Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
- १०९ विद्यालयमा साढे ६ अर्ब लगानी, के के मा हुनेछ खर्च?
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ, ३० असोज । आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म सञ्चालन हुने ‘नेपाल प्रिमियर लिग’ NPL’ को तेस्रो संस्करणलाई अन्तराष्ट्रिय क्रिकेट परिषद्ले औपचारिक मान्यता प्रदान गरेको छ । नेपाल क्रिकेट संघ -क्यानले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । विज्ञप्तिमा आईसीसीबाट प्राप्त स्वीकृतिबारे उल्लेख गर्दै क्यानले भनेको छ, “आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास नेपाल क्रिकेट संघले लिएको छ।” प्रतियोगितालाई विश्वमञ्चमा स्थापित गराउने उद्देश्यका साथ क्यानले आईसीसीप्रति आभार प्रकट गर्दै थप भनेको छ, “यस महत्त्वपूर्ण मान्यताका लागि आईसीसीप्रति नेपाल…
काठमाडौँ, ३० असोज । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४ सय १८ सिट वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले शैक्षिक सत्र २०८३र८४ का लागि कुल ९ हजार ६ सय ९१ सिट निर्धारण गर्दै सो निर्णय गरेको हो। यो सङ्ख्या गत वर्षभन्दा ४ सय १८ ले बढी हो। सिट निर्धारण प्रक्रियाका लागि देशभरका कुल ९० वटा शिक्षण संस्थाले स्व(मूल्याङ्कन फाराम भरेर सिट माग गरेका थिए। विज्ञान तथा प्रविधिसहितको टोलीले गरेको अनुगमनको प्रतिवेदनलाई आधार बनाएर ९० मध्ये ८४ वटा शिक्षण संस्थालाई यस वर्ष सिट निर्धारण गरिएको छ।…
काठमाडौं: विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले शुक्रबार अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई सैद्धान्तिक सहमति प्रदान गर्न आशयपत्र जारी गर्ने निर्णय गर्नु भएसँगै अब निजी क्षेत्रले पनि विद्युत बजार खोज्न र व्यापार गर्न बाटो खुलेको हो ।मन्त्री श्रेष्ठको यस निर्णयबाट निजी लगानीको दायरा फराकिलो तथा नेपालको ऊर्जा क्षेत्रको संरचनात्मक सुधारतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । मन्त्री श्रेष्ठले शुक्रबार गर्नुभएको मन्त्रीस्तरीय निर्णयले विद्युत् उत्पादनमा मात्र सीमित निजी क्षेत्रलाई अब विद्युतको बजार खोज्ने, सम्भावित स्वदेशी तथा विदेशी साझेदार पहिचान गर्ने र विद्युत् खरिद बिक्रीका लागि आवश्यक…
काठमाडौं, असोज ३० । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरीलाई आगामी दिनमा हुनसक्ने सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । ७१औँ प्रहरी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले सधैँ अग्रभागमा खटिएर जनताको सेवा गर्ने प्रहरीलाई सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको उल्लेख गरे । उनले प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारणको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सरकारले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना बनाएको समेत जानकारी दिए । प्रधानमन्त्री शाहले कर्तव्य पालनाको सिलसिलमा हालैको भोटेकोसी–त्रिशूलीको विपद् तथा विभिन्न कालखण्डमा अमरत्व प्राप्त गरेका प्रहरीप्रति…
काठमाडौं, असोज ३० : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा सर्वाधिक मत पाएर विजयी भएका छन्। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार महर्जनले पाँच हजार ३३० मत प्राप्त गरेका हुन्। प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका सचेत निष्कल राईले चार हजार ९५६ मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेका छन्। त्यस्तै बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ चार हजार ७३२ मत प्राप्त गरी तेस्रो स्थानमा निर्वाचित भएका छन्। निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार प्राडा गोविन्दराज पोखरेलले चार हजार ४६०, इन्जिनियर मोहन आचार्यले चार हजार ३७०, जितनारायण श्रेष्ठले चार हजार ३४७ र प्रवल थापाले चार हजार १७५…
काठमाडौं, असोज २९ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले २०८३ सालको फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण गरेका छन् । नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत असोज ३१ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने समारोहको तयारीबारे उनले आज असोज २९ गते निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा आर्थिक वर्ष २०८२र८३ मा सञ्चालित विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने सैनिक तथा युनिटलाई पुरस्कार र कदरपत्र प्रदान गरिएको छ। साथै, उत्कृष्ट कार्यसम्पादन गर्ने सैनिकलाई सम्मान, पदोन्नति प्राप्त सैनिकलाई दर्ज्यानी चिह्न तथा प्रकृति संरक्षणमा योगदान पुर्याउने सकलदर्जालाई प्रकृति संरक्षण पदक प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।
काठमाडौं असोज २९ । लगातार पाँच कारोबार दिनदेखि बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले बिहीबार पनि सकारात्मक गति कायम राखेको छ। यस दिन नेप्से ४.५६ अंकले बढेर २६२५.९३ विन्दुमा बन्द भएको छ। परिसूचकसँगै शेयर कारोबार रकममा समेत वृद्धि भएको छ। बुधबार ४ अर्ब १३ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबार ४ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यस दिन ३४९ कम्पनीका १ करोड ३६ लाख २४ हजार कित्ता शेयर कारोबारमा किनबेच भएका छन्। कारोबारमा बेनी हाइड्रोपावर प्रोजेक्टको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य ४० रुपैयाँ ९० पैसाले बढेर ३१३ रुपैयाँ ९० पैसा…
काठमाडौं, २८ असोज। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको हो। शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो एक ऐतिहासिक कदम भएको बताउँदै यसै चालु आर्थिक वर्षमा ती विद्यालयहरूको संरचना सुदृढीकरणका लागि कूल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जनाएका छन् । मन्त्री पोखरेलका अनुसार, यस योजनाअन्तर्गत पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको…
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार जारी खेलमा नेपालले आयोजक ओमानलाई २६४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको हो। नेपालको इनिङ्समा पूर्वकप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए भने करण केसीले अन्तिमतिर आक्रामक ब्याटिङ गर्दै मात्र १६ बलमा ४० रन जोडेपछि नेपालको स्कोर प्रतिस्पर्धात्मक बनेको हो। रोहितले ६७ बलमा एक छक्का र तीन चौका प्रहार गरे। उनले ओमानविरुद्धको यस खेलमा अर्धशतक बनाउँदै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो १३औँ अर्धशतक पूरा गरे। यही शृंखलाअन्तर्गत आइतबार क्यानडाविरुद्धको खेलमा उनले शतक प्रहार गरेका थिए। नेपालका ओपनर अर्जुन कुमालले…
Writing काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा विभिन्न आरोपबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषयमा सार्वजनिक भएका आरोपलाई गम्भीर र संवेदनशील रूपमा लिएको स्पष्ट पारेको छ। विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा उभिएको पार्टीले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता आरोपलाई सामान्य रूपमा लिन नसकिने जनाएको छ। महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको पनि रास्वपाले…