Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : कपडा तथा कपडाजन्य उद्योगमा संसारभर नै प्रख्याती कमाएको बङ्गलादेशले नेपालमा समेत लगानी गर्ने इच्छा देखाएको छ । गार्मेन्ट उद्योग खोल्ने भन्दै बङ्गलादेशको एक कम्पनीले उद्योग विभागमा आवेदन दिएको छ । गार्मेन्ट उद्योगबाटै बङ्गलादेशको अर्थतन्त्र उकालो लागेको सकारात्मक अनुभवलाई नेपालसँग पनि साटासाटा गर्ने लक्ष्यका साथ बङ्गलादेशी कम्पनीले नेपालमा उद्योग स्थापना गर्न लागेको हो । उद्योग विभागका अनुसार बङ्गलादेशी कम्पनीले रु १५ करोड लगानीमा पहिलो चरणमा ३२ जनालाई रोजगारी दिने गरी उद्योग स्थापना गर्न लागेको हो । चालू आवको चार महिनाको अवधिमा कूल रु १३ अर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । त्यसमध्ये उत्पादनमूलक उद्योगतर्फ बङ्गलादेशी कम्पनीले चासो देखाएको हो…
काठमाडौँ : यातायात व्यवस्था विभागमा अहिले झण्डै साढे सात लाख ‘स्मार्ट’ कार्ड (चालक अनुमतिपत्र) छाप्न बाँकी रहेको छ । यो ‘मास प्रिन्टर’ ले पूर्ण क्षमतामा छपाइ गर्नु पहिले अहिले देशभरका यातायात कार्यालयबाट छपाइका आवेदन परेको सङ्ख्या हो । पहिले साना क्षमताका प्रिन्टरले छपाइ गर्दा छाप्न बाँकी कार्डको सङ्ख्या धेरै भएको विभागले जनाएको छ । ‘मास प्रिन्टर’ पूर्ण क्षमतामा काम गर्दा केही महिनामा नै सकिने विभागका महानिर्देशक गोगनबहादूर हमालले बताउनुभयो । ‘मास प्रिन्टर’ को क्षमता प्रतिघण्टा चार पाँच सयसम्म कार्ड छाप्ने रहेको छ । पहिले सञ्चालनमा रहेका साना क्षमताका उपकरणसमेत सञ्चालनमा ल्याइने उहाँको भनाइ छ । पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका…
मध्यपुरथिमि : छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । काभ्रेपलाञ्चोकको नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको बा६६प ७४७४ नंको मोटरसाइकल अनियन्त्रित भई चाँगुनारायण–९ ताथली फैढोकामा नालीमा खस्दा चालक ४६ वर्षीय छवि भण्डारीको मृत्यु भएको हो । उनको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । यस्तै नगरकोटबाट ताथलीतर्फ आउँदै गरेको बा१५च ३५६७ नंको बोलेरो जीपले सोही दिशाबाट आउँदै गरेको बा८३प ८७३४ नंको स्कुटरलाई चाँगुनारायण–८ जितपुरमा ठक्कर दिँदा तीन जना घाइते भएका छन् । दुर्घटनामा स्कुटर चालक काठमाडाँै–१६ बस्ने १८ वर्षीया सुनिता जिमी राई, बोलेरो जीपका चालक काभ्रे…
भक्तपुर :आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेश सभा ९क० मा हुने उपनिर्वाचनमा यसपटक पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र नेपाल मजदुर किसान पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । गाविस हुदाँदेखि नै तत्कालीन एमालेको पकड रहेको यो क्षेत्रमा गत प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा (एमाले)का उम्मेदवार हरिशरण लामिछाने विजयी भएका थिए । मष्तिस्कघातका कारण लामिछानेको निधन भएपछि यस क्षेत्रमा रिक्त रहेको प्रदेशसभा सदस्यमा उपनिर्वाचन हुने भएको हो । यसपटकको उपनिर्वाचनमा नेकपाले युवानेता एवं पार्टी जिल्ला सचिव देवीप्रसाद (डिपी) ढकाललाई उम्मेदवार बनाएको छ । काङ्ग्रेसले यसअघिको संविधानसभामा उम्मेदवारसमेत…
काठमाडौं : भरतपुर महानगरपालिका–७ तेह्रसालचोकमा आज बिहान स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । स्कुटरमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय सुवास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते हुनेमा रत्ननगर नगरपालिका–६ की २० वर्षीया पुजा सुनार हुन् । प्रहरीका अनुसार गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना५९प ३३७० नंको स्कुटर तेह्रसालचोकमा अनियन्त्रित भई पल्टिएको थियो । स्कुटर पल्टिएसँगै घाइते तामाङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । पछाडि सवार घाइते सुनारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अवस्था गम्भीर रहेको प्रहरीले…
काठमाडौं : लिपुलेक-कालापानीबारे छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । सांसदहरुले भारतले जारी गरेको नयाँ नक्साबारे प्रधानमन्त्री ओलीसँग छलफलको माग गरेपछि सोमबार प्रधानमन्त्रीलाई समिति बैठकमा आमन्त्रण गरिएको समिति सचिवालयले जनाएको छ । भारतीय नयाँ नक्सामा नेपाली भूभाग (लिपुलेक- कालापानी) परेको भन्दै नेपालमा सर्वत्र विरोध भइरहेको छ । तर, भारतले नेपाली भूभाग नपरेको दाबी गर्दै आएको छ । यस विषयमा राज्य ब्यवस्था समितिले चासो देखाएको हो । समिति सदस्य एवं नेकपाकी सांसद पम्फा भुसालले नेपालको भूभागलाई आफ्नो देशको नयाँ नक्सामा भारतले समावेश गरेको विषयमा प्रधानमन्त्री ओलीसहित सम्बद्ध सरोकारवाला…
काठमाडौँ: निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएकाहरूको अन्तिम नामावली आज प्रकाशित गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानमा मंसिर १४ हुने उपनिर्वाचनका लागि आयोगले कात्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । प्रतिनिधिसभाको १ र प्रदेशसभाको ३ रिक्त स्थानका लागि ६५ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आयोगले शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उजुरी दिने समय निर्धारण गरेको थियो । आयोगले २३ गते दिउँसो साढे १ बजेसम्म उजुरीउपर जाँचबुझ गरी उम्मेदवारहरूको नामावली प्रकाशन गरिसकेको छ । आइतबार उम्मेदवारी फिर्ता लिने समय दिएको आयोगले यो सकिएलगत्तै अन्तिम नामावली सार्वजनिक…
काठमाडौँ: बाबा जय गुरुदेव धर्मविकास संस्थाको आयोजनामा कात्तिक २९ र ३० गते काठमाडौंको टुँडिखेलमा अन्तर्राष्ट्रिय नशामुक्त शाकाहारी सम्मेलन हुने भएको छ । शनिबार यहाँ आयोजित साक्षात्कारमा सम्मेलनका व्यवस्थापक एवम संरक्षक नन्दकुमार चौधरीले ऋषिमुनिको देश नेपालमा सो सम्मेलन गर्न लागेको जानकारी दिँदै दुई दिनसम्म चल्ने दोस्रो अन्तर्राट्रिय नशामुक्त शाकाहारी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । सम्मेलनमा शिक्षक, कर्मचारी, राजनीतिककर्मी, किसान, मजदूर र समाजसेवीहरूको उपस्थितिका लागि उहाँले आग्रह गर्नुभयो । चौधरीले विश्वका विभिन्न ३२ राष्ट्रबाट भक्तजन तथा शान्तिप्रेमी नागरिकको सहभागिता रहने बताउनुभयो । उद्घाटनकै दिन दिउँसो २ बजे सत्सङ्ग शुरु हुनेछ । कार्यक्रमका संयोजक शालिकराम पराजुलीका अनुसार उक्त समागममा ६०…
काठमाडौँ: सरकारले लिपुलेकलाई फिर्ता गर्न भारतसँग कूटनीतिक वार्ता गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका भएको सर्वदलीय बैठकमा लिपुलेक फिर्ता ल्याउन औपचारिक रुपमै सरकारले भारतसँग वार्ता गर्ने सहमति जुटेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए। बैठकपछि पत्रकारसँग कुरा गर्दै ज्ञवालीले लिपुलेक र कालापानी फिर्ता गर्न सरकारले भारतसँग प्रभावकारी रुपमा कूटनीतिक वार्ता गर्ने बताए। ‘लिपुलेक र कालापानी क्षेत्र क्षेत्र निर्विवाद नेपालको हो भन्नेमा दुविधा रहेन। बैठकमा सबै दलबाट अभूतपूर्व सहमति प्रकट भएको छ,’ उनले भने, ‘यो सहमतिलाई आधार बनाएर सरकारले भारतसँग वार्ता गर्छ। नेपालको न्यायोचित भू-भाग फिर्ता लिनुपर्छ र यसका लागि सरकारलाई सबै राजनीतिक दलले सहयोग गर्ने निर्णय भएको छ।
काठमाडौँ: नेपाल आयल निगमले नयाँ पेट्रोलपम्प सञ्चालनका लागि प्राप्त आवेदनको मूल्याङ्कन सुरु गरेको छ । क्षेत्रीय कार्यालयहरूमा प्राप्त सिलबन्दी आवेदन मापदण्डअनुसार भए नभएको जाँच थालिएको निगमले जनाएको छ । आवेदनमाथिको पहिलो चरणको काम यसै साता सकिने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । निगलमे गत वैशाखमा सातै प्रदेशमा नयाँ पम्प सञ्चालनका लागि आवेदन खुला गरेको थियो । जसमा एक हजार २५ आवेदन परेको निगमले जनाएको छ । प्रमुख सहरहरूभन्दा पनि विकासोन्मुख सहरहरूमा पम्प सञ्चालनका लागि आवेदन परेको निगमले जनाएको छ । प्रवक्ता गोइतका अनुसार सबैभन्दा धेरै प्रदेश २ मा ३४३ वटा आवेदन परेका छन् । सबैभन्दा थोरै कर्णाली प्रदेशमा…