Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल(भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव छन् । यी सीमास्तम्भ कहाँ गए भन्ने स्पष्ट जानकारी छैन । जसमध्ये मुख्य सात, सहायक नौ र साना ७८ छन् भने बाँकेमा नौ सीमास्तम्भ गायव पारिएका छन् । जसमध्ये मुख्य चार र सहायक पाँच सीमास्तम्भ छन् । बाँके, बर्दियासँग सीमा जोडिएको भारतको बहराइच जिल्ला पर्दछ । करिब ६५ किलोमिटर बाँकेखण्ड र ८० किलोमिटर बर्दियाखण्ड रहेको छ…

Read More

काठमाडौं : गत आइतबार रातिदेखि हराइरहेको नेपाल आयल निगमको डिलेज लोड भएको ट्यांकर धनुषामा रित्तै फेला परेको छ। निगमको इन्धन डिपो अमलेखगञ्जबाट गत आइतवार अपराह्न २ बजे २० हजार डिजल लोड गरेर १ नम्बर प्रादेशिक कार्यालय विराटनगर प्रस्थान गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सोही दिन राति सिरहाबाट बेपत्ता भएको थियो। इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार बेपत्ता भएको ट्याङ्कर धनुषाको रामदहैया भवाडे भन्ने स्थानमा फेला परेको हो । उनले यसबारे विस्तृत अनुसन्धान भइरहेको बताए । सिरहाको लहानस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हुलाक कार्यालय अगाडि पार्किङ गरी विश्राम गरेको अवस्थामा मध्यरातमा अज्ञात समूहको…

Read More

काठमाडौं : मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलेको केही दिन भयो। यही कारण सरकारी कामसमेत प्रभावित भएपछि मन्त्रीहरूले नै मंगलबार मुख खोलेर सोधे, ‘प्रधानमन्त्रीज्यू, यथार्थ के हो ? ’ ‘हो,’ प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठकमा भने, ‘भोलि (बुधबार) कसैले कार्यक्रम नराख्नुहोला। चनाखो भएन, टाढा गयो, यता हेरफेर भयो भने मन्त्रीकै मर्यादाको पनि कुरा हुन्छ। त्यसमा तपाईंहरूले ख्याल गरिदिनुहोला।’ यसले बुधबार मन्त्रिपरिषद् हेरफेर हुने बलियो सम्भावना देखाएको छ। ‘मन्त्रिपरिषद् पुनर्गठनको धेरै पहिलेदेखि चर्चा भएको छ। यस विषयमा मैले पार्टी सचिवालय बैठकमा पनि भनेकै छु। सामान्य हेरफेर हुन्छ। हेरफेर भन्नेबित्तिकै सबै पर्ने कुरा आएन। कतिपय नयाँ साथीलाई अवसर दिन पनि यस्तो गर्नुपर्छ,’ प्रधानमन्त्रीले…

Read More

तुलसीपुर : प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन गइरहेको दाङमा प्रहरीले धमाधम नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तालाई पक्राउ गर्न थालेको छ । मङ्गलबार मात्रै दाङको बबई गाउँपालिका वडा नं २ ट्वाङखोला बस्ने ४८ वर्षीय रणबहादुर वलीलाई पक्राउ गरेको छ । सोही ठाउँमा हिँड्डुल गरिरहेको अवस्थामा मङ्गलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताउनुभयो । वली विप्लव समूहका जिल्ला कमिटी सदस्यसमेत रहेका छन् । प्रहरीले चार दिनको अवधिमा सो समूहका चार नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । यही मङ्सिर १४ गते क्षेत्र नं ३ को (ख) मा उपनिर्वाचन हुँदैछ ।

Read More

हेटौँडा: नमूना परियोजनाका रुपमा गत आर्थिक वर्षबाट शुरु गरिएको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई प्रदेश नं ३ का सबै जिल्लामा विस्तार गरिने भएको छ । कार्यक्रममा प्रदेश नं ३ का सर्वसाधारणलगायत सबैको पहुँच विस्तार गरिने भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा सीमान्तकृत जाति, समुदाय, ज्येष्ठ नागरिक, द्वन्द्वपीडितलगायत दायरा निर्धारण गरेर मात्र मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको भए पनि यस आर्थिक वर्षदेखि भने सम्पूर्ण नागरिकलाई समेट्न लागिएको सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिनुभयो । गत आवमा निर्धारण गरिएको दायरालाई फराकिलो बनाउँदै मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा सबै नागरिकलाई २५ प्रतिशत छुट दिने गरी कार्यक्रम…

Read More

काठमाडौं : अध्यागमन नाकाहरूबाट हुने मानव तस्करीको सेटिङ तोड्न गृह मन्त्रालयले नयाँ मापदण्ड ल्याएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी नै संगठित रूपमा तस्करीमा संलग्न पाइएपछि त्यस्ता गतिविधि रोक्न मन्त्रालय लागेको हो। अध्यागमनबाट यात्रु फर्किएको गुनासो बढेपछि मन्त्रालयले आवश्यक कागजपत्रवाहकलाई नरोक्न निर्देश गरेको छ। मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्री रामबहादुर थापाले आवश्यक कागजपत्रसहित आउने यात्रुलाई नरोक्न अध्यागमन विभागलाई निर्देशन दिएका हुन्। पर्यटक प्रवेशाज्ञा (भिसा)वाहक नेपालीलाई कर्मचारीले अनेक बहानामा रोक्दै आएका थिए। यात्रुले आवश्यक कागजपत्र देखाउँदा पनि ‘शंकास्पद यात्रा’ को संज्ञा दिँदै उनीहरूले रोक्ने गरेका थिए। फर्काइएकाहरूसँग चर्को पैसा असुल गरी प्रस्थान अनुमति दिने गरेका थिए। अध्यागमन डेस्क अधिकृतले तजबिजी अधिकार…

Read More

काठमाडौं : नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले एसीसी इमर्जिङ कपमा आफूले राम्रो खेल्न नसकेको भन्दै आत्मालोचना गरेका छन । प्रतियोगिताबाट बाहिरिएपछि नेपाली क्रिकेट टोलीले अझै धेरै सुधार गर्न बाँकी रहेको कप्तान मल्लले बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कप्तान मल्लले आफूले राम्रो खेल्न नसकेको स्वीकारेका छन । ‘भारत र बंगलादेशसँग अझ राम्रो गर्न सक्थ्यौँ। भारतसँग २३० रनसम्म बनाउन सक्थ्यौँ,’ उनले भने, ‘तर बंगलादेशसँग २०० सय पनि बनाउन सकेनौँ। हाम्रो ब्याटिङ पक्ष कमजोर रह्यो।’ ‘मोमेन्टम पाइसकेपछि बिल्ड अप गर्ने उनीहरुको तरिका हामीभन्दा निकै भिन्न थियो,’ उनले भारत र बंगलादेशसँगको खेल अनुभव सुनाए, ‘हामीले सिक्ने…

Read More

काठमाडौँ : बजारमा जैविक खाद्य वस्तुको नाममा तरकारीदेखि विभिन्न खाद्यान्न निर्वाधरूपमा बिक्री वितरण भइरहेको छ । कतिपयले जैविक फार्मको नाममा कम्पनी नै खोलेर ती चिजवस्तु निर्वाधरूपमा बिक्री वितरण गरिरहेका छन् । सरकारले गरेको परीक्षणमा बिक्री वितरण भएको तरकारीलगायत मालवस्तुमा विषादीको मात्रा बढी भएको पुष्टि भएर त्यसको नियन्त्रणको प्रयाससमेत जारी छ । त्यसैले उपभोक्ता पनि साइनबोर्डमा जैविक नाम देखेपछि सामान किन्न त्यसतर्फ नै आकर्षित हुने गरेका छन् तर विडम्बना नेपालमा जैविक उत्पादनको भने मापदण्ड नै बन्न सकेको छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अहिलेसम्म नेपालमा जैविक उत्पादनको मापदण्ड नै नबनेको जनाएको छ । …

Read More

काठमाडौँ : यातायात व्यवस्था विभागले आज र बुधबार ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ नगर्ने भएको छ । अहिले विभागमा सञ्चालनमा रहेका छपाइ उपकरणबाट ठूलो क्षमताको छपाइ उपकरण ९मास प्रिन्टर० मा रहेको तथ्याङ्क भण्डार ९डाटाबेस० मा सार्नका लागि सेवा अवरुद्ध गर्न लागिएको हो । सवारी चालक अनुमतिपत्र प्रणाली पुरानो सर्भरबाट नयाँमा सार्ने हुँदा यी दुई दिन सेवा दिन नसकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । विभागले हतारमा रहेका सेवाग्राहीलाई चाँडो छपाइ ९फास्ट प्रिन्टिङ० सेवा दिँदै आएकामा त्यो पनि यी दुई दिन अवरुद्ध हुने भएको छ । यी दुई दिनमा तथ्याङ्कसम्बन्धी सम्पूर्ण काम सकिने बताइएको छ । उनले…

Read More

काठमाडौं: सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ बढेको छ । सोमबार ७१ हजार ६ सय प्रतितोलामा कारोबार भएको सुनको मूल्य मंगलबार ७२ हजार कायम भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ७२ हजार रुपैयाँ छ । सोमबार छापावाल सुन तोलाको ७१ हजार ६ सयमा कारोवार भएको थियो । तेजावी सुनको मूल्य तोलाको ७१ हजार ७ सय रुपैयाँ पुगेको छ । सोमबार तेजावी सुनको मुल्य ७१ हजार ३ सयमा कारोवार भएको थियो । आज चाँदीको मुल्यमा १० रुपैयाँले बढेको छ । ८ सय ६० रुपैयाँ प्रतितोला तेकेको छ ।

Read More