Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

अर्घाखाँची : सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा केहीबेर अघि बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको स्थानीय प्रकाश महत्राले जानकारी दिए । दुर्घटनामा दुई जना घाइते भएका छन् । कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो । घटनामा दुई पुरुष एक महिलाको मृत्यु भएको र उनीहरुको पहिचान हुन बाँकी छ । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । घटनास्थलमा स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन् ।

Read More

काठमाडौं : वैदेशिक रोजगार विभागले कामदारको भिसा र करारपत्र समान बनाउन पहल गर्न विदेशस्थित नेपाली दूतावासहरुलाई चिठ्ठी काटेको छ । विभागले रोजगारीका लागि जाने कामदारको भिसा र करारपत्र फरक परेकाले त्यसमा एकरुपता ल्याउन नेपालका विदेशस्थित सबै कूटनीतिक नियोग र विशेषगरी यूएईको आबुधावी, कतारको दोहा, साउदी अरबको रियाद, नेपाली दूतवास कुवेत, नेपाली दूतावास बहराइन मानमा , नेपाली दूतावास ओमान मष्कट र मलेसियालाई पत्र लेखेको हो। विभागले नेपालबाट विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा जाने कामदारको भिसा र कम्पनीसँग भएको सम्झौतापत्र तथा विभाग अन्तर्गतको काठमाडौं कार्यालयबाट जारी हुने श्रम स्वीकृतिमा पेशा लगायतका विषयमा एकरुपता नभएका कारण पुनः श्रम स्वीकृति दिन कठिनाइ…

Read More

बाजुरा : जिप व्यवसायीले मनोमानी भाडा असुल्न अझै रोकेका छैनन् । कर्णाली करिडोरअन्तर्गत पर्ने जिल्लाको पिलुचौरदेखि कालिकोटको जितेगडासम्मको ६५ किलोमिटर बाटोमा रु दुई हजार ५०० सम्म भाडा लिने गरेका छन् । महङ्गो भाडा जिपमै तिर्नु यात्रुका लागि बाध्यता जस्तै छ । जिप प्रयोग गर्नुपर्ने बाध्यताले भनेअनुसार भाडा तिर्नुपरेको यात्रुको दुखेसो छ । उक्त बाटोमा एक यात्रुबाट रु दुई हजार ५०० सम्म भाडा असुली गर्ने गरेको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभयो । यात्रुको चापलाई मध्यनजर गर्दै व्यवसायीले मनोमानी भाडा लिने गरेका छन् । मार्तडीदेखि धनगढीसम्म ३२७ किलोमिटर यात्रा गर्दा रु एक हजार २०० भाडा रहेकामा…

Read More

काठमाडौं: नेपाल खाद्य संस्थानले किसानसँग सोझै धान खरिद नगरी दलालबाट महँगो मूल्यमा खरिद गर्ने गरेको खुलेको छ। धान खरिदमा दलाल र खाद्य संस्थानका कर्मचारीबीच मिलेमतो हुने गरेको राष्ट्रिय सतर्कता केन्द्रको विस्तृत अध्ययनले देखाएको छ। दलाललाई धान किन्ने अवसर दिन संस्थानले करिब ४ महिना समय नै दिने गरेको प्रतिवेदनमा उल्लेख छ। किसानलाई धानको उचित मूल्य प्राप्त होस् भन्ने उद्देश्यले आर्थिक वर्ष २०७५/७६ का लागि मन्त्रिपरिषद्को २०७५ साउन २३ गतेको निर्णयबाट रोपाइँ हुँदाकै समयमा न्यूनतम मूल्य तोकिएको थियो। उक्त निर्णय कार्यान्वयन गर्न संस्थानलाई चार महिनाभन्दा बढी समय लाग्यो। सो निर्णय कार्यान्वयन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७५ कात्तिक १५ गते…

Read More

काठमाडौं : नेपाल वायुसेवा निगमको न्यारो बडी विमान खरिदमा भएको एक अर्बभन्दा बढीको ‘अनियमितता’ काण्ड संसदीय समितिले गुपचुप राखेको छ। एक अर्ब २० करोड घोटाला ठहर गरेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिले प्रतिवेदन लुकाएको छ। ‘गोप्य’ लेखी थन्क्याइएको प्रतिवेदन अन्नपूर्ण पोस्ट्लाई प्राप्त भएको छ। डा. दीपकप्रकाश भट्ट संयोजकत्वको उपसमितिले न्यारो बडी खरिदमा अनियमितता भएको प्रतिवेदन तयार पारेर समितिमा बुझाएको थियो। सत्तासीन नेकपाकै केही नेताका कारण प्रतिवेदन समितिमा गुपचुप राखिएको उच्च स्रोतले बतायो। एयरबससँगको सम्झौता म्याद समाप्त भइसकेपछि पनि एउटा जहाजमा ६० करोड बढी मूल्य बढाएर खरिद गरिएको निष्कर्ष उपसमितिको छ। उपसमितिका अनुसार दुईवटा न्यारो बडी खरिदमा एक अर्ब २० करोडभन्दा…

Read More

ओखलढुङ्गा : ओखलढुङ्गामा बाँदर मार्न बोकेको बन्दुक पड्किएर एक किशोरको मृत्यु भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–३ थुम्कीका १७ वर्षीय लालमान तामाङको भरुवा बन्दुक पड्किएर मृत्यु भएको हो । सोमबार दिउँसो २ बजे स्थानीय थुम्की जङ्गलमा बाँदर लखेट्ने क्रममा चित्रबहादुर सुनुवारले बोकेको भरुवा बन्दुक पड्कँदा तामाङ घाइते भएका थिए । उपचारका लागि काठमाडौँ लैजाने क्रममा सिन्धुलीको खुर्कोटमा पुगेपछि घाइते तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । तामाङको मृत्यु भएपछि सोही ठाउँका २१ वर्षीय चित्रबहादुर सुनुवारलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ । अन्य चार जना २२ वर्षीय सविन सुनुवार, १७…

Read More

काठमाडौँ : नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच भएको श्रम समझदारी आजदेखि औपचारिक कार्यान्वयनमा आएको छ । कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी प्राविधिक विषय दुई देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूहको बैठकले टुङ्ग्याएसँगै सो समझदारी कार्यान्वयनमा आएको हो । समझदारीको प्रभावकारी कार्यान्वयनको मार्ग प्रशस्त गर्न आइतबार र सोमबार दुई देशका प्रतिनिधि सम्मिलित प्राविधिक समितिको पहिलो बैठक काठमाडौँमा बसेको थियो । समझदारीलाई व्यवस्थित ढङ्गले कार्यान्वयनमा ल्याउन दुवै पक्षबीच सहमति भएको छ । बैठकले कामदारको भर्ना प्रक्रियाका चरणलाई स्पष्ट पारेको छ । समझदारीअनुसार युएई कामदार पठाउँदा लाग्ने सेवा शुल्क दुईतर्फी हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण शुल्कलगायत खर्च सम्बन्धित रोजगारदाताले नै…

Read More

काठमाडौँ: तेह्र करोड राजश्व छली गरेको आरोपमा एक कन्सट्रक्शन इन्जिनीयर कम्पनीका सञ्चालकविरुद्ध मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभाग ललितपुरले झुट्टा तथा नक्कली बीजक प्रयोग गरी राजश्व छली गरेको भन्दै नेपाल दोङ्गहवा कन्सट्रक्शन इन्जिनीयरिङ कम्पनीका सञ्चालकहरु याङ लिन, शे श्याङ जुन, वे देगुइ र सुविन श्रेष्ठविरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । घटनाका आरोपी तीन जना चिनियाँ नागरिक हुन् । राजश्व चुहावट गरेको अभियोगमा रु १३ करोड १३ लाख ११ हजार बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैदको मागदाबी लिई मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । उनीहरु अहिले प्रहरी…

Read More

काठमाडौँ; वैदेशिक रोजगार विभागले मलेशिया रोजगारीका नाममा पूर्वस्वीकृतिलगायतका प्रक्रिया पूरा नगरी ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग रकम असुल नगर्न निर्देशन दिएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रिया पूरा नगरी विभिन्न बहानामा शुल्क लिनु अनुचित भएको ठहर गर्दै विभागले कुनै पनि व्यक्ति तथा संस्थालाई अनुचित कार्य नगर्न÷नगराउन सूचित गराएको छ । विभागले ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग लिएको रकम ससम्मान फिर्ता गर्नसमेत निर्देशन दिएको छ । पूर्वस्वीकृति लिई विज्ञापन गरी छनोट प्रक्रिया पूरा नगरेका कामदारलाई स्वास्थ्य परीक्षण तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’लगायत प्रक्रियामा सहभागी गराउनु अनुचित भएको विभागले जनाएको छ । विभागले पूर्वस्वीकृति बमोजिम विज्ञापन भई…

Read More

भद्रपुर: वर्षांैदेखि गाईगोरु तस्करीमा संलग्न दक्षिण झापास्थित कचनकबलका पाँच जनालाई अब उप्रान्त तस्करी नगर्न भन्दै प्रहरी, जनप्रतिनिधि र समुदायसमक्ष शपथ खुवाइएको छ । यही तिहारअघि गोरु तस्करी गर्दागर्दै प्रहरीले पक्राउ गरेका उनीहरुलाई अबदेखि तस्करी नगर्ने शपथ खुवाएर छाडिएको हो । जिल्लाका प्रहरी प्रमुख दिनेश मैनालीको उपस्थितिमा समुदाय प्रहरी साझेदारी झापाको आयोजनामा आज भएको विशेष कार्यक्रममा कचनकबल गाउँपालिकाका प्रमुख अन्जार आलमले शपथ गराउनुभएको थियो । कचनकबल गाउँपालिकाको सदरमुकाम बनियानी बजारमा गाईगोरुको तस्करी रोक्ने विषयमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा पदाधिकारीलाई शपथग्रहण गराए जसरी नै तस्करीमा संलग्न व्यक्तिलाई शपथग्रहण गराइएको थियो । गाउँपालिकाका अध्यक्ष आलमले शपथ गराउँदै माइकबाट ‘म आजदेखि…

Read More