Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं :१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक हासिल गरेको छ । आज शुक्रबार बिहान भएको खेलमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका हुन् । उनले १४ मिनेट ५४।२० सकेन्डमा निर्धारित दूरी पार गरे । त्यस्तै रजत पदक भारतको पोल्टामा परेको छ । भारतका सुनील दवालले १४ मिनेट ५५।२१ सकेन्डमा दूरी पार गर्दै रजत पदक जितेका हुन् । कास्य पदक भने नेपालले जितेको छ । नेपालका हरि रिमालले कास्य जितेका हुन् । योसँगै नेपालको स्वर्ण पदकको खातामा ३७ स्वर्ण पदक पुगेको छ । नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको…

Read More

सुरुङ्गा : विपन्न परिवारका लागि अर्जुनधारा नगरपालिकामा ३३ घर निर्माणको काम शुरु भएको छ । लक्षित वर्ग कार्यक्रमअन्तर्गत प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको शहरी विकास तथा भवन कार्यालय इलामले घर निर्माणको काम शुरु गरेको हो । घर निर्माणका लागि रु एक करोड नौ लाख ७२ हजार ५०० बजेट विनियोजन भएको प्रदेश नं १ का प्रदेशसभा सदस्य वृख प्रधानले बताए । अर्जुनधारा नगरपालिका–८ स्थित प्रज्वल साहको घर शिलान्यास गर्दै प्रधानले भने, “लक्षित वर्ग कार्यक्रमअन्तर्गत बन्ने घर भूकम्प प्रतिरोधात्मक हुन्छन्, एउटा घर निर्माणका लागि रु तीन लाख २५ हजार खर्च हुन्छ ।” आर्थिक वर्ष २०७६÷७७ को सङ्घीय सरकारद्वारा विनियोजित बजेटबाट…

Read More

कास्की : नेपाल हवाई खेलकूद संस्था (ना) को अध्यक्ष पदमा कृष्ण भण्डारी निर्वाचित भएको छ । पोखरामा बिहीबार साँझ सम्पन्न संस्थाको आठौँ अधिवेशन तथा १७औँ साधारणसभामा शोभित बानियाँलाई पराजित गरी भण्डारी अध्यक्षमा निर्वाचित भएको हो । संस्थाको वरिष्ठ उपाध्यक्षमा वसन्तराज दवाडी, प्रथम उपाध्यक्षमा इन्द्र भण्डारी, द्वितीय उपाध्यक्षमा भरतप्रसाद तिमिल्सिना, तृतीय उपाध्यक्षमा नारायण पराजुली, प्राविधिक उपाध्यक्षमा अनिल केसी र महासचिवमा बलराम आचार्य निर्विरोध निर्वाचित भए । त्यस्तै सचिवमा माधव तिवारी, कोषाध्यक्षमा एलिश थापा र सहकोषाध्यक्षमा चीनबहादुर बानियाँ निर्वाचित भएको छ । सदस्यमा शर्मिला शर्मा, सङ्गीता अधिकारी, खुबबहादुर गुरुङ, दीपक थापा, सुभाष थापा निर्विरोध निर्वाचित भएको छ । अध्यक्षमा निर्वाचित भण्डारीले…

Read More

काठमाडौँ: के कमर्शियल बैंकको मुख्य काम नाफा मात्र आर्जन गर्नु हो ? होइन, भने अनुत्पादक क्षेत्रमा लगानी वढाउन ग्राहकलाई किन हौस्याइरहेका हुन्छन् ? यसको जवाफ सजिलो छैन । ‘फाइनान्स सुविधा ८० प्रतिशत, एक दिनमा ऋण स्वीकृत’, गतसाता एक साप्ताहिक पत्रिकाले रङ्गिन छपाईमा यस्तो विज्ञापन छापेको थियो । अहिले कमर्शियल बैंकले छापा तथा इलोक्ट्रोनिक माध्यमलाई विज्ञापन प्रकाशित र प्रशारण गर्न दिँदै ग्राहकलाई गाडी बिक्रीमा (अटो ऋण) दिन लोभ्याइरेहका छन् । नेपाल राष्ट्र बैंकले कूल लगानीयोग्य रकमको १० प्रतिशत कर्जा कृषि क्षेत्रमा उपयोग गर्न कार्यविधिमार्फत सार्वजनिक गरेको छ । सरकारले किसानका लागि सहुलियतपूर्ण कृषि कर्जाको ब्याजदर पाँच प्रतिशत निर्धारण गरेको छ ।…

Read More

सरकारले वैदेशिक रोजगारीको ठगी नियन्त्रणमा कडाइ गरिरहेका बेला मानव बेचविखनमा समेत वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता सक्रिय रहेको देखिएको छ । मानव बेचविखनका एकतिहाई घटना वैदेशिक रोजगार र परामर्शसँग सम्बन्धीत रहेको पाइएको छ । सरकारले वैदेशिक रोजगार व्यवसायका नाममा देखिएको अराजकतालाई नियन्त्रण गर्न नसक्दा वैदेशिक रोजगारीको आडमा मानव बेचविखन तथा ओसारपसार बढेको अध्ययनले देखाएको छ । महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समुहले मानव बेचविखन तथा ओसारपसारसम्बन्धी सामग्रीहरुको अध्ययन तथा विश्लेषण गरी तयार गरिएको प्रतिवेदनले ठगीमा वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता पनि दोषी देखिएका हुन् । यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।

Read More

काठमाडौँ: धनुषामा निर्माणाधीन ४०० केभी ढल्केवर सबस्टेसन पुसभित्र सञ्चालन गर्न सकिने अवस्थामा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । निर्माण सम्पन्न हुने चरणमा पुगेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न यो सब स्टेसन अपरिहार्य मानिँदै आएको छ । मुलुकभित्रको प्रसारण प्रणाली सुदृढीकरण गर्न र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि महत्त्वपूर्ण मानिएको यो सबस्टेसन जीआईएस प्रविधियुक्त तथा स्वचालित प्रकृतिको बन्दै छ । सबस्टेसनको निर्माणको काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सबस्टेसन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात तथा निर्यातका लागि पनि पूर्वाधार तयार हुने छ…

Read More

काठमाडौँ: मेलम्चीबाट आएको पानी प्रशोधनका लागि सुन्दरीजलमा निर्माणाधीन दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्र आगामी महिनासम्ममा सम्पन्न हुने भएको छ । प्रशोधन केन्द्रको निरीक्षणका लागि बिहीबार निर्माणस्थल पुग्नुभएका खानेपानी तथा सरसफाइमन्त्री बीना मगरलाई मेलम्ची खानेपानी विकास समितिले प्रशोधन केन्द्रको बाँकी काम तीव्ररूपमा भइरहेको जानकारी गराएको हो । मन्त्री मगरसँगै मन्त्रालयका सचिव माधव बेल्वासे, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक मिलन शाक्यलगायतको टोलीले प्रशोधन केन्द्रको निरीक्षण गरेको थियो । पानी प्रशोधन केन्द्रको निरीक्षणसँगै टोलीले सुन्दरीजलस्थित सुरुङको समेत निरीक्षण गरेको थियो । मन्त्री मगरले दोस्रो प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न विभागीय प्रमुखहरुलाई निर्देशन…

Read More

सप्तरी : सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा आज आगलागी हुँदा चार घर पूर्णरूपमा जलेर नष्ट भएको छ । कङ्कालिनी–३ पोर्ताहा बस्ने शिवनारायण भिन्दवारको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा भिन्दवारसहित मनोज पघैया, विनोद पघैया र श्याम शर्माको घर जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ । घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपातसमेत जलेर नष्ट हुँदा रु १० लाख २३ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । नगरपालिकाको वारुणयन्त्रको सहयोगमा इलाका प्रहरी कार्यालय भारदह, सशस्त्र प्रहरी बल भारदह र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका छन् ।

Read More

काठमाडौँ: तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष तेक्वान्दोमा नेपालका भूपेन श्रेष्ठले स्वर्ण पदक प्राप्त गर्नुभएको छ । उहाँले फाइटतर्फ ८७ किलोमुनिको तौल समूहमा आज स्वर्ण पदक जित्नुभएको हो । ललितपुरको सातदोबाटोमा भएको स्पर्धामा भूपेनले भारतका अक्षय होडालाई २९–२६ अङ्कले पराजित गर्नुभएको हो । उक्त स्पर्धामा बङ्गलादेशका रसेल खान र श्रीलङ्काका चर्मा थरिन्दुले कास्य पदक प्राप्त गर्नुभयो । तेह्रौँ सागमा नेपालले हालसम्म तेक्वान्दोतर्फ १२ स्वर्ण पदक ल्याइसकेको छ ।

Read More

धनगढी: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला राजनीतिक र कूटनीतिक पहलबाट संवाद गरेर कालापानी सीमा समस्याको समाधान गर्ने कोशिश गर्नुपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले कालापानीको विषयलाई अन्तरराष्ट्रियकरण गर्न पाइँदैन, आवश्यक छैन भन्ने भाषामा आफूले नभनेको बताउँदै शुरुमा नै अन्तरराष्ट्रियकरण गरिएमा समस्या झन् जटिल बन्ने विचार व्यक्त गर्नुभयो । सर्वपक्षीय सर्वदलीय बैठकको सुझावानुसार नै सरकारले सो विषयमा भारतलाई पत्र पठाएको बताउँदै त्यसको जवाफ भने आइनसकेको बताउनुभयो । पत्रकारको प्रश्नमा उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे सर्वपक्षीय सर्वदलीय बैठक गरेर सरकारले आफ्नो धारणा स्पष्ट पारिसकेको बताउँदै भन्नुभयो,“लिम्पियाधुरा नै महाकाली नदीको मुहान हो, महाकाली सीमा…

Read More