Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : निजी क्षेत्रका लगानीकर्ताले काठमाडौं–हेटौंडा सुरुङ मार्ग बनाउन नसकेपछि प्रदेश ३ सरकारले नै यो सुरुङ मार्ग बनाउने तयारी सुरु गरेको छ । बहुचर्चित यस सुरुङ मार्गको काठमाडौं–हेटौंडा सडक खण्ड अन्तर्गत सहिलो चरणमा भीमफेदी–कुलेखानी खण्डमा सुरुङ खन्ने तयारी सुरु भएको छ । सुरुङ मार्गको विस्तृत अध्ययन प्रतिवेदनका लागि चालु आर्थिक वर्ष २०७५–७६ मा ५ करोड रुपैयाँ विनियोजन भएको छ। सुरुङ मार्ग आफैं बनाउन प्रदेश सरकारले प्राविधक तथा ठेकेदार कम्पनीहरुसँग समेत छलफल सुरु गरेको छ । यता, प्रदेश सरकारले निजी क्षेत्रले वर्षौ कुर्दा पनि सुरुङ मार्ग बनाउन नसकेको भन्दै सम्झौता खारेज गर्न गत भदौ ६ गते भौतिक पूर्वाधार विकास मन्त्रालयलाई…
काठमाडौँ: उर्जा मन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत परियोजनाको जग्गाको मुआब्जा निर्धारणबारे सरोकारबालाहरुसँग परामर्श गरेका छन्। गोरखा र धादिङबाट प्रतिनिधित्व गर्ने सांसद र पुर्व सांसदहरुसँग मन्त्री पुनले आइतवार उर्जामन्त्रालयमा परामर्श गरेका हुन्। मन्त्री पुनले बुढीगण्डकी जलविद्युत परियोजना राष्ट्रिय गौरवको आयोजना भएको भन्दै दुवै जिल्लाका जनप्रतिनिधीहरुलाई मुआब्जा निर्धारण गरेर अघि बढ्ने तयारीमा मन्त्रालय रहेको जानकारी दिए। उनले सरोकारबाला सवैलाई यो काममा सहयोग गरिदिन समेत आग्रह गरे। बुढीगण्डकी जलविद्युत आयोजना सरकारको प्राथमिकताको रहेको भन्दै आयोजना अघि बढ्नेमा शंका नगर्न मन्त्री पुनको भनाई थियो। ‘प्रधानमन्त्रीज्यु, सरकार र मन्त्रालय बुढीगण्डकीलाई अघि बढाउन प्रतिवद्ध छ, यो सरकारको उच्च प्राथमिकतामा रहेको परियोजना हो। यसलाई अघि बढाउन…
काठमाडौँ: चिकित्सा शिक्षा आयोगले गरेको एमबीबीएस र बीडीएसको शुल्क बढाउने निर्णयप्रति प्राध्यापक डा. गोविन्द केसीले आपत्ती जनाएका छन् । वैज्ञानिक अध्ययन नगरी शुल्क निर्धारण गर्न नहुने भन्दै आयोगको यो निर्णय मान्य नहुने डा. केसीले बताएका छन् । आइतबार प्रेस विज्ञप्ती जारी गर्दै केसीले यो शैक्षिक शत्रमा शुल्क बढाएर विद्यार्थीलाई मार्का पारे आफू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । त्यस्तै केसीले आफ्ना पुराना माग पूरा नगरे कात्तिक १३ गतेदेखि अनशन बस्ने समेत जनाएका छन् । उनले सरकारलाई माग पूरा गर्न कात्तिक ८ गतेसम्मको अल्टिमेटम दिएका छन् । आयोगले काठमाडौं उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ४० लाख २३ हजार २५० र उपत्यका बाहिर…
काठमाडौं: सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ । ज्यान मार्ने उद्योगमा वारेन्ट जारी भएपछि उनी आइतबार जिल्ला अदालत, काठमाडौं हाजिर भएका थिए । थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने आदेश भएको अदालतका शाखा अधिकृत ज्ञानेन्द्र कार्कीले बताए । दोलखाका वीरध्वज खड्काले आफ्नो ज्यान मार्ने उद्योग गरेको आरोपमा सांसद गुरुङसहित ७ जनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । तर, सांसद गुरूङले यो राजनीतिक प्रकृतिको मुद्दा भएको अनलाइनखबरसँग बताएका थिए ।
काठमाडौँ: पूर्वसभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्ने आदेश दिएको श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । यसअघि प्रहरीले महरामाथि अनुसन्धान गर्न १३ दिन म्याद लिएको थियो । संसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा महरामाथि अनुसन्धान भइरहेको छ । प्रहरीले अनुसन्धानका लागि दोस्रो पटक ७ दिनको म्याद मागे पनि अदालतले ५ दिनमात्र दिएको हो ।
काठमाडौँ: धानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरुका राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरुको १८औँ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनुहुने भएको छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य हुनुहुन्छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु सहभागी हुने परराष्ट्र मन्त्रालयले आज जनाएको छ । प्रधानमन्त्री ओलीले कात्तिक ९ गते शनिबार नाम शिखर सम्मेलनअन्तर्गत हुने उच्चस्तरीय छलफलमा भाग लिई ‘समसामयिक विश्वका चुनौतीहरुलाई एकीकृत तथा पर्याप्त…
काठमाडौं: भक्तपुर, सूर्यविनायक नगरपालिका-८ जगातीमा बा।५ ख २०३४ नम्बरको माईक्रोबस जाँच गर्ने क्रममा बेवारिशे अवस्थामा रहेको पटाकाको बट्टा ५ थान, मुर्गा रकेट १० थान, फिरफिरे कलर १ बट्टा, अटोमेटिक रकेट १ प्याकेट, सुप्रिम कमाण्डो फल ९आलु बम० ३ प्याकेट, ग्राउण्ड चक्र १ प्याकेट र रेम्बो रकेट १ थान पटाका शुक्रबार साँझ प्रहरीले फेला पारी बरामद गरेको छ । महोत्तरी, औरही नगरपालिका(२ चेपकटबाट करिब ४० हजार रुपैयाँ मूल्य बराबरको क्लासिक बम ९५ पिस र कमाण्डो बम ४० पिस पटाका शुक्रबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार अपरिचित…
भोजपुर: षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी वडा नं ३ बस्ने २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने उपङ्खा भन्ने ठाउँमा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीको भनाइ छ । हाटबाट फर्किँदै गरेका कल्पना राई र घाइते १८ वर्षीया नवीना राईमाथि धारिलो हतियार प्रयोग भएको हो । मृतक कल्पनाको शरीरको विभिन्न भागमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो भने घाइते नवीनाको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ । घटनामा…
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा राजस्व असुली लक्ष्यको तुलनामा ५४ अर्ब रुपैयाँ कम छ। सरकारले पहिलो त्रैमासिक अवधि (साउन–असोज)मा दुई खर्ब ५२ अर्ब ३९ करोड रूपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा एक खर्ब ९८ अर्ब रुपैयाँमात्र संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ। आयातमा ह्रास र आर्थिक क्रियाकलाप सुस्त हुँदा राजस्वको लक्ष्य प्राप्त हुन नसकेको बताइएको छ। चालु वर्षमा आयातको वृद्धिदर सामान्य ऋणात्मक छ। कुल राजस्वको ४४ प्रतिशत भन्सारमा आधारित राजस्वबाट पूर्ति हुँदै आएको छ। आयातमा आधारित राजस्व प्रणालीका कारण विगतजस्तो आयातमा वृद्धि हुन नसक्दा राजस्वमा त्यसको प्रत्यक्ष प्रभाव परेको हो। सरकारले गैरकरतर्फ राजस्व असुलीमा भने लक्ष्य झन्डै भेटाएको छ।…
काठमाडौं : ऋणमा लगाम लागेपछि घरजग्गा व्यवसायमा कारोबार घट्यो। केही वर्षयता मूल्य भने स्थिर थियो। बैंक तथा वित्तीय संस्थाको ऋणको साँवाब्याज भुक्तानीमा घरजग्गा व्यवसायी दबाब झेलिरहेका छन्। उनीहरू बजार उठ्ने आसमा एउटा बैंकबाट ऋण लिएर अर्कोको भुक्तानी गर्दै छन्। राष्ट्र बैंकले व्यावसायिक कार्यदक्षता कर कार्यालयबाट परीक्षण गरेर मात्र ऋण दिन परिपत्र गरेको छ। त्यससँगै यस्ता ऋणहरू सदाबहार (इभर ग्रिनिङ) हुने सम्भावना टर्दै गएको छ। विश्वव्यापी रूपमै घरजग्गा कारोबार खुम्चिन थालेको छ। नेपालका पनि प्रमुख सहरमा घरजग्गाको मूल्य संतृप्ति (स्याचुरेसन)मा पुगेको विश्लेषक बताउँछन्। घरजग्गाको मूल्य सस्तिन सक्ने आईएमई समूहका बजार विश्लेषक प्रकाश तिवारी बताउँछन्। उनका अनुसार तीन वर्षदेखि चुलिएको ब्याजदर,…