Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज भएको पुरुष क्रिकेट खेलमा बङ्गलादेशले भूटानलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बङ्गलादेशले भूटानलाई १० विकेटले पराजित गर्दै विजयी भयो । यस जीतसँगै बङ्गलादेशले शीर्ष ४ अङ्क जोडेको छ । भूटानले दिएको ७० रनको लक्ष्य बङ्गलादेशले ६ दशमलव ५ ओभरमा कुनै पनि विकेट नगुमाई भेट्टायो । बङ्गलादेशको जीतमा सौम्य सरकारले अविजित ५० तथा मोहम्मद नइमले १६ रनको योगदान दिए । त्यसअघि पहिला ब्याटिङ गरेको भूटानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६९ रन जोडेको थियो । उसका लागि तेन्जिङ वान्चुकले सर्वाधिक १५ रन जोडे भने जिग्मे सिङ्गेले…

Read More

काठमाडौँ: तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत गल्फ खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । गोकर्ण फरेस्ट गल्फ कोर्समा आज भएको खेलमा नेपाली गल्फर सुवास तामाङले एकल विधामा र टिम इभेन्टमा नेपालले स्वर्ण पदक दिलाएको हो । सत्र वर्षीय सुवासले कम उमेरमा दोहोरो स्वर्ण जित्ने इतिहास नै कायम गर्नुभएको छ । उनले बङ्गलादेशका खेलाडी मोहमद फरहादललाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् । यस्तै नेपालले टिम इभेन्टतर्फ पनि स्वर्ण पदक पक्का गरेको छ । टिम इभेन्टमा नेपालबाट सुवाससँगै शुक्रबहादुर राई, टङ्कबहादुर कार्की र निरज तामाङ छन् ।

Read More

काठमाडौँ: गोकर्णेश्वर नगरपालिकाले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तारका लागि संरचना खाली गर्न शुरुआत गरेको छ । सार्वजनिक जग्गा भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ ११÷११ मिटर र निजी जग्गा भएको ठाउँमा केन्द्रविन्दुबाट दायाँबायाँ सात÷सात मिटर लिने गरी आजदेखि काम शुरु भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले राससलाई जानकारी दिनुभयो । “स्थानीयवासीको सहमति लिएर नै सडक विस्तार शुरु गरेका हौ । नगरपालिकाले आफ्नै स्वामित्वमा रहेको भैरव स्मृति जोरपाटी बगैँचाबाट विस्तारको काम शुरुभएको छ, यसपछि सानोबजार क्षेत्र हुँदै अघि बढ्छौँ, ”उनले भने । संरचना हटाउन तीनै तहका निर्वाचित जनप्रतिनिधि सडकमा ओर्लिनुभएको थियो । काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्णकुमार राई, प्रदेशसभा सदस्य रामेश्वर…

Read More

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङ,  ‘नाष्ट प्रविधि पुरस्कार’ बाट सम्मानित भएका छन। विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्‍याएबापत कार्यकारी निर्देशक घिसिङलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस वर्षको ‘नाष्ट प्रविधि पुरस्कार’ प्रदान गरेको हो। पुरस्कारको राशी एक लाख रुपैयाँ नगद र सम्मान पत्र रहेको छ। शिक्षा तथा विज्ञान प्रविधिमन्त्री एवं नास्टका सहकुलपति गिरिराजमणि पोखरेलले नाष्टको ३७औं वार्षिकोत्सवको अवसरमा ललितपुरमा आज शुक्रबार आयोजित कार्यक्रममा घिसिङलाई पुरस्कार प्रदान गरे। नाष्टले हरेक वर्ष विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका वैज्ञानिक प्राविधिहरुको प्रोत्साहन तथा सम्मान गर्दै…

Read More

काठमाडौँ: ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन आगामी सातादेखि दैनिक तीन कार्य समयमा अनुमतिपत्र छापिने भएको छ । ‘मास प्रिन्टर’मार्फत दैनिक धेरै घण्टा छापेर अहिले रहेको अभाव हटाउने योजना बनाइएको हो । केही दिनदेखि ‘मास प्रिन्टर’ मार्फत छपाइ शुरु गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले दिनमा एक कार्य समयमा मात्रै छपाइ भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार अहिले विभागका सात जना कर्मचारीले उपकरण सञ्चालनको तालीमसमेत लिइरहेका छन् । उनीहरुले तालीम सकेसँगै उपकरण पूर्णरुपमा चलाउन लागिएको हो । उनले बताए, “एक साताभित्रमा तालीम सकाएर मास प्रिन्टर पूर्णरुपमा छपाइमा जानेछ ।” मास प्रिन्टरले दैनिक…

Read More

रोल्पा: उनको लिवाङ आउजाउ चलिरहन्थ्यो । श्रीमतीले घर धान्ने, आफू चाहीँ मजदूरी गरेर दुई–चार पैसा कमाउने । अनि, छोराछोरी पढाउने यस्तै, योजनाका साथ रोल्पाको जेल्वाङबाट २०३९ सालमा सदरमुकाम लिवाङ छिरेका पुजलाल बुढामगर २०५६ सालपछि पनि घर फर्कन पाएका छैनन् । पाँच वर्ष मजदूरी काम गरे । पक्की घर बनाउने काममा दक्ष मिस्त्रीलाई सघाउँथे उनी । मिस्त्रीसँगको सङ्गतले उनलाई पनि मिस्त्री बन्ने रहर जाग्यो । विसं २०४५ मा पहिलो पटक मिस्त्री भएर काम गर्न पाए । त्यतिबेला उनको दैनिक ज्याला २० रुपैयाँ थियो । सदरमुकाममा कोठा भाडा लिएर बसेका उनले खाने बस्ने सबै त्यही पैसाले धान्थ्यो । विसं २०५२ सालदेखि…

Read More

फ्लोरिडा : अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा परी दुई जना सर्वसाधारण नागरिक र अरु दुई जना संदिग्ध व्यक्तिको ज्यान गएको छ । समाचारमा जनाइएअनुसार बिहीबार सो गोलीकाण्ड भएको थियो । फ्लोरिडाको मियामीस्थित एक गहना पसलमा केही बन्दुकधारीले आक्रमण गरी गहना लुट्ने प्रयास गरेका थिए । त्यस क्रममा ती बन्दुकधारीले हानेको गोली लागेर त्यहाँ काम गर्ने एकजना कर्मचारी मारिएका छन् । त्यस लगत्तै उनीहरुले अपहरण गरी लगेका सोही पसलका सवारीचालक एकजनाको पनि ज्यान गएको बताइएको छ । प्रहरीले हानेको गोली लागेर गहन पसल लुट्न आएका दुई जना बन्दुकधारी मारिएका बताइएको छ । केही सामान लुटेका उनीहरुले उक्त पसलकै सवारी साधनलाई नियन्त्रणमा…

Read More

बेत्रावती: नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि ट्राउट माछा र समुन्द्रफिनी चामल क्षेत्र स्थापित गर्ने योजना बनाएको छ । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२० मा हुन लागेको नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै पर्यटन प्रवद्र्धनका लागि पर्याप्त सम्भावना भएको गाउँपालिकाले ट्राउट माछा र स्थानीय जातको समुन्द्रफिनी चामल उत्पादन गरेर आकर्षण गर्ने नयाँ योजना ल्याएको हो । वडा नं १ घ्याङ्फेदीस्थित तालुकसेरीबाट तादी खोलामा २० हजार ट्राउट माछाका भुरा छाडेर माछा ‘जोन’ बनाउने र शिखरवेंशीको फाँटमा चामलका लागि प्रख्यात रहेको समुन्द्रफिनी धानको यस वर्षदेखि नै शुरु गरिएको व्यावसायिक खेतीमा किसानलाई प्रोत्साहन गरेर पर्यटकलाई…

Read More

कावासोती: वन्यजन्तुको क्षति रोक्नका लागि कावासोती नगरपालिकाले लगानी बढाएको छ । सधैँजसो वन्यजन्तु मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पु¥याउन थालेपछि नवलपरासी पूर्वनवलपुरको सो नगरपालिकाले वन्यजन्तुको क्षति रोक्नका लागि विशेष पहल थालेको हो । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्र प्रभावित नगरपालिकाका सात वडाको झण्डै २० किलोमिटर क्षेत्रफलमा पर्खालसहितको मेसजाली लगाउने कामलाई नगरपालिकाले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै आएको छ । सोहीअनुरुप अहिले पर्खालसहितको जाली लगाउने कामसमेत चलिरहेको छ । सधैँजसो बस्तीमा आउने वन्यजन्तुले नगरपालिकाअन्तर्गत पर्ने स्थानीय बासिन्दाका बालीनालीमा क्षति पु¥याउने, मान्छेलाई समेत आक्रमण गर्ने घटना हुने गरेका कारण सो रोक्नका लागि नगरपालिकाले प्राथमिकताका साथ कार्य गरिरहेको नगर प्रमुख…

Read More

ललितपुर : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले समृद्धिका पाँच आधारमा टेकेर अघि बढ्न सरकार क्रियाशील रहेको बताएका छन । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही नमूना उच्च मावि भवनको हस्तान्तरण कार्यक्रममा उनले सरकारले समृद्धिका लागि कृषिमा आधुनिकीकरण, उद्योगको विकास, ऊर्जा, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकास जस्ता पाँच आधार तय गरेको बताएका छन । सरकारी स्वामित्वका उद्योगहरु धराशायी हुनाका कारण खोजी गरिने बताउँदै उनले भने, “ती उद्योग कसरी धराशायी भए र आगामी दिनमा कसरी अघि बढ्ने भनी आत्मसमीक्षा हुनेछ ।” राजनीतिक विचारका आधारमा फरक धारणा राख्नेहरु पनि विकासका लागि एकजुट भएर लाग्नुपर्नेमा उपप्रधानमन्त्री पोखरेलले जोड छ ।…

Read More