Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- १०९ विद्यालयमा साढे ६ अर्ब लगानी, के के मा हुनेछ खर्च?
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपालमा वित्तीय पहुँच तीब्र रुपमा बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुको संख्यात्मक वृद्धिसँगै एकातिर शाखा विस्तार र अकोतर्फ वित्तीय प्रविधिको प्रयोग तीब्र रुपमा बढ्दैगएकोले वित्तीय पहुँच विस्तार हुँदै गएको नेपाल राष्ट्र बैंकले जनाएको हो । बैंक तथा वित्तीय संस्थाका प्रतिशाखा जनसंख्या करिब ३३०० मा आइपुगेको छ । निक्षेप खाता संख्या उल्लेख्य वृद्धि भई २ करोड ७८ लाख र कर्जा खाताको संख्या १४ लाख ४० हजार पुगेको छ । मोवाइल बैकिङ्ग प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार र जारी भएका डेविट कार्डको संख्या ६७ लाख ९ हजार पुगेको छ । पछिल्लो समयमा नेपालमा बैंकिङ्ग सेवामा पहुँच उल्लेख्य…
पर्सा : नेपालबाट भारत तर्फ लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजासहित आज पर्साको पटेर्वासुगौली गाँउपालिकाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व सूचनाको आधारमा प्रहरीले गाउँपालिका–२ रङ्गपुर चोकबाट १० किलो गाँजासहित सोही गाँउपालिका– ४ निवासी शिवजन्म माझीलाई नियन्त्रणमा लिइएको हो । रङ्गपुर चोकमा पैदल हिँडिरहेका माझीमाथि शङ्का लागि चेकजाँच गर्दा उनले बोकेको झोलाबाट १२ वटा पोकामा रहेको दश किलो गाँजा बरामद भएपछि उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । उनले बरामद भएको गाँजा र पक्राउ परेका माझीलाई इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा राखी अनुसन्धान अगाडि बढाइएको बताए…
परासी : बेलायतका जियो फिजिक्स विज्ञको संलग्नतामा पश्चिम नवलपरासीस्थित भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूप क्षेत्रमा चौँथो पटकको जियो फिजिक्स सर्भे (भू–भौतिक अध्ययन) सम्पन्न भएको छ । युनेस्कोमार्फत फ्रान्सको ओरेन्टिल कल्चरल हेरिटेज साइट प्रोटेक्सन एलाइन्सको आर्थिक सहयोगमा नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र बेलायतको दुरह्याम विश्वविद्यालयका विज्ञ टोलीले एक हप्तासम्म विश्वसम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको स्तूप क्षेत्रमा बृहत् अध्ययन गरेको हो । कात्तिक २१ गतेदेखि शुरु भएको अध्ययन कात्तिक २७ गते सम्पन्न भएको पुरातत्व विभागका पुरातत्वविद् विष्णु पाठकले जानकारी दिएका छन । टोलीले स्तूप क्षेत्रमा जमिनको सतहमुनि रहेका संरचनाको अध्ययन गरी फर्किएको छ ।…
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घ, नेपालले एकता प्रक्रिया टुङ्ग्याएको छ । सङ्घको यही कात्तिक १६ गते बसेको कार्यालय बैठकले सङ्घको ७७ जिल्लाको संयोजक र सहसंयोजक टुङ्ग्याएको सङ्घका केन्द्रीय संयोजक रामप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार ७७ जिल्लामध्ये ४२ जिल्लामा पूर्वएमाले निकट संयोजक र ३५ जिल्लामा पूर्वमाओवादी निकट योङ कम्युनिष्ट लिग (वाइसिएल) रहेका छन् । पार्टी एकतापछि जनवर्गीय सङ्गठनमा तल्लो तहसम्मको एकता प्रक्रिया टुङ्ग्याउने सङ्घ पहिलो सङ्गठन हो । जिल्ला संयोजक र सहसंयोजकले जिल्ला कमिटीको एकता टुङ्ग्याउनेछ । सङ्घको ३३५ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । बैठकले आगामी…
काठमाडौं : बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद आज पर्यटकीय नगरी पोखरा जाँदैछन् । राष्ट्रपति हमिद आज बिहान साढे ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा आइपुग्ने प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । पोखराको दृश्यावलोकन गर्न जान लागेका राष्ट्रपति हमिदको स्वागतको सम्पूर्ण तयारी पूरा भएको प्रजिअ केसीले बताए । पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गर्नेछन् । राष्ट्रपति हमिदको सम्मानमा पोखरा महानगरपालिकाद्वारा दुई झाँकी देखाउने तयारी गरिएको छ । पोखरा विमानस्थलबाट फिष्टेल लजसम्म सर्वसाधारण, आमा समूह, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनिधिले स्वागत गर्नेछन् । राष्ट्रपति हमिदको…
सुर्खेत: कर्णाली प्रदेशका पाँच जिल्लामा अझै विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय सुर्खेतले कालिकोट, जुम्ला, डोल्पा, मुगु र हुम्ला जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुग्न कम्तीमा दुई वर्ष लाग्ने जनाएको छ । प्राधिकरणका प्रादेशिक कार्यालयका प्रमुख इञ्जिनीयर सुरेन्द्र अग्रहरिले लाइन विस्तारका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको बताउनुभयो । “चालू आर्थिक वर्षमा जाजरकोट–डोल्पा, कालिकोट–जुम्ला र नाग्म–मुगु ३३ केभी प्रसारण लाइन विस्तार गर्ने तयारीमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “कम्तीमा ती जिल्लाका सदरमुकामसम्म आगामी दुई वर्षभित्र लाइन विस्तार गर्ने लक्ष्य रहेको छ ।” भौगोलिक जटिलता र सडकको पहुँच नहुँदा विद्युत् सामग्रीको ढुवानीमा समस्या रहेको उहाँले बताउनुभयो ।…
काठमाडौं: वसन्तुरको डबलीमा सवारी पार्किङ गर्नमा रोक लगाइएको छ। बुधबार ट्राफिक प्रहरी, जनप्रतिनिधि, नगर प्रहरी, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम कार्यालयको वसन्तपुरमा बसेको संयुक्त बैठकले पार्किङ रोक लगाउने निर्णय गरेको हो। दुई साता अघिबाट त्यहाँकै कर्मचारी र वसन्तुरमा घुम्न आएका पर्यटकले वसन्तपुरको डबली परिसरमा अनधिकृतरूपमा साँझ मोटरसाइकल पार्किङ गर्दै आएका थिए। यसको चौतर्फी विरोध हुँदै आएको थियो। काठमाडौं महानगरपालिका वडा २३ का अध्यक्ष मचाराजा महर्जनले बैठक बसेर पार्किङ निषेध गर्ने निर्णय गरेको बताए। उनले भने, ‘यो क्षेत्र विश्व सम्पदामा सूचीकृत क्षेत्र हो। चेतनाको कमीले गर्दा पार्किङ बन्न स्थल पुग्यो।’ उनले वसन्तपुर क्षेत्रमा दीर्घकालीनरूपले सवारी साधन पार्किङमा निषेध गर्ने योजनाबारे…
काठमाडौं : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले सार्क क्षेत्रको विकासका लागि काठमाडौं र ढाकाबीच सम्पर्क सञ्जाल (सडक, रेल, हवाई, जल) अपरिहार्य रहेको बताएका छन्। सार्क र बिम्स्टेक मुख्यालय रहेका यी दुई राजधानीबीच सडक, हवाई, रेल र जलमार्गमा सहकार्य भएमा समृद्धिको उचाइमा पुग्न सकिने उनको भनाइ छ। यसका लागि दुवै मुलुकले आआफ्नो स्तरबाट पहल गर्नुपर्ने धारणा राष्ट्रपति हमिदले नेपाली उच्चस्तरीय नेताहरूसँग व्यक्त गरेका हुन्। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालय काठमाडौं र बहुपक्षीय आर्थिक तथा प्राविधिक सहकार्यका लागि बंगालको खाडी आसपासका मुलुकको प्रयास (बिम्स्टेक) सचिवालय ढाकामा छ। हमिदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर…
सर्लाही: सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खुर्सिदा खातुनको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पराल काट्ने फलामको गरास (धारिलो हतियार) ले हत्या गरी झोलामा हालेर फाल्न लागेको अवस्थामा मृतक खुर्सिदाको शव बरामद भएको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो । “खुर्सिदाको घाँटी, टाउको, छाती र हातमा गहिरो काटिएको छ । खुर्सिदाको विभत्स तरिकाले हत्या गरिएको हो”, उपरीक्षक भट्टराईले भन्नुभयो । घरमा कोही नभएको अवस्थामा कोरैसाले खुर्सिदाको हत्या गरेकी हुन् । जेठीको सन्तान…
काठमाडौं: राष्ट्रिय गौरवको निजगढ–काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) सडक निर्माणका क्रममा परामर्शदाता छनोट कार्यको ‘मूल्यांकन मापदण्ड’ समयअघि नै सार्वजनिक भएको पाइएको छ । आयोजनाको सुपरिवेक्षणका लागि अन्तर्राष्ट्रिय स्तरको परामर्शदाता छनोट गर्नुअघि नै मापदण्डको प्रारम्भिक मस्यौदा नै बाहिरिएको पुष्टि भएको हो । यसबारे रक्षा मन्त्रालय र नेपाली सेनाको जंगी अड्डामा उजुरी परेपछि प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ को गठन भएको थियो । जसले एक महिना लामो अनुसन्धान सकेर मापदण्ड चुहावट भएको निश्कर्ष निकालेको नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । यद्यपि, यो काममा को संलग्न थिए भन्ने बोर्डले खुलाउन नसकेको सैनिक स्रोतले बतायो ।…