Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: गत साता असंलग्न राष्ट्रको १८ औं सम्मेलनमा सहभागी भएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर कोरियाका एक मन्त्रीस्तरका नेता र भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा अजरबैजानको राजधानी बाकुमै रहेका परराष्ट्रका अधिकारीहरुले उक्त भेटवार्ता ‘इन्फर्मल’ र ‘साइडलाइन’ भन्दै भेटघाटलाई सञ्चार माध्यममा खुलाउनै चाहेका थिएनन् । ‘भेटघाटका तस्बिर पनि खिच्ने अवसर मिलेन, सबै साइडलाइनमा उभिएकै अवस्थामा भएका भेटघाट थिए,’ प्रतिनिधिमण्डलका एक वरिष्ठ सदस्यले बाकुबाट जानकारी गराएका थिए । राष्ट्रपति मदुरोको ट्वीटबाट आएको भिडियोले भने पराराष्ट्र मन्त्रालयले खुलाउन नचाहेको तथ्य सार्वजनिक गरेको छ । भिडियोमा उक्त द्विवसीय भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, सचिव शंकरदास…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर गोप्य रुपमा डाइलाइसिस गरिएको स्रोतले कान्तिपुरलाई जानकारी दियो । प्रधानमन्त्रीको निजी चिकित्सक प्राडा दिव्यसिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि भर्ना भएको उल्लेख छ । अस्पताल प्रशासनले प्रधानमन्त्रीको विषयमा औपचारिक जानकारी दिन चाहेको छैन । यो समाचार कान्तिपुर दैनिकमा स्वरुप आचार्य र अतुल मिश्रले लेखेका छन् ।

Read More

महोत्तरी: मिथिला क्षेत्रमा अहिले छठ पर्वको चहलपहल शुरु भएको छ । यहाँ छठका लागि साप्ताहिक हटिया लागेको छ । जिल्लाका नगर क्षेत्र र साप्ताहिक हटियामा माटाका भाँडा, बाँसका कप्टेरा र चोयाले बनेका सामान तथा केराका घरी राखिएको छ । छठ पर्वमा दियो, दही जमाउने भाँडा, कलश, ढकना र तौलासहितका भाँडा माटोकै प्रयोग गर्ने परम्परा छ । त्यसैगरी बाँसको कप्टेरा र चोयाले बनेका नयाँ छिटी, नाङ्लो, चाल्नो, पङ्खासहितका सामग्री प्रगोग गरिने बिधि छ । मिथिला क्षेत्रमा जताततै केराका घरीको बजार जमेको छ । छठमा व्रतालु र भाकल गर्नेले केराका घरी चढाउने अनिवार्य परम्परा छ । छठ पर्व मिथिलाको…

Read More

जनकपुरधाम: मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि शुरू हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । मानव सभ्यताको विकास नदी किनार हुँदै भएको, पञ्चतत्वमध्ये सूर्य र जल अपरिहार्य तत्व रहेकाले यी दुई तत्वहरूप्रति श्रद्धाभाव व्यक्त तथा जीवन, जगत्, प्रकृति, वनस्पति, ग्रह, नक्षत्र,…

Read More

सोलुखुम्बु: खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी पर्यटकको सुतैको ठाउँमा मृत्यु भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ लबुचेमा बेलायती नागरिक केलीनु जोसेफको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । मङ्गलबार बिहान होटलमा सुतिरहेकै अवस्थामा ५४ वर्षीय जोसेफको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्युको कारण भने खुल्न सकेको छैन । शवको मङ्गलबारै कानूनी प्रक्रिया पूरा गरी हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि बुधबार विहान ग्राण्डी अस्पताल पुग्नु भएको छ । नियमित स्वास्थ्य जाँचका लागि अस्पताल गएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले जानकारी दिए । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीले नियमित औषधि खाँदै आउनुभएको छ ।

Read More

काठमाडौँ: नेपाली काँग्रेसका नेता गगन थापा अध्ययनका लागि सिंगापुर गएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू शहरी क्षेत्रको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई कसरी दिगो र व्यवस्थित बनाउने भन्ने विषयमा अध्ययनका लागि सिंगापुर पुगेको जानकारी दिएका हुन् । सिंगापुरको नानयाङ टेक्नोजोजिकल विश्वविद्यालयमा विद्यार्थीका रुपमा एक साता रहने र त्यहाँ रहँदा शहरको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई दीगो र व्यवस्थित बनाउन सूचना प्रविधिको उपयोग लगायतका विषयमा अध्ययन गर्ने थापाले जानकारी दिए । वर्ल्ड इकोनोमिक फोरमको छात्रवृत्तिमा अध्ययनका लागि उनी त्यहाँ पुगेका हुन् । केही महिना पहिले थापाले अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कुलमा छोटो अवधिको ‘एक्काइसौं…

Read More

तुलसीपुर: नेपालकै दोस्रो ठूलो पुल निर्माणकार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माणको काम पूरा भएको हो । ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको उक्त पुल करीब रु एक अर्ब लगानीमा निर्माण पूरा भएको हो । अनक निर्माण सेवाले आर्थिक वर्ष २०७२/७३ देखि निर्माणकार्य शुरु गरेको हो । आव २०७६/७७ भित्र पुल निर्माण सक्ने सम्झौता भए पनि त्यसअगावै निर्माणको काम पूरा भएको पुल निर्माणको योजना कार्यान्वयन गराउने सरकारी निकाय पुल योजना सेक्टर नम्बर ३ का योजनाप्रमुख सुनिलबाबु पन्तले बताउनुभयो । “पुल निर्माणका लागि चार वर्षको…

Read More

काठमाडौं: स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन क्लब बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति आफ्नै मैदान नाउ क्याम्पमा भएको खेलमा भालाडोलिडलाई ५-१ गोलअन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे । त्यस्तै, क्लेमेन्ट लेङलेट, आर्थुरो भिडाल र लुइस स्वारेजले गोल गरे । रियल भालाडोलिडका लागि किकोले गोल फर्काएका थिए । खेलको दोस्रो मिनेटमा नै क्लेमेन्टले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर खेलको १५औं मिनेटमा किकोले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए । खेलको २९ औं मिनेटमा भिडाल…

Read More

बैतडी: सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी नगरपालिका–५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय वीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएपछि सिङ्गो गाउँ शोकमा डुबेको स्थानीय तथा जिल्ला समन्वय समिति उपप्रमुख धनबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो “सबैतिर तिहारको रौनक छ तर यहाँका बोहरा गाउँ भने शोकमा डुबेको छ ।” रोजगारीको लागि भारतको पिथौरागढमा रहेका उनीहरु तीनैजनाको कात्तिक ८ गते पिथौरागढको सिलौल मड भन्ने स्थानमा लिङ्ग…

Read More