Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ठूला मिठाई पसलबाट उत्पादन भएका मिठाइजन्य खाद्यवस्तु गुणस्तहीन पाइएका छन् । शुक्रबार महानगरपालिकाको कृषि तथा पशु सेवा विभागले गरेको अनुगमनका क्रममा मिठाई पसलमा लेवल नराखिएका वस्तु बेच्न राखिएको, मिठाई बनाउने सामान गुणस्तहीन र सफाइमा ध्यान नदिएकोजस्ता समस्या पाइएको हो । अनुगमनका क्रममा सुन्धारामा रहेको गुलाब मिठाई पसलबाट २६ किलोे र वाग्मती स्वीटबाट १० किलो मिठाई बनाउने पिठोमा साङ्ला भेटिएको करीब १६० मिठाइ नष्ट गरिएको छ । अनुगमन टोलीले उक्त मिठाई पसललाई सरसफइसँगै विवरणसहितको ट्याग राखेर मात्र बिक्री गर्न निर्देशन दिनुका साथै थप कारवाही प्रक्रिया अघि बढाउने जनाएको छ । जनस्वास्थ्यमा गम्भीर…

Read More

चितवन:नेपालमा गरिमा भनी विक्री गरिएको धानको बीउ गरिमा नभएको पाइएको छ । राष्ट्रिय बीउबिजन समितिले फरक धान परेको भन्दै गरिमा धानमा भएको क्षतिपूर्ति मूल्याङ्कन र सिफारिस गर्न प्रचलित कानूनअनुसारको समितिलाई निर्देशन गरेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव तथा समितिका अध्यक्ष डा युवकध्वज जिसीको अध्यक्षतामा बिहिबार बसेको बैठकले सो समितिलाई एक महीनाभित्र सम्बन्धित मन्त्रालयमा प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको छ । समितिका सदस्य सचिव बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापाका अनुसार समितिमा दर्ता भएको गरिमा वर्णशङ्कर जातको धान सुचीकृत जातको सुचीबाट हटाउन सम्बन्धित मन्त्रालयमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको छ । बैठकले दर्ता गर्दा पेश…

Read More

काठमाडौँ: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वदेश फिर्ता हुनुभएको छ । चिलिको सान्टियागोमा गत असोज २८ देखि यही कात्तिक १ गतेसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ८८ औँ महासभामा भाग लिएर शुक्रबार राति स्वदेश फर्कनुभएको हो । एनसिवी नेपालका प्रमुखसमेत रहनुभएका महानिरीक्षक खनाल इन्टरपोलको महासभामा भाग लिन गत असोज २६ गते राति चिलि प्रस्थान गर्नुभएको थियो । महासभामा भाग लिन उहाँसँगै प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीसमेत चिली जानुभएको थियो ।

Read More

काठमाडौँ: चक्रपथको कलङ्की–महाराजगञ्ज खण्डमा सडकको अधिकार क्षेत्र (राइट अफ वे) मा रहेका भौतिक संरचनाका कारण विस्तारमा बाधा पुग्ने देखिएको छ । कोटेश्वर–कलङ्की सडकखण्ड विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्डका रूपमा यहाँको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयारी गरिरहेको छ । यस खण्डमा विभिन्न संरचना रहेकाले तीनलाई तत्काल हटाउनुपर्ने देखिएको सडक विभाग, विकास सहायता कार्यन्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो । सडकको अधिकार क्षेत्रमा घरटहरालगायतका संरचना हटाउनु पहिलो चरणमा जस्तै यो चरणमा पनि समस्या हुनसक्ने देखिएको छ । स्वयम्भू, ठूलोभ¥याङ, महाराजगञ्ज चोक लगायतका स्थानमा सडक छेउमा संरचना हटाउनु समस्या रहेको छ । स्वयम्भूमा बुद्धको ठूलो मूर्ति रहेकामा त्यसलाई समेत…

Read More

काठमाडौँ: यातायात सहकारी संस्थाले बस खरीदमा ढिलाइ गरेपछि अब कसरी अघि बढ्ने बारेमा सरकारले टुङ्गो लगाएको छैन । सरकारले विद्युतीय बस खरीदका लागि रु तीन अर्ब दिएको तीन महीना नाघ्दासमेत अपेक्षाकृतरूपमा प्रक्रिया अघि नबढेपछि साझासँग सरकारले सोधपुछ गरे पनि त्यसपछि कुनै निर्णय भएको छैन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ काठमाडौँमा नहुनुभएकाले तत्काल कुनै निर्णय हुन नसकेको मनत्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार तिहारपहिले नै बस खरीद प्रक्रियाका सम्बन्धमा निर्णय गर्ने योजना बनाइएको छ । उहाँले भन्नुभयो, “आज बैठक बसेर केही निर्णय हुने सम्भावना छ, त्यो हुन नसकेमा तिहार सकिनासाथ निर्णय हुनेछ ।” मन्त्रालयले सकेसम्म…

Read More

काठमाडौँ: काठमाडौँ उपत्यकामा तिहारको समयमा खेलिने देउसी-भैलो कार्यक्रम ढिलोमा राति १० बजेसम्म मात्रै खेल्न पाउने व्यवस्था सरकारले गरेको छ। काठमाडौँ र भक्तपुर जिल्लाको हकमा १० बजेसम्म राति र ललितपुरमा भने राति ९:०० बजेसम्म मात्रै देउसी-भैलो खेल्न दिने निर्णय भएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले पहिलोक्लिकलाई जानकारी दिएका छन्। देशभर लक्ष्मीपूजाको दिनदेखि तीन दिनसम्म हिन्दु संस्कृति र परम्परा अनुसार देउसी-भैलो खेल्ने गरिन्छ।

Read More

काठमाडौँ: यम पञ्चकको पहिलो दिन भोलि काग पूजा। कागको पूजा गरी मीठो परिकार खान दिएर काग तिहार मनाइन्छ। वैदिक सनातन हिन्दू धर्मअनुसार कागलाई यमदूत र सन्देश वाहकका रूपमा मानिन्छ, पुजिन्छ।काग तिहारका दिन यसको पूजा नगरी खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ। तर हिन्दू धर्मावलम्बीले सम्मान गर्ने र पुज्ने कागलाई छिमेकी मुलुक भारत, मलेसिया, सिंगापुर, अष्ट्रेलियालगायतका मुलुकमा भने हेयका दृष्टिले हेरिन्छ। यतिसम्मकि काग मार्ने अभियान नै चलाइन्छ। नेपालसँग मिल्दो धार्मिक र सांस्कृतिक अभ्यास भएको भारतको वन्यजन्तु संरक्षण ऐन १९७२ ले कागलाई रोग फैलाउने र मार्न मिल्ने पन्छीका रूपमा सूचीकृत गरेको छ। मलेसिया, सिंगापुर, अष्ट्रेलिया सहितका युरोपेली मुलुकमा…

Read More

काठमाडौँ: आफ्नै मन्त्रालयको जिम्मेवारीलाई अधिकांश मन्त्रालयले अलपत्र पार्दै आइरहेका छन् । कार्यविभाजन नियमावलीले हरेक मन्त्रालयको काम र जिम्मेवारी निर्धारण गरिदिएको छ । यो हरेक मन्त्रालयको मुख्य मार्ग्निर्देशक सिद्धान्त पनि हो । तर, यही जिम्मेवारीलाई मन्त्रालयहरूले अलपत्र पार्दै आइरहेका हुन् । कतिपय मन्त्री र सचिवले त आफ्नो मन्त्रालयको कार्यविभाजन के हो भन्नेबारेमा समेत राम्ररी जानकारी नै नराख्ने गरेको समेत पाइएको छ । मन्त्रालयका महाशाखा तथा शाखामा कार्यरत अधिकांश कर्मचारीसमेत आफ्नो मन्त्रालयको कार्यविभाजनबारे अनविज्ञता प्रकट गर्ने गरेका छन् । तत्कालीन सरकारले २०७४ साल चैतमा कार्यविभाजन नियमावली जारी गर्दै मन्त्रालयको जिम्मेवारी निर्धारण गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सो…

Read More

काठमाडौँ: मालपोत कार्यालयप्रति कर्मचारी वितृष्णा बढेको छ । पछिल्लो समय अख्तियारको कारवाहीमा धेरै कर्मचारी पर्न थालेपछि देशभरका मालपोत कार्यालयमा कर्मचारीको अभाव हुन थालेको छ । केही समय अघिसम्म मालपोतमा सरुवा हुन कर्मचारीको तछाड मछाड हुन्थ्यो, तर अहिले त्यहाँ जान चाहँदैन । अख्तियारको स्टिङ अपरेशनमा मालपोतका कार्मचारी धमाधम परिरहेका छन् । दुई सय भन्दा बढी मालपोतका कर्मचारीलाई अख्तियारले कारवाही गरिसकेको छ । भएका जनशक्ति अदक्ष भएकाले मालपोतको सेवाप्रवाह प्रभावित भएको छ। मालपोतको सेवाप्रवाहको सवत्र आलोचना भएपछि सरकारले सुविधा सम्पन्न मालपोत कार्यालय बनाएको छ। मालपोत कार्यालय कंलकीसहित आधा दर्जन कार्यालयलाई सुविधासम्पन्न बनाइएको भूमि सुधार व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्ण…

Read More

बाकु, अजरबैजान: प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आज अबेर राति यहाँ आइपुग्नु भएको छ । शुक्रबारदेखि शुरु हुन गइरहेको दुईदिने सम्मेलनमा प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य हुनुहुन्छ । बाकुस्थित हेयदार अलियेभ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलका सदस्यहरुलाई अजरबैजानका उपप्रधानमन्त्री अली अहमादोभ, उपविदेश मन्त्री नादीर हुसेनोभ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र अन्य वरिष्ठ अधिकृतहरुले स्वागत गर्नुभयो । सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री ज्ञवाली, प्रधानमन्त्रीका…

Read More