Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं ः १३ औं साग अन्तर्गत पोखरामा जारी डुवाथोलनमा नेपालले स्वर्ण र रजत पदक जितेको छ । आज मंगलबार भएको प्रतिस्पर्धामा पुरुष डुवा थोलनमा हिमाल टमाटाले स्वर्ण जिते भने लक्ष्मण मल्लले रजत पदक जिते । नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठका अनुसार श्रीलंकाका असेस परेराले कास्य पदक जितेका छन् । डुवाथोलनमा सुरुमा ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र अन्त्यमा २।५ किलोमिटर दौड पुरा गर्नुपर्ने हुन्छ । ट्रायथोलनमा नेपालको पदक संख्या ४ पुगेको छ ।
पोखरा : १३औँ दक्षिण एशियाली खेलकूद(साग)अन्तर्गतको महिला फुटबल प्रतियोगिताको आज पोखरामा सम्पन्न पहिलो खेलमा नेपालले विजय शुरुआत गरेको छ । पोखरा रङ्गशालामा सम्पन्न भएको खेलमा नेपालले श्रीलङ्कालाई १–० ले पराजित गरेको हो । नेपालले पूरा समय श्रीलङ्कालाई दबाबमा राखेको भए पनि खेलको अन्तिम मिनेटमा गोल गर्न सफल भयो । नेपालका लागि सरु लिम्बूले ८८ आँै मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । खेलको १५औँ मिनेटमा सवित्रा भण्डारी साम्भाले डिबक्सभित्र पाएको अवसरलाई सही दिशा दिन सकिनन् । नेपालले प्रतिद्वन्द्वी श्रीलङ्कालाई खेलको शुरुआतदेखि नै दबाबमा राखेको थियो । नेपालका गोल किपर अन्जिला थम्बापो सुब्बाले खेलको १८ औँ मिनेटमा बल टच…
चितवन: जिल्लाको विकासका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेटमध्ये चालू आर्थिक वर्षको पहिलो चार महिनामा १ दशमलव ९४ प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका अनुसार प्रदेश सरकारले जिल्लाको विकासका लागि विनियोजन गरेको रु दुई अर्ब पाँच करोड १२ लाख ५८ हजारमध्ये प्रथम चौमासिकमा जम्मा रु तीन करोड ९७ लाख ४९ हजार ६३७ खर्च भएको हो । कार्यालयका कोष नियन्त्रक शरदचन्द्र शर्मा भट्टराईका अनुसार प्रदेश सरकारले चालूतर्फ पठाएको बजेट पनि खर्च कम भएको छ । चालूतर्फ जम्मा ११ दशमलव ७२ प्रतिशत मात्र खर्च भएको छ ।चालूतर्फ रु ५७ करोड ३६ लाख ९७ हजारमध्ये रु छ…
काठमाडौँ : राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत गरिए पनि पश्चिम सेती जलविद्युत् र विद्युत् प्रसारण आयोजना कार्यान्वयनमा नरहेको राष्ट्रिय योजना आयोगले जनाएको छ । राष्ट्रिय गौरवका आयोजना सम्बन्धित मन्त्रालयले सञ्चालन गर्ने भए पनि आयोगले समन्वय एवं अनुगमन तथा मूल्याङ्कन गर्छ । आयोगले प्रकाशन गरेको राष्ट्रिय गौरवका आयोजनाहरुको आर्थिक वर्ष २०७५/२०७६ को वार्षिक प्रगति स्थिति प्रतिवेदनमा दुवै आयोजनाको भौतिक एवं वित्तीय प्रगति शून्य देखाइएको छ । कार्यान्वयन क्षेत्र डोटी, डढेल्धुरा, बैतडी र बझाङ रहेको पश्चिम सेती आयोजनाबाट ४५० मेगावाट विद्युत् उत्पादन गर्ने अनुमान गरिएको छ । आयोजनाका बारेमा लगानी बोर्डले आवश्यक अध्ययन गरिरहेको विवरणमात्र आयोगमा प्राप्त भएको योजना अधिकृत कृष्ण व्याञ्जुले…
काठमाडौं : १३ औं दक्षिण एसियाली (साग) पुरुष टि ट्वान्टी क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले श्रीलंका विरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । टियु क्रिकेट मैदानमा उपाधिको प्रमुख दाबेदार श्रीलंकालाई हराउन सके नेपालको फाइनल यात्रा सहज हुने छ । नेपालको टोलीमा आजको खेलमा राशिद खान, रोहित कुमार पौडेल, सन्दीप जोरा र कुशल भुर्तेल प्लेइङ ११ मा छैनन् । ओपनिङका लागिपुर्व कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल तयार आएका छन । नेपालले तीन तीब्र गतिका बलर र २ स्पिनर खेलाएको छ । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सोमपाल कामी, करण केसी , दीपेन्द्र सिंह ऐरी, सुसन…
दमौली : तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित धरमपानी स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारणको उपचारमा समस्या परेको छ । समायोजनका क्रममा दुई महिनाअघि अन्यत्र गएका र सरुवा भएर आउनुपर्ने स्वास्थ्यकर्मी नआएका कारण कर्मचारीको अभाव भएको हो । स्वास्थ्यचौकीका प्रमुख सिनिअर अहेव धर्मराज बढुले स्वास्थ्यकर्मीको अभावमा सेवा दिन असहज भएको बताए । दैनिक १५ देखि २० सर्वसाधारण उपचार सेवा लिन आउने स्वास्थ्यचौकीमा बढु र एक कार्यालय सहायक मात्र कार्यरत छन् । आफू एक्लैले कार्यालयको प्रशासनिक काम, बिरामीको स्वास्थ्य परीक्षण र औषधि वितरणको काम गर्नुपरेको बढुले बताए। “एक्लैले सबै काम गर्नुपर्दा कठिनाइ भइरहेको छ”, बढुले भने, “जसकारण सबै बिरामीलाई सेवा दिन सकिएको छैन ।” बिरामीको…
दमौली: सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ, म्याग्दे गाउँपालिका–३ बस्ने ३४ वर्षीय थमन भुजेल छन् । विसं २०७३ कात्तिक १७ गते पृथ्वीराजमार्गस्थित म्याग्दे–३ मा भएको सवारी दुर्घटनाको घटनामा तनहुँ जिल्ला अदालतबाट विसं २०७४ मङ्सिर १२ गतेको फैसलाबाट दोषी ठहर भएका भुजेललाई सोमबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिनुभयो । भुजेलले चलाएको ना४ख ४०१८ नंको बसको ठक्करबाट ग४प ८८६६ नंको स्कुटरमा सवार व्यास नगरपालिका–११ बस्ने २९ वर्षीय ममता दुलालको मृत्यु भएको थियो । दुर्घटनामा स्कुटर चालक सोही ठाउँ बस्ने २५ वर्षीय भीम दुलाल घाइते भएका थिए…
तम्घास: गुल्मीबाट बागलुङको निसिखोलाको लागि छुटेको जीप बागलुङ बडीगाड– ७ को कोप्चेमा आज दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् भने एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमध्ये दश जनाको पहिचान भएको छ भने चार जनाको अझै पहिचान खुल्न सकेको छैन । दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकाशं गुल्मीको इस्मा गाउँपालिकाका रहेका छन् । इस्मा गाउँपालिका–५ का २६ वर्षीय सवारी चालक रेशम थापा, सोही वडाको दोबाट बस्ने ४० वर्षीया बसुन्धरा कार्की, ढाडुङा बस्ने माया थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ । त्यस्तै नवलपरासी जिल्ला बर्दघाट– २ बस्ने ६०…
काठमाडौँ: मासुका लागि प्रयोग गरिने जनावरबाट निस्कने दिसाजन्य फोहरबाट बायोग्यास उत्पादन गर्न सके काठमाडौँ उपत्यकामा वातावरण प्रदूषण कम गर्न सकिने विज्ञको सुझाव छ । काठमाडौँ उपत्यकालाई प्रदूषण पार्ने तत्वमध्ये मासुजन्य वस्तुबाट निस्कने फोहर पनि मुख्यरूपमा रहेकाले यसको व्यवस्थितरूपमा व्यवस्थापन गर्नुपर्ने विज्ञ बताउँछन् । काठमाडौँ उपत्यकामा मात्रै दैनिक ८०० राँगाभैँसी बध गर्ने गरिएको छ । यहाँ एउटा राँगाभैँसीबाट १०० किलो फोहर निस्कने गरेको छ । त्यसको व्यवस्थापन पक्ष भने प्रभावकारी छैन, न त पशुबध गर्ने स्थान नै व्यवस्थित छ । हालसम्म राति नदी किनारामा पशुबध गरिँदै आएको छ । मासुजन्य वस्तुबाट निस्कने फोहरमध्ये खसी, बोका र कुखुराभन्दा पनि भैँसी र राँगाबाट…
आकाठमाडौं : १३ औं साग अन्तर्गत उसुको थाउलोतर्फ थानछ्वानको महिलातर्फ सुस्मिता तामाङले स्वर्ण पदक जितेकी हुन् । नेपाली सेनाको कभर्ड हलमा भएको प्रतिस्पर्धामा सुस्मिताले ९.४४ अंक जोड्दै पहिलो स्थान प्राप्त गरेकी हुन् । यो स्पर्धामा श्रीलंकी खेलाडीले रजत र बंगलादेशी खेलाडीले कास्य पदक जितिन् । श्रीलंकाकी खेलाडीले ८.८५ र बंगलादेशकी खेलाडीले ७.७३ स्कोर गरेकी थिइन्। त्यसअघि विजय सिन्जालीले पुरुष थाउलुतर्फ थानछ्वानमा स्वर्ण पदक जितेका छन् । विजयले ९.४८ अंक प्राप्त गर्दै स्वर्ण पदक प्राप्त गरेका हुन् । यसैबीच कराँतेमा पनि आज अर्को स्वर्ण पदक थप भएको छ । नविन रसाइलीले ६७ केजीमा स्वर्ण पदक जितेका छन्। मंगलबार सातदोबाटोस्थित कराते…