Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत

    November 25, 2026

    नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

    November 24, 2026

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत
    • नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल
    • सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
    • सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने
    • प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’
    • सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!
    • १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’
    • मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 25
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » जैविकका नाममा विषादीको किनबेच छ्यापछ्याप्ती, छैन जैविक वस्तुको मापदण्ड

    जैविकका नाममा विषादीको किनबेच छ्यापछ्याप्ती, छैन जैविक वस्तुको मापदण्ड

    पहिलोक्लिकपहिलोक्लिकNovember 19, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ : बजारमा जैविक खाद्य वस्तुको नाममा तरकारीदेखि विभिन्न खाद्यान्न निर्वाधरूपमा बिक्री वितरण भइरहेको छ ।

     

    कतिपयले जैविक फार्मको नाममा कम्पनी नै खोलेर ती चिजवस्तु निर्वाधरूपमा बिक्री वितरण गरिरहेका छन् ।

     

    सरकारले गरेको परीक्षणमा बिक्री वितरण भएको तरकारीलगायत मालवस्तुमा विषादीको मात्रा बढी भएको पुष्टि भएर त्यसको नियन्त्रणको प्रयाससमेत जारी छ ।

     

    त्यसैले उपभोक्ता पनि साइनबोर्डमा जैविक नाम देखेपछि सामान किन्न त्यसतर्फ नै आकर्षित हुने गरेका छन् तर विडम्बना नेपालमा जैविक उत्पादनको भने मापदण्ड नै बन्न सकेको छैन ।

     

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अहिलेसम्म नेपालमा जैविक उत्पादनको मापदण्ड नै नबनेको जनाएको छ ।

     

    विभागका महानिर्देशक डा मतिना जोशी वैद्यले केही संस्थाले अन्तर्राष्ट्रिय मापदण्डका आधारमा गरेको भएपनि नेपालको आधिकारिक रूपमा प्रमाणपत्र दिने संस्था नै नभएको बताइन ।

     

    उनले जैविक भनिएका वस्तुको व्यवस्थापनमा चुनौती रहेकोसमेत बताइन ।

     

    “अहिलेसम्म बिक्री भइरहेका जैविक भनिएका वस्तु जैविक पनि हुन सक्लान् तर त्यसलाई प्रमाणित नभएसम्म र प्रमाणपत्र नदिएसम्म जैविक भन्न मिल्दैन, यो स्वघोषित मात्रै हो, जैविकको नाममा हुने ठगीलाई कालोबजारी ऐनअन्तरगत कारवाही हुनसक्छ”, महानिर्देशक वैद्यले भनिन ।

     

    उनले यो विभागको कार्य क्षेत्रमा समेत नपर्ने भएकाले धेरै ध्यान नदिएको समेत जिकिर गरिन ।

     

    वरिष्ठ खाद्य अनुसन्धान अधिकृत भीमप्रसाद पुलामीले परम्परागतरूपमा उत्पादन भएका वस्तुहरुलाई जैविक भन्ने चलन रहेको स्मरण गर्दै जैविक हुनका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्ने बताएका छन ।

     

    तीन वर्ष खेत बाँझो राखेको हुनुपर्ने, आफ्नो खेतभन्दा माथि अरुको खेत हुन नहुने, निश्चित क्षेत्रफल हुनुपर्ने, साँध सिमानासमेत मापदण्डअनुसारको खेतीबाली लगाएको हुनुपर्नेलगायत धेरै मापदण्ड पार गरेर मात्रै जैविक उत्पादन गर्न सकिने बताए ।

     

    कतिपय व्यक्तिले कम्पनीमा दर्ता गर्दा नै जैविक नाम राखेकाले पनि समस्या रहेको विभागले जनाएको छ । विज्ञका अनुसार उत्पादित वस्तुको परीक्षण गरेर मात्रै पनि जैविक प्रमाणित गर्न सकिँदैन ।

     

    अहिले खाद्य ऐन, २०२३ कार्यान्वयनमा छ । विभागले खाद्य ऐन र दाना ऐनको कार्यान्वयन गर्छ । प्रस्तावित नयाँ ऐन अहिले मन्त्रिपरिषद्मा पुगेको छ ।

     

     

    नयाँ आउन लागेको खाद्य स्वच्छता तथा गुण नियन्त्रण ऐनमा भने किसानको बारीदेखि उपभोक्ताको टेबलमा आउँदासम्म कुन मापदण्डमा राख्ने र त्यसको प्रक्रिया के हुने भन्ने कुरासमेत समावेश गरिएको पुलामीले जानकारी दिए ।

     

    नेपाली बजारमा झण्डै तीन हजार खाद्य वस्तु बिक्री वितरण हुने गरेको छ ।

    तर नेपाल सरकारले अहिलेसम्म १२७ वस्तुको मात्रै मापदण्ड तोकेको छ ।

     

    आवश्यकताको आधारमा केही मापदण्ड ल्याउने क्रममा रहेको तथा जीवनाषक विषादी, माइकोटक्सिनको सीमा निर्धारणको क्रममा रहेको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमलकुमार दाहालले जानकारी दिए ।

    खाद्य ऐनको दफा ३ मा ‘दूषित खाद्य पदार्थ वा न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्न मनाही छ’ भन्ने उल्लेख छ । त्यसैलाई आधार मानेर विभागले खाद्य वस्तुको गुणस्तर परीक्षणको काम गर्दै आएको छ ।

     

    दफा ३ विपरीतको कार्य गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा रु ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ भने अन्य ऐन, नियम वा आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई रु दश हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

    Facebook Comments Box

    जैविक वस्तुको मापदण्ड विषादीको किनबेच
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत

    November 25, 2026

    नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

    November 24, 2026

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026

    सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने

    November 24, 2026

    प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’

    November 24, 2026

    सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!

    November 24, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.