Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

पर्वत: पर्वतको कुश्मा नगरपालिका–८ चुवामा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी १ जलविद्युत् आयोजनाको प्रवद्र्धक युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका कर्मचारी आन्दोलित बनेका छन् । यसअघि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै त्यहाँ आयोजना र कार्यरत कर्मचारीबीच विवाद उत्पन्न भएको छ । केही महिनाअघि पनि कर्मचारी र आयोजनाबीच विवाद भएपछि १२ प्रतिशतसम्म तलब वृद्धि गर्ने सहमतिसहित विवाद सुल्झिए पनि पुनः कर्मचारीले तलब वृद्धि नगरी भत्तामात्रै वृद्धि गरेको भन्दै आन्दोलित बनेका हुन् । आयोजनामा कार्यरत असन्तुष्ट ३५ कर्मचारीले आयोजनाले पटक–पटक आफूहरुलाई झुक्क्याएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतले आवश्यक न्याय दिलाउन माग गरेका छन् । “आयोजनाले हाम्रो माग कहिल्यै सुनुवाइ गरेन”, आन्दोलित कर्मचारी सङ्घर्ष…

Read More

कलैया : गढीमाई मेलामा बलि चढाउनका लागि भारतबाट ल्याउने पशुहरुलाई पशुअधिकारकर्मीले सीमामा रोक्ने गरेको कामले समस्या सिर्जना हुने भन्दै पाँच दिनका लागि नरोक्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायका प्रमुखहरु, सांसद, प्रदेशसभा सदस्य, पालिका प्रमुखहरु, जिल्ला समन्वय समितिका पदाअधिकारीहरुले स्थानीय जनता र पशुअधिकारकर्मीबीच बलि रोक्ने विषयमा उग्ररुप लिई सुरक्षा चुनौती थप्न सकिने भन्दै कम्तीमा पनि भारतबाट ल्याइने राँगा, बोकालाई नरोक्न आग्रह गर्नुभयो । सर्वाेच्च अदालतले पशुबलिलाई निरुत्साहित गर्न निर्देशनात्मक आदेश गरे पनि धार्मिक आस्थासँग जोडिएको पशुबलिलाई एकाएक रोक्दा दुर्घटना हुने सम्भावना उत्तिकै रहेको सांसद रामसहाय यादवले बताउनुभयो । सीमामा गई पशुबलि रोक्न जाँदा अभियानकर्मीहरु थोरै हुने तर…

Read More

काठमाडौँ: गर्भवती र सुत्केरीका लागि लक्षित हवार्ई उद्धार कार्यक्रमअन्तर्गत साउनदेखि कात्तिकसम्ममा ३० महिलाको उद्धार भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चालू आर्थिक वर्षमा ५० सुत्केरी महिलाको उद्धारलक्ष्य राखेकामा पहिलो चार महिनामै सो सङ्ख्या पुगेको हो । मन्त्रालयले गत वर्ष कात्तिक ३० देखि दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवार्र्ई उद्धारलाई तीव्रता दिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको सो कार्यक्रम दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले तयार गरेको उद्धारसम्बन्धी कार्यविधि, २०७५ अनुसार २९ जिल्ला पूर्णरूपमा र विभिन्न जिल्लामा आंशिकरुपमा सो कार्यक्रम लागू भएको छ । गत आवमा…

Read More

काठमाडौँ: पछिल्लो ६ वर्षको अवधिमा त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थल तथा चीन र भारतसँग जोडिएका नाकाबाट ५ सय ६७ केजी सुन बरामद भएको छ । जुन अहिलेको दरअनुसार करिब ३ अर्ब ५० करोड रुपैयाँ मूल्य बराबारको हो । तस्करीमा संलग्न ४५५ जना नेपाली र विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ परेका केहीबाहेक अधिकांश भरिया रहेको प्रहरी अधिकारीले बताएका छन् । चीन, भारत, नेपाल, दुबई, हङकङ, सिंगापुर,थाइल्याण्डलगायत मुलुमा बसेर सुन अवैध रुपमा ओहोरदोहोर गराउन गिरोह सक्रिय रहेपनि निस्तेज पार्न सरकारले सकेको छैन । यो समाचार कान्तिपुर दैनिकमा रहेको छ ।

Read More

भक्तपुर: भक्तपुर क्षेत्र नं १ प्रदेश (क)मा आज हुन गइरहेको उपनिर्वाचनको दिन पेप्सिकोला, मध्यपुरथिमि राधेराधेदेखि काभ्रे नाकासम्म सवारी साधन प्रवेशमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज विज्ञप्तिमार्फत भोलि हुने उपनिर्वाचनको सुरक्षालाई दृष्टिगत गरी बिहिबार राति १२ देखि आज राति ९ बजेसम्मका लागि सार्वजनिक तथा निजी सवारी साधन प्रवेशमा रोक लगाएको जनाएको छ । एम्बुलेन्स, शववाहन, दमकल र निर्वाचन आयोगका सम्बन्धित अधिकृत एवं स्वीकृत सवारी पास प्राप्त गरेका सवारी साधन बाहेकका सम्पूर्ण सवारी साधनलाई प्रवेशमा रोक लगाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । प्रहरीले अरनिको राजमार्ग काभ्रेको साँगादेखि मध्यपुरथिमिको राधेराधेसम्मको सडक…

Read More

काठमाडौँ: प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान सात बजेदेखि मतदान शुरु भएको छ । मतदानका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भएको र भरपर्दो व्यवस्था मिलाइएको हुँदा कुनै शङ्का, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आह्वान गर्नुभएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायको समन्वय र सहभागितामा उपनिर्वाचन लक्षित भरपर्दाे एकीकृत सुरक्षा योजना बनाइएको छ । प्रतिनिधिसभातर्पm २१, प्रदेशसभा सदस्य तर्पm ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस…

Read More

काठमाडौँ: सञ्चार क्षेत्रका विज्ञहरुले प्रेस काउन्सिल नेपालले पछिल्लो पटक सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरण निष्पक्ष नभएको भन्दै पुनः वर्गीकरण गर्नुपर्ने माग गरेका छन् । नेपाल पत्रकार महासङ्घ, काठमाडौँ, ललितपुर र भक्तपुर शाखाको प्रतिनिधि टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई भेटेर आर्थिक वर्ष २०७४÷७५ को पत्रपत्रिकाको नतिजा मनोमानी, पूर्वाग्रही, विभेदपूर्ण र अवैज्ञानिक ढङ्गबाट गरिएको भन्दै पुनः वर्गीकरण गर्न माग गरेको हो । ती शाखाले पत्रकार आचारसंहिता जागरणका नाममा प्रेस काउन्सिलभित्र गरिने खर्च र त्यसले प्राप्त गरेको उपलब्धि तथा प्रतिफलको वैज्ञानिक अनुसन्धान गरी त्यसको बिल तथा सम्पूर्ण विवरण सार्वजनिक गर्नुपर्नेमा समेत जोड दिएका छन् । सरकारले हाल पत्रकारका लागि लागू गरेको…

Read More

काठमाडौँ: तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको आज भएको अन्तिम खेलमा नेपाल भारतसँग ३–० ले पराजित भएको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा भारतले नेपाललाई शुरुआतदेखि दबाबमा राखेको थियो । भारतले पहिलो सेट २५–१५ अङ्कले, दोस्रो सेट २५–१३ ले तथा तेस्रो सेट २५–१६ अङ्कले जितेको हो । यसअघि नेपाल पहिलो खेलमा बङ्गलादेशसँग ३–२ ले पराजित भएको थियो । भारत समूह ‘ए’को विजेता तथा बङ्गलादेश उपविजेता बन्दै सागको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

Read More

कास्की: आसन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग) लाई लक्षित गरेर पोखरामा निर्माणाधीन फुटबल रङ्गशालाको प्यारापिटमा १० हजार सिट जडान गरिएको छ । सागअन्तर्गत महिला फुटबल यही रङ्गशालामा खेलाइने भएपछि मैदानको पूर्व र पश्चिमतर्फ प्यारापिटसहित सो सङ्ख्यामा सिट जडान गरिएको हो । गत वर्षको असार मसान्तभित्रमा रङ्गशाला तयार गर्ने गरी सोही वर्षको पुसमा ठेक्का सम्झौता भए पनि रङ्शालाको आधा काम सम्पन्न हुन अझै बाँकी छ । पछिल्लो समय साग नजिकिएसँगै हतार हतारमा काम गरेर भए पनि खेल सञ्चालन गर्न लागिएको छ । साधारण, विशिष्ट तथा अतिविशिष्ट गरी १८ हजार ५०० दर्शक क्षमताको प्यारापिट निर्माण गर्ने सम्झौतामा उल्लेख भए पनि अतिविशिष्ट…

Read More

काठमाडौँ: राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी प्रवद्र्धनका लागि आफ्ना जहाज तथा अन्य यातायातका साधनमा भ्रमण वर्षका लागि प्रतीक चिह्न राख्न शुरु गरेको छ । निगमको गत मङ्सिर ५ गते भएको बैठकले सबै जहाज तथा सवारी साधनमा प्रतीक चिह्न राख्ने निर्णय गरेको थियो । त्यसको तीन दिनपछि निगमले विज्ञप्ति जारी गर्दै निगमको निर्णयअनुरुप सम्बन्धित विभागलाई भ्रमण वर्षको प्रतीक चिह्न राख्ने काम तत्काल लागू गर्न निर्देशन दिएको थियो । सोही निर्णयअनुरुप निगमले सबै सवारी साधनमा भ्रमण वर्षको प्रतीक चिह्न टाँसिसकेको छ । आन्तरिक उडानका सबै आठ जहाजमा प्रतीक चिह्न राख्ने काम भइरहेको निगमका…

Read More