Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले विगत १३ वर्षदेखि सिसडोलमा थुपारिएको फोहरको अन्तिम व्यवस्थापन कार्य शुरु गरेको छ । लामो समयदेखि व्यवस्थापन हुननसकेको फोहर महानगरपालिकाले अहिले माटोले पुरेर व्यवस्थापन गर्न थालेको हो । महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम पनि भइरहेको र सिसडोलमा फोहर राख्ने स्थान नहुँदा थुपारिएको फोहरलाई व्यवस्थापन गर्न लागिएको हो । उक्त स्थानमा आगामी दिनमा फोहर नराख्ने गरी र जम्मा गरिएको फोहरले स्थानीयवासीलाई असर नपर्ने गरी व्यवस्थापनको काम गर्न लागिएको हो । बढीमा अबका चार महिनामा दीर्घकालीनरूपमा फोहर व्यवस्थापन गर्ने स्थान बञ्चरेडाँडामा फोहर राख्न सकिने गरी काम…

Read More

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले भारतले नेपाली भूमि अतिक्रमण गरेकोमा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत मागेको छ । काठमाडौंको चाबहिलमा आज मंगलबार गरिएको प्रदर्शनमा प्रधानमन्त्री राष्ट्रियता जोगाउन असफल भएकाले राजीनामा दिनु पर्ने नेविसंघको भनाइ छ । प्रदर्शनमा सहभागीहरुले ‘सरकार कता हरायो, राष्ट्रियता जोगाउन किन डरायो, ‘केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो’ जस्ता नारा लेखिएका प्लेकार्ड, ब्यानर र राष्ट्रिय झण्डाका साथ नारा जुलुस गरेका थिए । गत शुक्रबार पनि नेविसंघले नेपालको सीमा मिचिएको विरुद्धमा प्रदर्शन गरेको थियो । मंगलबारको प्रदर्शनमा भने नेपाली भूमि जोगाउन नसकेको भन्दै…

Read More

बनेपा : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १० जनागालस्थि अरनिको राजमार्गमा आज बिहान टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार बा३ख ७०८७ नंको टिपर र बा१०च २१५४ नंको बोलेरोले च्यापिँदा अनटेष्ट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मुत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार रहेका भक्तपुर नगरपालिका–९ च्यामासिङस्थित बागेश्वरी कलेजमा अध्ययनरत विद्यार्थी २० वर्षीय विमल कुटुजु रहेको प्रहरीले जनाएको छ । सो घटनामा परी सोही कलेजमा अध्ययनरत भक्तपुर–८ का मोटरसाइकल चालक कृष्ण दाहाल गम्भीर घाइते भएका…

Read More

काठमाडौँ:  नेपाल र बङ्गलादेशले दीर्घकालीन लक्ष्यसहित ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा सहकार्य गर्ने भएका छन् । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट करीब नौ हजार मेगावाट विद्युत् खरीदको लक्ष्यसहित सरकारी तथा निजीस्तरमा समेत संयुक्त लगानीको प्रस्ताव गरेको छ । ऊर्जाका विभिन्न स्रोतको खोजी गर्ने क्रममा बङ्गलादेशले नेपालसँग सहकार्यको हात अगाडि बढाएको छ । भारतसँग त्रिपक्षीय सहमति गरेरै भए पनि नेपालको विद्युत् बङ्गलादेशसम्म पु¥याउने उसको सोच छ । पछिल्ला दिनमा गार्मेन्ट उद्योगमा विश्व समुदायलाई आफ्नो पहिचान दिन सफल बङ्गलादेशले नेपालको विद्युत्बाट थप आर्थिक उपार्जन गर्ने लक्ष्य राखेको छ । दुई देशबीच ऊर्जा क्षेत्रमा साझा सहकार्य गर्ने द्विपक्षीय संयन्त्र क्रियाशील छन् । ऊर्जा, जलस्रोत…

Read More

बैतडी : भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको चार दशमलव छ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी र दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्प आज बिहान ७ः४५ बजेमा गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले जानकारी दिएका छन ।

Read More

ललितपुर: नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ । विश्वमा भने ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको बताइएको छ । आरामदायी निद्रा अभाव, नकारात्मक सोच, सन्तुलित खानाको अभाव, धुम्रपान र मध्यपानको बढ्दो प्रयोगका कारण विश्वमा ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको प्रदेश नं ३ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जनाएको छ । नेपालमा पनि नसर्ने रोगबाट ६६ प्रतिशत मानिसको मृत्यु हुने गरेको निर्देशनालयका निर्देशक बद्रीबहादुर खड्काले बताउनुभयो । उहाँले नेपालमा ८५ प्रतिशत मानिस नसर्ने रोगको समस्या लिएर अस्पताल आउने गरेका जानकारी दिनुभयो । मुटुरोग, रक्तचाप, मधुमेह, दम, अर्बुद आदि नसर्ने रोग हुन् ।…

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले आफ्ना हरेक वडामा छरिएर रहेका सामुदायिक कुकुरको नियन्त्रण र व्यवस्थापनको लागि मानवीय तरिकाले महानगरीय कुकुर व्यवस्थापन कार्यक्रम (मनुमित्र) मार्फत आठ हजार सामुदायिक कुकुरको बन्ध्याकरण सम्पन्न गरिसकेको छ । कामपाले तीन वर्षअघि बढाएको सो कार्यक्रमअन्तर्गत समाजमा अझै छरिएर रहेका छ हजार यस्ता कुकुरको बन्ध्याकरण हुन बाँकी नै रहेको छ । ललितपुरमा रही घरपालुवा तथा जङ्गली जनावरको हक हितमा काम गर्दै आएको र हाल विश्वको ३० देशमा काम गर्दै आएको संस्था ‘द जेन गुडअल इन्स्टिच्यूट नेपाल’ को प्राविधिक सहयोगमा मनुमित्रले गरेको सर्वेक्षणअनुसार काठमाडौँमा मात्रै हाल २२ हजार सामुदायिक कुकुर रहेका छन् । “हामीले सन् २०१६ मा यो सर्वेक्षण गरेका…

Read More

काठमाडौँ: बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदको चार दिने औपचारिक नेपाल भ्रमणका अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न उपत्यकावासीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आज एक विज्ञप्ति जारी गरी मङ्गलबारदेखि यही कात्तिक २९ गतेसम्म हुने नेपाल भ्रमणका समयमा ठूला मालबाहक सवारीसाधन चक्रपथभित्र प्रवेश नगरिदिनु हुन सबै नागरिकमा आग्रह गरेको हो । मुख्य सवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गर्न तथा अनावश्यक सवारीसाधन प्रयोग नगर्न महाशाखाले उपत्यकावासीसँग आग्रह गरेको छ । सवारी मार्गमा पुराना र अवस्था ठीक नभएका सवारीसाधन नचलाउन तथा हर्नको प्रयोग नगर्न पनि ट्राफिक प्रहरीले भनेको छ । यसैगरी उक्त समयमा ट्राफिक समस्या परेमा ट्राफिक…

Read More

भद्रपुर : झापाको भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेको भन्दै आजदेखि आगामी मङ्सिर ५ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरेको हो । एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले गत भदौ २० गतेदेखि असोज ४ गतेसम्म दिउँसो २ः०० बजेदेखि विमान बन्द गरेर मर्मतसम्भार गरे पनि प्रभावकारी नभएका कारण पुनः पूर्ण बन्द गरेर मर्मतकार्य शुरु गरेको उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले जानकारी दिनुभयो । गौरी–पार्वती–देव एण्ड सायर जेभी काठमाडौँले धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि रु १० करोड…

Read More

काठमाडौं: नेपाली सेनामा रहेकै कारण प्राप्त भएको अध्ययन छात्रवृत्ति लिएर भागेको अभियोगमा प्राविधिक सेनानी रामचन्द्र तिवारी कारबाहीमा परेका छन् । उनलाई समरी जनरल सैनिक अदालतले ६ महिना कैद र भविष्यमा सरकारी सेवाका लागि अयोग्न नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । उनका अनुसार तिवारी १८ चैत २०७३ मा जापानमा दुई वर्षे अवधिको ‘पोस्ट डक्टोरियल’ तहमा अध्ययनका लागि वेतलवी विदामा गएका थिए । तर, अध्ययन पश्चात १८ चैत २०७५ मा हाजिर हुनुपर्नेमा नभइ आफू खुशी भगौडा भएकाले सैनिक ऐन, २०६३ बमोजिक कारबाही गरिएको सेनाले जनाएको छ । उनीमाथि सेनाबाट प्राप्त हुने सेवा सुविधा तथा सहुलियत लिइसके…

Read More