नेपाली कांग्रेसले मंसिर १४ गते सम्पन्न उपनिर्वाचन र पार्टीको आन्तरिक संगठन निर्माणका विषयमा छलफल गर्न पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंसिर २६ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा उपनिर्वाचनको परिणामका विषयमा कांग्रेसले समीक्षा गर्ने लागेको हो। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारको अलोकप्रियतालाई उपनिर्वाचनले उदांगो बनाउने दाबी कांग्रेसको थियो। तर, निर्वाचन परिणाम कांग्रेसले दाबी गरेअनुसार नआए पनि विगतमा भन्दा केही सुधार गरेको छ। तत्कालीन नेकपाले जितेको भक्तपुरको प्रदेशसभा सदस्य र धरान उपमहानगरपालिकाको परिणाम कांग्रेसले आफ्नो पक्षमा पार्न सफल भएको छ। स्थानीय तहको निर्वाचनमा धरानामा तत्कालीन एमाले एक्लैले परिणाम आफ्नो पक्षमा पारेको…

Read More

चौतारा: भूकम्प गएको साढे चार वर्ष बितिसक्दा पनि सिन्धुपाल्चोकको सदरमुकामस्थित चौतारा अस्पताल प्रि–फ्याव भवनबाटै सञ्चालन हुँदै आएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट नवनिर्मित भवन क्षतिग्रस्त भएपछि विदेशी संस्थाद्वारा निर्मित तीन वटा प्रि–फ्याव भवनबाट अस्पताल सञ्चालन हुँदै आएको हो । हालको १५ श्ययालाई स्तरोन्नति गरी ५० श्ययाको अस्पतालको नयाँ भवन चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिने हुँदा आगामी २०७७ सालको पहिलो महिनाबाट काम शुरु हुन सक्ने वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले बताउनुभयो । विविध कारणले क्षतिग्रस्त भग्नावशेष पन्छाउन एक वर्ष ढिला भएकाले हालै मात्र ‘साइट’ सफा गर्ने काम सम्पन्न भएको छ । साइट सफा भएपछि प्राविधिकद्वारा…

Read More

वीरगञ्ज: सङ्घीय सरकारले यस वर्ष किसानबाट धान खरीद गर्न बजार भाउभन्दा करिब १० प्रतिशत बढी समर्थन मूल्य निर्धारण गरेको छ । मूल्य निर्धारणसँगै यसपालि वीरगञ्ज महानगरपालिका–२४ बहुअरीका किसान कपिलदेव यादवले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखालाई धान बेच्ने सोच बनाउनुभएको छ । यसपालि सरकारले किसानबाट धान खरीद गर्ने मूल्य निजीस्तरका गल्ला व्यापारीभन्दा बढी राखेकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी वीरगञ्जस्थित कार्यालयमा धान बेच्ने किसानको लर्को लागेको छ । बजार भाउभन्दा प्रतिक्विन्टल ३७३ रुपैयाँ १६ पैसा बढी मूल्यमा कम्पनीले धान खरीद गर्ने भएपछि धान बेच्न कार्यालयमा आएको अर्का किसान शेषमन पण्डितको भनाइ छ । “धान बोकेर गोरुगाडा, ट्र्याक्टरसहित किसान…

Read More

रुपन्देही : ऊर्जामा पहुँच वृद्धि गर्ने उद्देश्यले प्रदेश नं ५ को नवीकरणीय ऊर्जा लगानी सम्मेलन आज रुपन्देहीमा सम्पन्न भएको छ । प्रदेश नं ५ को भौतिक पूर्वाधार विकास मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र तथा संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभागको सहयोगमा सञ्चालित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको संयुक्त आयोजनामा मणिग्राममा गरिएको लगानी सम्मेलनको उद्घाटन गर्दै भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रदेशमा लगानीको वातावरण बनेकाले ढुक्क भएर ऊर्जाको क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभयो । “हामिसँग ऊर्जा उत्पादन कम छ, प्रदेशमा ३६ किलोवाट मात्रै विद्युत् उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “विद्युत्मा सबैको पहुँच बढाउन ऊर्जामा लगानी आवश्यक छ ।” प्रदेशमा सौर्य ऊर्जाको प्रशस्त सम्भावना रहेको…

Read More

इनरुवा : जिल्ला प्रहरी कार्यालय सुनसरीले सिद्धबाबा भनिने कृष्ण गिरीलाई आज दोस्रो पटक म्याद थप गरेको छ । आफ्नै अनुयायीलाई बलात्कार गरेको अरोपमा मङ्सिर ११ गते पक्राउ परेका गिरीलाई जिल्ला अदालत सुनसरीमा दोस्रो पटक म्याद थप गरेर सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताउनुभयो । पहिलो पटकमा गिरीलाई चार दिनको म्याद थप गरेको थियो भने दोस्रो पटक सात दिनको म्याद थप गरेको सुनसरीका प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । पहिलो पटक थप गरेको म्यादभित्र अनुशन्धान पूरा नभएपछि दोस्रो पटक १० दिनको म्याद प्रहरीले माग गरेकोमा जिल्ला अदालत सुनसरीले सात दिनको लागि मात्र म्याद दिएको सुनसरीका प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । विराटनगरको विराट…

Read More