Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते पुरुष टिम कातामा पनि नेपालले स्वर्ण जितेको छ । गत सोमबार भएको खेलमा मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर र महसुस तामाङको टिमले स्वर्ण जितेको हो । मण्डेकाजीले पुरुष एकल कातामा पनि नेपाललाई स्वर्ण दिलाएका थिए ।
भोजपुर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बालागुरु षडानन्द अधिकारीलाई राष्ट्रिय विभूति घोषणा गरिने बताएका छन । बालागुरुको १८५ औं जन्मजयन्ती मनाउन आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले षडानन्दको योगदानलाई कदर गर्दै राज्यले राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने धारणा राखे । षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न प्रदेश १ सरकारबाट निर्णय गरेर केन्द्र पठाउने समेत बताउँदै मुख्यमन्त्री राईले भने “उनको योगदानको सम्मानका लागि राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ तर यसमा ढिला भइररहेको छ, म प्रदेश सरकारबाट निर्णय गरेर तत्काल केन्द्र सरकारमा पठाउँछु ।’’ सो अवसरमा उनले प्रदेश १ सरकारको करिब १३ लाख लागतमा बन्ने षडानन्द बहुउद्देश्यीय धर्मशालाको शिलान्यास…
काठमाडौँ : सामुदायिक विद्यालयमा कोरियाली धारका इसाईहरू प्रवेश गरी हप्तामा एक दिन सबै विद्यार्थी राखेर प्रार्थना गर्ने वातावरण मिलाइदिए छात्रावाससहित भौतिक संरचना निर्माण गरिदिने वचन दिन थालेका छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीस्थित भूमिस्थली भन्ने स्थानमा रहेको बालसुधार माध्यमिक विद्यालयमा प्रवेश गरी एकान्तकुनाबाट आएको भन्दै यस्तो प्रलोभन देखाएको प्रधानाध्यापक विन्दुराज खनालले जानकारी दिए । प्रस्ताव स्वीकार गरे सबै कुरा थाहा पाइन्छ भन्दै त्यो समूहले संस्था र त्यसमा संलग्न व्यक्तिको नामसमेत बताउन चाहेन । बरु प्रभु येशुको प्रार्थना गरे सबै ठीक हुने दाबी गरेको थियो । “हामी वैदिक सनातन हिन्दू धर्मावलम्बी भए पनि विद्यालयमा सरस्वती वन्दनाबाहेक कुनै पनि धार्मिक क्रियाकलाप गर्दैनौँ, इसाई…
काठमाडौं : फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले ४५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको हिजो आइतबार बसेको सञ्चालक समिति बैठकले यो निर्णय गरेको हो । कम्पनीले गत वर्षको कमाईबाट ३२.५०प्रतिशत बोनस र १२.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । फरवार्डले १२ करोड २७ लाख ४३ हजार रुपैयाँ बोनस वितरणमा र ४ करोड ७२ लाख ९ हजार रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ । प्रस्तावित लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ । गत वर्ष पनि फरवार्डले २५ प्रतिशत बोनस र २० प्रतिशत नगद गरी कुल…
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो । नेपालको स्कोर २४.८८ रह्यो । रजतमा चित्त बुझाएको पाकिस्तानको २३.३ अंक छ । त्यस्तै ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यो नेपालको दोस्रो स्वर्णपदक हो । सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी छिन् ।
सुनसरी–धरान उपहानगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा नेकपाले जीत हात पारेको छ । गत शनिवार भएको उपचुनावमा नेकपाका जीवन सुवेदीले एक भोटको अन्तरले चुनाव जीतेका हुन् । नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार सुवर्ण पालिखेले ६२१ मत पाए । वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् ।
काठमाडौं: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आर्थिक विकासका आधार लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घन र विकास सरकारको प्राथमिकता दृढ भएर लाग्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघहरुको संयुक्त प्रतिनिधि मण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले भने – ‘लघु, घरेलु तथा साना उद्योगहरुसँग सिँगो राष्ट्रको राष्ट्रिय हित जोडिएको छ । यो क्षेत्रलाई अगाडि बढाउने कुरामा म दृढ छु ।’ उद्योग मन्त्रालयसँग लघु, घरेलु तथा साना उद्योगहरुको प्रत्यक्ष सम्बन्ध रहेको भन्दै उनले भने– ‘तपाईहरुको सफलतासँगै मेरो सफलता पनि जोडिएको छ, मेरो सफलतासँग तपाइहरुको सफलता पनि जोडिएको छ ।’ समस्याका साथै समाधानका…
काठमाडौँ: सरकारले मासुजन्य वस्तुको आयातलाई निरुत्साहित गर्दै उत्पादन बढाउने नीति अबलम्वन गरेको छ । कुखुराको मासुमा मुलुक करिब करिब आत्मनिर्भर भएको भन्दै भारतबाट आउने जिउँदो कुखुरामा समेत व्यवसायीले स्वनियमन गरिरहेका छन् । वैधानिक रुपमा तयारी मासुको आयात भने नेपालमा न्यून छ, तर मुलुकमा ठूलो परिमाणमा अवैध मासु भित्रिरहे पनि त्यसको नियन्त्रण गर्न सकिएको छैन । भन्सार कार्यालयको बाटो हुँदै हजारौँ किलो मासु भित्रिरहेको हालैको एक घटनाले पुष्टि गरेको छ । दुईवटा गाडीमा हालेर भारतबाट ल्याइएको रु ६० लाख मूल्यको १२ हजार किलो मासु बरामद भएसँगै बाह्य मुलुकबाट अवैधरुपमा ठूलो परिमाणको मासु भित्रिने गरेको तथ्य खुलेको हो । करिब पाँच÷सात वर्ष…
काठमाडौं ः १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले तेक्वान्दोमा अर्को स्वर्ण जितेको छ । तेक्वान्दोको पुम्सेमा २९ वर्षमुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । यससँगै सागमा नेपालको तीन स्वर्ण, एक रजत र एक काष्य भएको छ ।
पोखरा: कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १९ उम्मेदवारको जमानत जफत भएको छ । सो क्षेत्रमा २१ जनाले मनोनयन दर्ता गराएकामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको हो । जमानत जोगाउनका लागि खसेको मतको १० प्रतिशत मत पाउनुपर्ने निर्वाचन ऐनमा उल्लेख छ कास्की २ मा ७१ हजार ८७१ मतदातामध्ये ४५ हजार ५४६ ले मतदान गरेका थिए । जमानत जोगाउनका लागि कम्तीमा चार हजार ५५६ मत चाहिएको थियो । चुनावी मैदानमा २१ जनामध्ये पाँच मत कटाउन नसकेका उम्मेदवारको सङ्ख्या छ रहेको छ । स्वतन्त्र उम्मेदवारका रुपमा रहनुभएका उहाँहरुमा दुई जनाले एक–एक मत, तीन…