Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

चितवन: अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए । कार्यालयका अनुसार चौकी भवनको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा उनी गम्भीर घाइते भएका थिए । घाइते कँडेलको उपचारका क्रममा आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घटनाको अनुसन्धानका लागि दुईजना प्रहरीलाई नियन्त्रणमा लिइएको छ । कँडेल बिहान ७ः३० बजे बरण्डाबाट हामफालेका थिए । घर बिदामा…

Read More

काठमाडौँ: व्यवसायी सिद्धार्थ राणाले व्यक्तिगत तर्फ लगातार छैटौ पटकपनि सबैभन्दा बढी आयकर तिर्नेमा परेका छन् । आन्तरिक राजस्व विभागले राणालाई व्यक्तिगत तर्फ सबैभन्दा बढी आयकर तिरेकोमा सम्मान गरेको छ । उनी लगातार ६ वर्षसम्म सबैभन्दा बढी आयकर तिरेकोमा सम्मान पाउने व्यवसायीमा पर्छन् । राणा सिप्रदी टेड्रिङका अध्यक्ष हुन् । उनको कम्पनी टाटा मोटरको नेपालको लागि आधिकारिक बिक्रेता हो । यसबाहेक होटल सोल्टीमा पनि उनको सेयर रहेको छ । आन्तरिक राजस्व विभागले यो वर्ष विभिन्न शिर्षकमा सबैभन्दा बढी कर बुझाउने करदातालाई सम्मान गरेको छ । विभागले आठौं राष्ट्रिय कर दिवस समारोहमा धेरै कर तिर्नेहरुलाई सम्मान गरेको छ । अर्थमन्त्री डा युवराज…

Read More

काठमाडौँ युवा तथा खेलकूद मन्त्रालयले युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई प्रभावकारी बनाउँदै लगेको छ । बेरोजगार युवालाई रोजगारी प्रदान गर्ने उद्देश्यले स्थापित यो कोषले आर्थिक वर्ष ०७६÷०७७ मा १२ हजारलाई रोजगारी प्रदान गर्ने लक्ष्य राखेका छ । पहिलो चौमासिकमा एक हजार ५०७ लाई कर्जा प्रदान गरिएको कोषका उपाध्यक्ष डा प्रेम दङ्गालले जानकारी दिनुभयो । उहाँले यो आवमा रु एक अर्ब ५० करोड कर्जा लगानी गर्ने लक्ष्य राखिएको बताउनुभयो । “पहिलो चौमासिकमा थुप्रै काम गरेका छौँ”, उहाँले भन्नुभयो, “लक्ष्य भेटाउने गरी कामलाई तीव्रता दिँदै गइरहेका छौँ ।” पहिलो चौमासिकमा २४ जिल्लाका ३४१ सहकारी संस्था तथा करिब दुई हजार ५०० व्यवसायीको…

Read More

अमरगढी: केही दिनयता डडेल्धुरा सदरमुकाममा प्याजको मूल्य ह्वात्तै वृद्धि भएको छ । प्याजको मूल्य आकाशिएसँगै यहाँका उपभोक्ता मारमा परेका छन् । सदरमुकाममा प्याज प्रतिकिलो रु २०० मा बिक्री भइरहेको छ । प्याजको मूल्य बढेसँगै अहिले बजारमा माग घट्दै गएको डडेल्धुरा सदरमुकाम अमरगढी पोखराका एक व्यापारी खगेन्द्र जोशीले जानकारी दिनुभयो । प्याजको मूल्य वृद्धि भएसँगै कतिपय पसलमा प्याज पाउनै मुस्किल हुने गरेको छ । प्रतिकिलो रु ५० मा बिक्री भइरहेको प्याज एक्कासी रु २०० पुगेको स्थानीयवासी इन्दिरा ताम्राकार बताउनुभयो । भारतबाट प्याजको आयात कम भएको र यहाँ पनि प्याज उत्पादनमा आएको कमीले नेपाली बजारमा प्रत्यक्ष असर परेको व्यापारीहरुले बताउँदै आएका छन्…

Read More

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो चौमासमा गत वर्षको सोही अवधिभन्दा पनि कम पुँजीगत खर्च भएको छ। विकास कार्यक्रमको ठूलो हिस्सा रहेको पुँजीगत बजेट यस अवधिमा ५ दशमलव ९५ प्रतिशत मात्रै खर्च भएको छ। गत वर्ष सोही अवधिमा पुँजीगत खर्च ८ दशमलव ३० प्रतिशत भएको थियो। चालु आवको चार महिनामा २४ अर्ब ६८ करोड रुपैयाँ मात्रै पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ। यो कुल पुँजीगत बजेटको ५.९५ प्रतिशत मात्र हो। कुल बजेट खर्चतर्फ दुई खर्ब २५ अर्ब ६८ करोड रुपैयाँ खर्च भएको छ। यो कुल बजेटको १४ दशमलव ७२ प्रतिशत हो। चालुतर्फ भने २० दशमलव ५५ प्रतिशत…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपण नै गर्ने निष्कर्षमा पुगेका छन् । उपचारमा संलग्न चिकित्सकले नियमित डायलाइसिस वा पुनः प्रत्यारोपण रोज्न उनलाई विकल्प दिएका थिए । प्रधानमन्त्रीले प्रत्यारोपण रोजेका छन् । प्रत्यारोपण स्वदेशमा गर्ने कि विदेशमा भन्ने टुंगो लाग्न मात्र बाँकी छ । प्रधानमन्त्री र उपचारमा संलग्न चिकित्सकहरू पनि नियमित डायलाइसिस होइन, प्रत्यारोपणमा जाने निष्कर्षमा पुगेका छन् । प्रत्यारोपण कहिले गर्ने र स्वदेशमा गर्ने कि विदेशमा भनेर छलफल भइरहेको छ । शनिबार अस्पतालमा पनि यो विषयमा छलफल भएको थियो । प्रधानमन्त्री र उनका परिवारले नेपालमै प्रत्यारोपण गर्दा सफल हुने सम्भावना कति छ भनेर चिकित्सकहरूसँग पटकपटक जिज्ञासा राखेका छन् ।…

Read More

काठमाडौं : सरकारले कफीको समर्थन मूल्य निर्धारण गरेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चालु आर्थिक वर्षको लागि कफीतर्फको फ्रेस चेरी कफी, पार्चमेन्ट कफी र ड्राइ चेरीको समर्थन मूल्य निर्धारण गरेको हो। बोर्डका योजना अधिकृत गौरव लुईटेलका अनुसार राष्ट्रिय कफी दिवसको अवसर पारेर तीन प्रकारका कफीको ग्रेड ‘ए’ र ग्रेड ‘बी’ गरी दुई थरीको मूल्य तोकिएको छ। उनका अनुसार फ्रेस चेरीतर्फ अर्गानिक प्रमाणीकरण भएको ‘ए’ ग्रेडलाई प्रतिकिलो ८५ रुपैयाँ मूल्य तोकिएको छ। सोही समूहतर्फको अर्गानिक प्रमाणीकरण नभएको ‘बी’ ग्रेडलाई ८० रुपैयाँ निर्धारण गरिएको छ। यस्तै पार्चमेन्टतर्फ अर्गानिक प्रमाणित भएको ‘ए’ ग्रेडको कफीलाई चार सय २५ रुपैयाँ मूल्य तोकिएको छ।…

Read More

पाल्पा: पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारको पहिलो प्राथमिकता नेपाली भूमिको रक्षा गर्नु भएको बताउनुभएको छ । उहाँले नेपाली भूमि र नागरिकको रक्षा गर्न सरकार सक्षम स्पष्ट पार्नुभयो । पाल्पाको धुवल पुस्तकालयले आज आयोजना गरेको महाकवि नीलकण्ठ न्यौपानेद्वारा लिखित श्रम–साधना महाकाव्यको लोकापर्ण समारोहमा मन्त्री ज्ञवालीले तथ्य र प्रमाणका आधारमा कूटनीतिकरुपमा विवादित सीमा समस्या सुल्झाउने बताउनुभयो । नेपाली भूमि एक इन्च पनि छाड्न नसकिने भन्दै मन्त्री ज्ञवालीले नेपालको पूर्वमा मेची र पश्चिममा महाकाली नदी नेपालको सिमाना रहेको सुगौली सन्धिमा निर्दिष्ट भएको उल्लेख गर्नुभयो । नेपालीमा फूलको मालाजस्तो राष्ट्रिय एकता रहेको उल्लेख गर्दै उहाँले देशको राष्ट्रिय एकता चुँडाउन खोज्ने जो कोही देशद्रोही भएको बताउनुभयो…

Read More

काठमाडौँ: काठमाडौँको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको उत्कृष्ट रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रममा भारतीय राज्यसभाका सांसद एवम् पूर्वमन्त्री विजय गोयलले चन्द्रागिरि हिल्स लिमिटेडका संस्थापक अध्यक्ष तथा सञ्चालक हेमराज ढकाललाई सो पुरस्कार प्रदान गर्नुभएको हो । सोही कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहलाई यस वर्षको उत्कृष्ट युवा महाप्रबन्धक अवार्ड (योङगेष्ट जनरल म्यानेजर अफ द इयर) प्रदान गरिएको थियो । भारत पर्यटन विकास निगम, हस्पिटालिटी इन्डिया र जिटीसी इभेन्ट संस्थाले हरेक वर्ष प्रदान गर्ने यो अन्तर्राष्ट्रिय पुरस्कार यस वर्ष उक्त रिसोर्टलाई प्रदान गरिएको चन्द्रागिरि…

Read More

भद्रपुर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई आन्दोलन छाडेर शान्तिपूर्ण प्रक्रियामा तत्काल आउन आह्वान गर्नुभएको छ । झापास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभामा आज बोल्दै उहाँले हिजोका दिनमा संविधानसभामार्फत सबै विचारलाई अटाउन सकिने संविधान निर्माणमा विप्लव समूहसमेत लागेको स्मरण गराउँदै अहिले आएर आन्दोलनमा लाग्ने कार्य जायज हुन नसक्ने बताउनुभयो । “मैले यसअघि नाम उच्चारण नगरी भन्थे, आज नामै उच्चारण गर्दै भन्छु”, उहाँले भन्नुभयो, “आन्दोलन छाडेर शान्तिपूर्ण प्रक्रियामा आउनुहोस्, तपाईँहरुका भावना र चाहनालाई जनताबाट अनुमोदन गराएर चाहेजस्तै परिवर्तन ल्याउनुहोस् ।” हतियार र हिंसाको राजनीति त्यागेर संसद्मा आउन र चाहेजस्तो परिवर्तन गर्न पाउने…

Read More