Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: काठमाडाँै जिल्ला अदालतमा तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले आज महराविरुद्ध करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो । काठमाडौँ अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार महराविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो । उक्त उपदफामा कसुर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ । निवर्तमान सभामुख महरालाई पछिल्लो पटक यही कात्तिक ७ गते थप अुनसन्धानका लागि सात दिनको म्याद थप गरिएको थियो । जुन आज सकिएको थियो । अदालतमा बहस…
जाजरकोट: जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका–६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्नुहुन्छ । तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उहाँको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि उहाँ दैनिक कोठाना जाने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मजस्तै यहाँका सबै मानिस फोन गर्न तीन घण्टा हिमाल चढ्नैपर्ने बाध्यता रहेको छ, के गर्नु ? आफन्तको खबर सुन्न मन लाग्छ ।” त्यस्तै मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही पनि सदरमुकामलगायत अन्य ठाउँमा फोन गर्नुपरेमा यही लेकमा पुग्ने गरेको बताउनुहुन्छ । दैनिक फोनमा धेरै काम पर्छ, त्यसैले कोठाना…
भक्तपुर: आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरलाई उम्मेदवारको नाम छनोट गर्न सकस भएको छ । प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ (क) को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि आकाङ्क्षी धेरै देखिएपछि नेकपालाई उम्मेदवार छनोट गर्न सकस भएको हो । एकसातादेखि पटक–पटक बसेको नेकपा भक्तपुरको बैठकले उम्मेदावरको नामावली टुङ्गोमा पु¥याउन नसकेपछि समस्या आएको हो । नेकपा सचिवालयले उपनिर्वाचनका लागि सकेसम्म एक र बढीमा तीन जनाको नाम कात्तिक १० गतेभित्र पठाउन भने पनि १८ जनाको नाम जिल्ला कमिटीमा आएपछि नाम छनोट गर्न सकस परेको नेकपाका नेता सोमप्रसाद मिश्रले जानकारी…
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तान छनोट गरेको हो । क्रिकेट संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । उनले आइतबार मात्र इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए । ‘कप्तानमा फर्किन हामीले गरेको आग्रह पारसले अस्वीकार गरेपछि उहाँको राजीनामा स्वीकृत गरेका छौं र, अर्को व्यवस्था नभएसम्मका लागि ज्ञानेन्द्र मल्ललाई कप्तानको जिम्मेवारी दिएका छौं’ क्रिकेट संघका एक पदाधिकारीले भने ।
काठमाडौँ: चरम लोडसेडिङका बेला विद्युत् प्राधिकरणले उद्योगहरुसँग अतिरिक्त शुल्क लिई ट्रंक र डेडिकेटेड लाइनमार्फत् विद्युत् वितरण गरेको थियो । लोडसेडिङको अवस्थामा निश्चित मापदण्डका आधारमा निरन्तर विद्युत् पाउने भएपछि उद्योगीले करिब ६५ प्रतिशत बढी शुल्क तिर्न राजी भए । यससम्बन्धी नियमावली जारी भई यो व्यवस्था लागू भयो । तर, प्राधिकरणले औद्योगिक क्षेत्रमा समेत लोडसेडिङ अन्त्यको घोषणा गरेको डेढ वर्ष पुगेपनि उद्योगले ६५ प्रतिशत बढी शुल्क तिर्नुपर्ने व्यवस्था भने कायमै छ । यो समाचार कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले लेखेका छन् ।
काठमाडौँ: बंगलादेशका राष्ट्रपति एम अब्दुल हमिद नेपालको दुई दिने भ्रमणमा आउने भएका छन् । उनी कात्तिक अन्तिम साता नेपाल आउने तयारी भइरहेको परराष्ट्र अधिकारीले जानकारी दिए । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार हमिदले मंसिर २७ र २८ गते नेपाल भ्रमण गर्नेछन् । उनको भ्रमण कनेक्टिभिटी र उर्जा सहकार्यमा केन्द्रीत हुनेछ । बंगलादेशका राष्ट्रपति आलंकारिक भए पनि भ्रमणमा दुईपक्षीय तथा त्रिपक्षीय सहकार्यका मुद्दामा छलफल हुने ती अधिकारीले बताए । भेटमा सार्कलाई अघि बढाउने विषयमा पनि छलफल हुनेछ । यो समाचार आजको अन्नपूर्ण पोष्ट् प्रकाशित छ ।
काठमाडौँ: गत साता असंलग्न राष्ट्रको १८ औं सम्मेलनमा सहभागी भएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर कोरियाका एक मन्त्रीस्तरका नेता र भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा अजरबैजानको राजधानी बाकुमै रहेका परराष्ट्रका अधिकारीहरुले उक्त भेटवार्ता ‘इन्फर्मल’ र ‘साइडलाइन’ भन्दै भेटघाटलाई सञ्चार माध्यममा खुलाउनै चाहेका थिएनन् । ‘भेटघाटका तस्बिर पनि खिच्ने अवसर मिलेन, सबै साइडलाइनमा उभिएकै अवस्थामा भएका भेटघाट थिए,’ प्रतिनिधिमण्डलका एक वरिष्ठ सदस्यले बाकुबाट जानकारी गराएका थिए । राष्ट्रपति मदुरोको ट्वीटबाट आएको भिडियोले भने पराराष्ट्र मन्त्रालयले खुलाउन नचाहेको तथ्य सार्वजनिक गरेको छ । भिडियोमा उक्त द्विवसीय भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, सचिव शंकरदास…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर गोप्य रुपमा डाइलाइसिस गरिएको स्रोतले कान्तिपुरलाई जानकारी दियो । प्रधानमन्त्रीको निजी चिकित्सक प्राडा दिव्यसिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि भर्ना भएको उल्लेख छ । अस्पताल प्रशासनले प्रधानमन्त्रीको विषयमा औपचारिक जानकारी दिन चाहेको छैन । यो समाचार कान्तिपुर दैनिकमा स्वरुप आचार्य र अतुल मिश्रले लेखेका छन् ।
महोत्तरी: मिथिला क्षेत्रमा अहिले छठ पर्वको चहलपहल शुरु भएको छ । यहाँ छठका लागि साप्ताहिक हटिया लागेको छ । जिल्लाका नगर क्षेत्र र साप्ताहिक हटियामा माटाका भाँडा, बाँसका कप्टेरा र चोयाले बनेका सामान तथा केराका घरी राखिएको छ । छठ पर्वमा दियो, दही जमाउने भाँडा, कलश, ढकना र तौलासहितका भाँडा माटोकै प्रयोग गर्ने परम्परा छ । त्यसैगरी बाँसको कप्टेरा र चोयाले बनेका नयाँ छिटी, नाङ्लो, चाल्नो, पङ्खासहितका सामग्री प्रगोग गरिने बिधि छ । मिथिला क्षेत्रमा जताततै केराका घरीको बजार जमेको छ । छठमा व्रतालु र भाकल गर्नेले केराका घरी चढाउने अनिवार्य परम्परा छ । छठ पर्व मिथिलाको…
जनकपुरधाम: मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि शुरू हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । मानव सभ्यताको विकास नदी किनार हुँदै भएको, पञ्चतत्वमध्ये सूर्य र जल अपरिहार्य तत्व रहेकाले यी दुई तत्वहरूप्रति श्रद्धाभाव व्यक्त तथा जीवन, जगत्, प्रकृति, वनस्पति, ग्रह, नक्षत्र,…