Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत पदका लागि विज्ञापन खुलाएको छ । बोर्डको प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको अवधि आगमी पुस ७ गते सकिँदैछ । उनको कार्यकाल सकिनुभन्दा २० दिन अघि बोर्डले सीईओका लागि आवेदन खुलाएको हो । बोर्डले सीईओ हुनका लागि नेपाली नागरिक, स्नातकोत्तर उत्र्तीण, कम्तीमा १० वर्षको अनुभव, ३५ वर्ष पूरा भइ ६५ वर्ष ननाघेको, फौजदारी अभियोग नलागेको, विदेशमा पीआर नभएको हुनुपर्ने उल्लेख छ । बुधबार बिहान मात्रै प्रमुख कार्यकारी अधिकृतका लागि विज्ञापन खुलाएको पर्यटन बोर्डले बुधबार दिउँसो प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको कार्यकाल तीन महिना थप गरेको छ । भ्रमण वर्षको मुखैमा बोर्ड अभिभावकविहीन हुने र…

Read More

कञ्चनपुर: सुदूरपश्चिम प्रदेशमा कृषि व्यवसायलाई प्रतिस्पर्धी बनाई उत्पादनमा अभिवृद्धि गर्नका लागि ‘मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम’ सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत नमूना कृषिगाउँ स्थापनाका लागि कैलाली र कञ्चनपुरमा १५ स्थानीय तहलाई छनोट गरिएको छ । प्रत्येक स्थानीय तहमा बालीको छनोट गरी रु ५० लाखका दरले बजेटको व्यवस्था मिलाइएको छ । कृषि उपजको आन्तरिक माग पूर्ति गर्दै आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले बताउनुभयो । “कार्यक्रमअन्तर्गत कृषि पूर्वाधार, बीउबिजन, सिँचाइ, ढुवानी, कृषि उपज सङ्कलन केन्द्र र बजार प्रवद्र्धनलगायतका कार्य गरिनेछन्”, उहाँले भन्नुभयो, “किसानको क्षमता विकास, एकीकृत घुम्ती…

Read More

काठमाडौं : सरकारले नेपाली हावापानीमा अनुकूलन हुन नसक्ने चिनियाँ गाई ल्याउन फेरि प्रक्रिया थालेको छ। पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला पनि चिनियाँ गाई भित्र्याउने पहल भएको थियो। पशुसेवा विभाग र पशु विज्ञहरूले चिनियाँ गाई नेपाली हावापानी अनुकूल नभएको निष्कर्षसहित सुझाव दिएपछि सरकार पछाडि हटेको थियो। यसपटक भने प्रदेश सरकारमार्फत चिनियाँ गाई ल्याउन लागिएको हो। नेपालमा उन्नत जातका चिनियाँ गाई भित्र्याउने परियोजनाका लागि चीनले ३२ अर्ब रुपैयाँ अनुदान दिन लागेको छ। अनुदान रकम चीनले नेपाललाई प्रतिबद्धता गरेको सहायता रकमबाटै कट्टा गरिनेछ। प्रदेश सरकारमार्फत कार्यान्वयन गर्न लागिएको परियोजनाअन्तर्गत चीनबाट १७ हजार ‘होलेस्टिन फ्रिजियन’ जातका गाई ल्याइनेछ। नेपालमा विदेशी गाईबस्तु असफल भएको…

Read More

काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शुक्रबार र शनिबार साइकल दौड प्रतियोगिता रहेकाले सो दिन कलङ्कीदेखि सूर्यविनायकसम्मको सडक क्षेत्रमा सर्भिस लेन प्रयोग गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । महाशाखाले आज एक सूचना जारी गरी आगामी शुक्रबार कलङ्कीबाट कोटेश्वरसम्म र २१ गते शनिबार कलङ्कीबाट सूर्यविनायकसम्मको सडकखण्डमा सर्भिस लेन प्रयोग गरिदिन सडक प्रयोगकर्तालाई अनुरोध गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कलङ्कीदेखि कोटेश्वरसम्मको सडकमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडीबुटी, पुरानोथिमी, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गरी सहयोग गर्न आग्रह…

Read More

काठमाडौँ: प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘रेडियोधर्मी पदार्थको नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल शुरु भएको छ । शुरुमा पेश भएको मूल विधेयकमा तीन पटकसम्म परिमार्जन गरिएको उक्त विधेयकमाथि समितिको आजको बैठकमा दफावार छलफल शुरु भएको हो । समिति सभापति जयपुरी घर्तीको अध्यक्षतामा भएको बैठकले विधेयकको प्रस्तावनादेखि दफा ५ सम्मका विषयमा सामान्य फेरबदलसहित पारितका लागि सहमति जनाएको छ । विधेयकले ‘रेडियोधर्मी स्रोत’ भन्नाले रेडियोधर्मी पदार्थ र आयनिकरण गर्ने विकीरण उत्सर्जन गर्ने वा फैलाउन सक्ने उपकरणलाई परिभाषित गरेको छ । रेडियोधर्मी पदार्थ एवं प्रविधिको सुरक्षित तथा शान्तिपूर्ण उपयोग गर्न, अध्ययन अनुसन्धान गर्न र आयनिकरण गर्ने विकीरणबाट पर्न सक्ने…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यही मङ्सिर २६ गते पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा उपनिर्वाचनको समीक्षा, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिनुभयो । बैठकले पार्टीका केन्द्रीय विभाग गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाका बारेमा समेत छलफल गरी आवश्यक निर्णय गर्ने जनाइएको छ । यही मङ्सिर १४ गते एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्षसहित जम्मा ५२ स्थानमा उपनिर्वाचन भएको थियो । काँग्रेसले उपनिर्वाचनले पार्टीको साङ्गठनिक…

Read More

काठमाडौँ: नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ । जसअन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटासेवा साथीभाइ वा आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ । यो सेवा उपयोग गर्नका लागि सर्वप्रथम नेपाल टेलिकमको एप आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्दछ । एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्ले स्टोरमा र आइफोन प्रयोगकर्ताले एप स्टोरमा गई नेपाल टेलिकमको लोगो अङ्कित एप डाउनलोड गर्न सकिने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए। डाउनलोड गरेपछि ‘रजिष्टर’मा क्लिक गर्नुपर्दछ । उनले भने,“एपमा मागिएबमोजिम प्रयोगकर्ताको नाम, मोबाइल नम्बर, पासवर्डलगायत विवरण राखेपछि लग इन हुन्छ । यसपश्चात मोबाइलमा तत्कालै…

Read More

काठमाडौँ: तेस्रो पटक नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत आज भएको खो खोमा नेपालको महिला टोलीले रजत पदक जितेको छ । कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा भएको फाइनल खेलमा भारतसँग नेपाल १७–५ ले पराजित हँुदै रजत पदक जितेको हो । नेपाल पहिलो इनिङमा १६–३ ले पछि परेको थियो । महिला खो खोमा नेपालले जितेको सबैभन्दा ठूलो पदक नै यही हो । लिग कम नकआउटका आधारमा भएको प्रतियोगितामा नेपाल समूह एको विजेताका रुपमा फाइनलमा पुगेको थियो । नेपालले श्रीलङ्कालाई पराजित गर्दै फाइनमा पुगेको हो । सोही स्पर्धामा बङ्गलादेशले कास्य पदक जित्यो । त्यस्तै पुरुषतर्फको खो खोमा भने नेपालले कास्य पदक जितेको…

Read More

विराटनगर: आन्तरिक राजश्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु एक अर्ब ९८ करोड १९ लाख ५६ हजार राजश्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा रु ७६ करोड ६४ लाख ४८ हजार कम हो । उक्त अवधिका लागि कार्यालयलाई रु दुई अर्ब ७४ करोड ८४ लाख चार हजार राजश्व सङ्कलन गर्ने लक्ष्य तोकिएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए । उनले अन्तःशुल्क घटेकै कारणले लक्ष्य अनुसारको राजश्व सङ्कलन नभएको बताए । यसैगरी अन्तःशुल्कतर्फ रु एक अर्ब ४४ करोड १४ लाख ५७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य तोकिएकोमा उक्त अवधिमा रु ६१ करोड ४८ लाख ७४ हजार मात्र…

Read More

धनगढी: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले मिचेको नेपाली भूमि फिर्ता लिनुपर्ने बताएका छन्। आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने र फिर्ता नभए यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ भने । पूर्वउपप्रधान मन्त्रीसमेत रहेका अध्यक्ष केसीले भने, “मिचिएको भूमि फिर्ता गराउन सरकारले जुन रुपमा कूटनीतिक पहल गर्नुपर्ने थियो, त्यो गर्न सकेको छैन ।” मिचिएको भूमि फिर्ता गराउन दबाब सिर्जना गर्नका लागि ‘कालापानी अभियान‘ अन्तर्गत मोटरसाइकल ¥यालीका साथै विभिन्न १२ ठाउँमा सभा गरिएको सो पार्टीले जनाएको छ ।

Read More