काठमाडौँ: नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत पदका लागि विज्ञापन खुलाएको छ । बोर्डको प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको अवधि आगमी पुस ७ गते सकिँदैछ ।
उनको कार्यकाल सकिनुभन्दा २० दिन अघि बोर्डले सीईओका लागि आवेदन खुलाएको हो ।
बोर्डले सीईओ हुनका लागि नेपाली नागरिक, स्नातकोत्तर उत्र्तीण, कम्तीमा १० वर्षको अनुभव, ३५ वर्ष पूरा भइ ६५ वर्ष ननाघेको, फौजदारी अभियोग नलागेको, विदेशमा पीआर नभएको हुनुपर्ने उल्लेख छ ।
बुधबार बिहान मात्रै प्रमुख कार्यकारी अधिकृतका लागि विज्ञापन खुलाएको पर्यटन बोर्डले बुधबार दिउँसो प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको कार्यकाल तीन महिना थप गरेको छ ।
भ्रमण वर्षको मुखैमा बोर्ड अभिभावकविहीन हुने र नयाँ नियुक्तीका लागि समेत कम्तीमा २ महिना समय लाग्ने भएकाले उनको कार्यकाल ३ महिना थप गरिएको छ ।