Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइने छठ पर्व आज बेलुकी मनाइँदैछ । छठ पर्वको तेस्रोअर्थात् मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बिहीबारदेखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य…
काठमाडौं: पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको करणी प्रयासको आरोप अस्वीकार गरेका छन् । सरकारी वकिलसँगको वयानमा उनले आफू पीडित भनिएकी महिलाको कोठामा प्रवेश नगरी फर्किएको बताएका छन् । महिलाको कोठामा नपसी बाहिरैबाट फर्किएको बताए पनि प्रहरीले तथ्यहरुले महरा कोठामा प्रवेश गरेको देखिएको दावी गरेका छन् । महराले प्रहरीलाई दिएको वयान यस्तो छ २०४७ सालदेखि झण्डै चार वर्ष रोल्पा जिल्लामा रहेको मेरो घरमा वृत्त नयाँ बानेश्वर २६(३०) २०७६/७७, बसेकी हुँदा निज (पीडित महिला) लाई पहिलेदेखि नै चिन्छु । उनी मेरो विद्यार्थीजस्तै हुन् । मलाई अहिले पनि महरा सर भनी सम्बोधन गर्छिन् । म उनको अभिभावक नै हुँ । उनको…
काठमाडौं: पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको करणी प्रयासको आरोप अस्वीकार गरेका छन् । शुक्रबार जिल्ला अदालत काठमाडौंमा भएको बयानमा महराले आफू पीडित भनिएकी महिलाको घरमा नै नगएको जिकिर गरेका छन् । महराको बयान जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा भइरहेको छ । बयान सकिएपछि शुक्रबारदेखि नै थुनछेक बहस सुरु हुनेछ ।
काठमाडौं: जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान शुक्रबार सकिएको छ । जिल्ला अदालत, काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र महराको थुनछेक बयान भएको हो । बयान लामो भएपछि थुनछेक बहस हुन नपाएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । उनले भने, ‘आज बयान सकिएको छ । आइतबार बिहान १० बजे उपस्थित गराउने गरी छाडेका छौं ।’ महराले बयानमा वारदात स्थलमा नपुगेको दाबी गरेका छन् । घटना भएको भनिएको घर छेउ पुगे पनि सम्पर्क नभएपछि भित्र नछिरी फर्किएको उनको बयान छ । महरालाई प्रहरीले पुनः ग्राण्डी अस्पताल लगेका छन् ।…
काठमाडौँ: निकै उतारचढावबीच कारोवार हुँदै आएको सुनको मूल्य कात्तिक महिना लागेसँगै पुनः उकालो लाग्न थालेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७०० ले वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार २०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । बिहीबार छापावाला सुन रु ७० हजार ५०० मा खरीद बिक्री भएको थियो । त्यसैगरी तेजाबी सुनको मूल्य पनि रु ७०० ले वृद्धि भएर प्रतितोला रु ७० हजार ९०० कायम भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ७० हजार २०० मा कारोवार भएको थियो । यस्तै…
काठमाडौँ: संघीयता कार्यान्वयनसँगै चालू खर्च अत्यधिक बढिरहेका बेला सरकारले मन्त्री र सांसदहरुलाई पर्व सुविधामार्फत एक महिनाको तलब सुविधा बाँडेको छ । सरकारले मन्त्रीपरिषद्बबाट निर्णय गरेर राज्यलाई करोडौं भार पर्नेगरी पहिलोपटक यस्तो निर्णय गरेको हो । गएको भदौं ३१ मा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीदेखि सांसदहरुलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउने निर्णय कार्यान्वयनका लागि मुख्यसचिव लोकदर्शन रेग्मीले अर्थ सचिवलाई सम्बोधन गर्दै परिपत्र गरेसँगै सरकारको यो यो निर्णय बाहिर आएको हो । सरकारले गोप्य राख्न खोजेको उक्त निर्णयमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, संघीय संसद्का पदाधिकारीहरु तथा सदस्यहरुलाई एक महिनाको तलब बराबरको रकमबापत चाडपर्व खर्च उपलब्ध गराउने भनिएको छ…
काठमाडौँ: संयुक्त राष्ट्रसंघ चरम ‘आर्थिक संकट’ मा परेको छ । राष्ट्रसंघीय मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभासम्मेलन नगर्न र मितव्ययी बन्न पत्राचार गरेको छ । महासचिव एन्टोनियो गुटेरसले राष्ट्रसंघ हालसम्मकै सबैभन्दा चर्को आर्थिक संकट व्यहोरिरहेको तथ्यसहित पत्राचार गरेका हुन् । राष्ट्रसंघ विश्वका एक सय ९३ मुलुकको साझा अन्तर्राष्ट्रिय संस्था हो । सदस्य राष्ट्रमध्ये १३४ राष्ट्रले मात्र पूर्ण शुल्क बुझाएका छन् । अमेरिकासहित ५९ राष्ट्रले शुल्क बुझाएका छैनन् । ती राष्ट्रलाई शुल्क बुझाउन ताकेता गरिएको राष्ट्रसंघका प्रवक्ता स्टेफन दुजारिकले बताए । विभिन्न मुलुकले गरी राष्ट्रसंघलाई १।३ अर्ब ३० करोड अमेरिकी डलर तिर्न बाँकी छ । त्यसमध्ये अमेरिकाले १…
काठमाडौँ: तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) किरण गौतम र जिल्ला सरकारी वकिलको कार्यलय रौतहटका तत्कालीन प्रमुख ध्रुवमणि ज्ञवालीले २०७४ चैत २७ मा रौतहटमा बम विस्फोटको घटना भएको स्वीकारेका छन् । विस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पक्राउ परेका कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्द आफताब आलमले घटना नै नभएको जिकिर गरिरहेका बेला उनीहरुले नै रौतहट प्रहरीको अनुसन्धान टोलीलाई बयान दिने क्रममा त्यतिबेला बम विस्फोट भएको बताएका हुन् । तत्कालिन आईजीपी राणा र एआईजीबाट अवकाश प्राप्त गौतमले रौतहटको राजपुरमा बम विस्फोट भएको जानकारी त्यतिबेला रौटहट प्रहरीबाट पाएको स्वीकार गरेका हुन् । बम…
काठमाडौँ: आर्थिक स्थायित्व कायम गर्दै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने नेपाल सरकारको लक्ष्य प्राप्तिमा हरसम्भव सहायता उपलब्ध गराउने प्रतिबद्धता विश्व बैंकले व्यक्त गरेको छ । विश्वका आधाभन्दा बढी राष्ट्रको प्रतिनिधित्व गर्ने उक्त बैंकका १२ जना कार्यकारी निर्देशकहरूको समूहले आज अर्थमन्त्री डा युवराज खतिवडालाई भेटेर नेपालको सामाजिक–आर्थिक विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । “शीघ्र समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने सोचसहित अघि बढेको वर्तमान सरकारको लक्ष्य प्राप्तिमा सक्दो सहयोग गर्ने दृढता बैंकको उच्च प्रतिनिधिमण्डलले व्यक्त गरेको छ”, मन्त्री खतिवडाले राससलाई बताउनुभयो । सङ्घीयता कार्यान्वयनमा भएको उत्साप्रद प्रगति, वित्तीय सङ्घीयता बुझेको…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्कनुभएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना हुनुभएको थियो । यस क्रममा उहाँको हेमोडायलासिस गरिएको थियो । काठमाडौँ: काठमाडौँस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार गराइरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आजै डिस्चार्ज हुने अस्पतालले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । प्रधानमन्त्री ओली सो अस्पतालमा हेमोडायलाइसिसका लागि हिजो भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।