काठमाडौं : फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले ४५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको हिजो आइतबार बसेको सञ्चालक समिति बैठकले यो निर्णय गरेको हो ।
कम्पनीले गत वर्षको कमाईबाट ३२.५०प्रतिशत बोनस र १२.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
फरवार्डले १२ करोड २७ लाख ४३ हजार रुपैयाँ बोनस वितरणमा र ४ करोड ७२ लाख ९ हजार रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ ।
प्रस्तावित लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ ।
गत वर्ष पनि फरवार्डले २५ प्रतिशत बोनस र २० प्रतिशत नगद गरी कुल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो । तर, यो पटक भने कम्पनीले नगद घटाएर बोनसमा जोड दिएको छ ।
हाल फरवार्डको चुक्ता पुँजी ३७ करोड ७६ लाख ७२ हजार रुपैयाँ रहेको छ । यसमा ३२.५०प्रतिशत बोनस वितरणपछि पुँजी ५० करोड ४ लाख १५ हजार रुपैयाँ पुग्नेछ ।