Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: १३ औं दक्षिण एसियाली खेलकुदको भव्य उद्घाटन समारोह सुरु भएको छ । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन् । साग उद्घाटनको मार्चपासमा नेपालको झण्डा ओलम्पियन भारोत्तोलक कमलबहादुर अधिकारीले बोकेका छन् । उनले सन् २००६ मा भएको दशौं सागमा स्वर्ण पदक समेत जितेका थिए । यसअघि समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल सरकारले सागलाई सफल तुल्याउन निकै प्राथमिकता दिएर पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको बताए। उनले भने , “यो खेलकूद प्रतियोगिता प्रतिस्पर्धा र पदक मात्र होइन, सार्क मुलुकबीचको एकता र मित्रता पनि हो ।” मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्र्मा, सदस्य सचिव रमेशकुमार…
काठमाडौँ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको निर्णय बदर गरी ६४ जना भूकम्प पीडित पुनःनिर्माण लाभग्राही सूचीमा सूचीकृत भएका छन् । पुनरावेदन समितिले प्राधिकरणको निर्णय बदर गरी ६४ भूकम्प पीडितलाई लाभग्राही कायम गरेको हो । समितिले एक हजार ५२० मुद्दाको फैसला गरेको सदस्य अधिवक्ता भीष्मराज कडरियाले बताए । उनका अनुसार ३८९ लाई गैर लाभग्राही, ३७२ मुद्दा खारेज, ६४ लाभग्राही र १९ मुद्दालाई तामेलीमा राखिएको छ । समितिमा दर्ताका लागि छ हजार ४५ को आवेदन सङ्कलन भएको छ । जाँचबुझ गरी चार हजार ७८५ निवेदन दर्ता भएका थिए । दुई हजार ९२५ मुद्दाको प्रमाण बुझ्न आदेश…
काठमाडौं :नेपाल बंगलादेश बैंकले आफ्ना शेयरधनीलाई दिने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । सभामा बैंकले १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस ७ गते वार्षिक साधारण सभा बोलाएको हो । बंगलादेश बैंकले गत आर्थिक वर्षको कमाईबाट ५ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश दिन लागेको हो । साधारण सभा गर्नका लागि बैंकले मंसिर २६ गते बुक क्लोज गर्दैछ । मंसिर २५ गतेसम्म कायम सेयरधनीले नगद लाभांश पाउनेछन् । साधारण सभा राष्ट्रिय सभा गृहमा बिहान ९ बजे सुरु हुनेछ । कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण…
काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नीतिगत सुधारका कारण मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढिरहेको बताएका छन । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २२औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा डा गभर्नर नेपालले राष्ट्र बैंकले निकै मेहनतपछि लगानीमैत्री नीतिगत सुधार गरेकाले पछिल्ला वर्षमा अर्थतन्त्रका सकारात्मक सूचक देखा पर्न थालेको उल्लेख गरे । उनले भने, “मुलुकको अर्थतन्त्रलाई सबलीकरण गर्न राष्ट्र बैंकले राम्ररी अध्ययन र मेहनत गरेर विभिन्न नीतिहरु ल्याएको छ, त्यसैको परिणामस्वरुप तीन वर्षयता नेपालको अर्थतन्त्रमा सकारात्मक सुधार आइरहेको छ । यसको प्रभाव अझै बढ्ने देखिन्छ ।” गभर्नर नेपालले व्यापार, वाणिज्य तथा उत्पादनमूलक…
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालीन घटनामा आममाफी दिने गरी कानून नबनाइने प्रतिबद्धता जनाएका छन । नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज शहीद बुद्धिमान पाख्रिनको १७औँ स्मृतिका अवसरमा शहीद बुद्धिमान स्मृति प्रतिष्ठान दोलखाद्वारा आयोजित कार्यक्रममा उनले द्वन्द्वकालका हत्या, बलात्कारजस्ता जघन्य अपराधीले उन्मुक्ति पाउने गरी कानून नबन्ने स्पष्ट पारे । अध्यक्ष दाहालले भने, “द्वन्द्वको नेतृत्व मैले गरेको हुँ, त्यसको जिम्मेवारी मैले लिनुपर्छ, विस्तृत शान्ति सम्झौता भएदेखि नै हत्या, बलात्कारजस्ता जघन्य अपराधीले उन्मुक्ति पाउनु हुँदैन भनेर भन्ने मै हुँ, प्रत्येक घटनाको छानबिन गरौँ भनेर मैले नै भनेको हुँ ।” …
डोटी : सुदूरपश्चिमका पाँच जिल्लाका सात वटा वडामा शनिबार सम्पन्न भएको उपनिर्वाचनमा पाँच वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र दुई वडामा नेपाली कांग्रेस विजयी भएको छ । डोटीको आदर्श गाउँपालिका–२ मा नेकपाका रामबहादुर बोहरा ६६८ ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महादेव साउदले कूल ६५६ मत प्राप्त गरेका छन। वडाभरिमा कूल दुई हजार ४०० मतदाता रहेकामा कूल एक हजार ५९० मत खसेको तथा ६० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको विसं २०७५ जेठ १५ गते जीप दुर्घटनामा परी निधन भएपछि उक्त पद रिक्त रहेको थियो । …
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालीन घटनामा आममाफी दिने गरी कानून नबनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज शहीद बुद्धिमान पाख्रिनको १७औँ स्मृतिका अवसरमा शहीद बुद्धिमान स्मृति प्रतिष्ठान दोलखाद्वारा आयोजित कार्यक्रममा उहाँले द्वन्द्वकालका हत्या, बलात्कारजस्ता जघन्य अपराधीले उन्मुक्ति पाउने गरी कानून नबन्ने स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “द्वन्द्वको नेतृत्व मैले गरेको हुँ, त्यसको जिम्मेवारी मैले लिनुपर्छ, विस्तृत शान्ति सम्झौता भएदेखि नै हत्या, बलात्कारजस्ता जघन्य अपराधीले उन्मुक्ति पाउनु हुँदैन भनेर भन्ने मै हुँ, प्रत्येक घटनाको छानबिन गरौँ भनेर मैले नै भनेको हुँ ।” उहाँले द्वन्द्वमा जघन्य अपराध गर्ने दोषीलाई कारवाही…
काठमाडौँ : एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी छ । उनको मिर्गौलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिएका छन । “प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ ।” उपचारमा सम्लग्न महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले भने । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्रीले विहीबारदेखि नै मुखबाट ठोस खाना खान र विस्तारै हिडडुल गर्न थालेका थिए । …
भक्तपुर : भक्तपुर क्षेत्र नं १ (क)मा प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन । यसअघिको चुनावमा नेकपाले जितेको उक्त क्षेत्रमा काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेल, १३ हजार ४४९ मत ल्याएर विजयी भएका हुन । निकटतम प्रतिद्वन्द्वी नेकपाका डिपी ढकालले ११ हजार २०६ मत प्राप्त गरेका थिए भने नेमकिपाका उम्मेदवार निरज लवजूले पाँच हजार ८२९ मत प्राप्त गर्दै तेश्रो स्थानमा पुगेका छन । नेमकिपाले यस क्षेत्रमा आफूलाई मुख्य प्रतिस्पर्धी पार्टीको रुपमा उभ्याउन सकेन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्यामप्रसाद नेपालले ५७४ र साझा पार्टीका सुरज प्रधानले ३८५ मत प्राप्त गरेको छ । २०७४…
सप्तरी : सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को उपनिर्वाचनमा राजपा नेपाल विजयी भएको छ । सो पार्टीका प्रमिलादेवी यादव ५४० मत ल्याई वडाध्यक्षमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए । यादव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अच्छेलाल यादवभन्दा ११ मत बढी ल्याई निर्वाचित भएका हुन । यसअघि वडाध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार बनेका अच्छेलाललाई आठ मतको मतको अन्तरले पराजित गरी राजपा नेपालका प्रभाकर यादव निर्वाचित भएका थिए । उनी जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि रिक्त सो पदका लागि उपनिर्वाचन भएको हो । निर्वाचित प्रमिला प्रभाकर यादवकी श्रीमती हुन । मतगणनाअनुसार नेपाली काङ्ग्रेसका शिवनारायण मण्डलले…