Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाली सेनाले २०७६ साउनको सैन्य भर्ना छनोट प्रक्रियामा आर्थिक अनियमितता गर्ने ४ सैनिक र २३ गैर सनिकलाई कारवाही गरेको छ । यस्तो छ प्रहरीको पूर्ण जानकारी १) मिति 2076 साउन 19 गतेको गोरखापत्रमा प्रकाशित विज्ञापन अनुसार नेपाली सेनाको 40 (चालिस) भर्ना केन्द्रहरुमा 5800 (पाँच हजार आठ सय) जना सैन्य पदको भर्ना छनौट प्रक्रिया भईरहेकोमा केही भर्ना केन्द्रहरुमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशंकामा 4 (चार) जना सैनिक तथा 23 (तेईस) जना गैर सैनिक व्यक्तिहरुको नेपाली सेनाले अनुसन्धान गरी कारवाहीको प्रक्रिया अगाडी बढाएको छ । २) नेपाली सेनाको भर्ना केन्द्र, श्री उत्तर पश्‍चिम पृतना हे.क्वा. मा संचालन भईरहेको…

Read More

राजविराज : सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरबाट अवैधरुपमा लगिदै गरेका ४० राँगालाई मङ्गलबार नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प बोदेबरसाइनबाट खटिएको प्रहरी टोलीले राँगा नियन्त्रणमा लिएको हो । भारतीय बजारबाट चोरी पैठारी गरी नेपालतर्फ ल्याउने क्रममा राँगालाई नियन्त्रणमा लिइएको सुरक्षा बेसक्याम्पका सहायक प्रहरी नायब निरीक्षक वीरेन्द्र महराले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका राँगाको बजार मूल्य करीब रु आठ लाख रहेको प्रहरीको अनुमान छ । नियन्त्रणमा लिइएका राँगालाई आवश्यक कारवाहीका लागि तिलाठी स्थित (बेल्ही) भन्सार कार्यालय पठाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । हतियार र मदिरा बरामद सप्तरीको दक्षिणी भेगमा रहेको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट प्रहरीले…

Read More

काठमाडौँ: जगसहित ढलेको काष्ठमण्डप पुनःनिर्माणअन्तर्गत पहिलो तला (भुइँ तला) निर्माणको काम (छानाबाहेक) सकिएको छ । काष्ठमण्डप पुनःनिर्माण समितिले मङ्गलबार सार्वजनिक सुनुवाइ गरी पुनःनिर्माणको काम लगभग आधा सकिएको जनाएको हो । उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र शाक्यका अनुसार हालसम्म रु तीन करोड खर्च भएको छ । उपभोक्ता समितिलाई काठमाडौँ महानगरपालिकाले रु साढे पाँच करोड दिएको थियो । हालसम्म निर्माणका लागि रकम अभाव भएको छैन । हाल काष्ठमण्डपका लागि आवश्यक काठ बर्दिवास र अम्लेखगञ्जबाट ल्याइएको छ । हालसम्म चार हजार ३८ क्युफिट काठ उपयोग भइसकेको छ । सम्पदाविज्ञ डा सुर्दशन तिवारीले पुरातात्विक सामग्रीको संरक्षण गरी पराम्परागत प्रविधिको प्रयोग गरी काष्ठमण्डपको पुनःनिर्माण भइरहेको…

Read More

काठमाडौँ: नेपाल प्रहरीले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौँ महानगरपालिका–२६ नरसिंह चोक नजिक सालकको खपटा र बाघको छालासहित नवराज न्यौपाने र केशव अर्याललाई आज पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले झोलामा बोकेर हिँडिरहेको अवस्थामा तीन फिट ११ इञ्च लम्बाइ भएको बाघको छालासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग प्रहरीले एक किलो ४०० ग्राम सालकको खपटासमेत बरामद गरेको छ । दुबै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको छ ।

Read More

काठमाडौँ: सरकारले दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरु प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको छ । उक्त गीतमा कानूनबमोजिम नेपालमा प्रतिबन्धित लागुऔषध गाँजा सेवनलाई युवामा प्रोत्साहन हुने गरी सङ्गीत भरेर दृश्य छायाङ्कन गरी समाजमा गलत सन्देश फैलाउने कार्य गरेकाले प्रतिबन्ध लगाईएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गृहमन्त्रालयको पत्रानुसार थापाले आफ्नो युट्यूब च्यानलमा सार्वजनिक गरेको उक्त गीतमाथि आमसञ्चारमाध्यममा प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको छ ।

Read More

काठमाडौं: सरकारले तिहारमा समाजमा नकारात्मक असर पर्ने गीत उत्पादन तथा प्रशारण नगर्न आग्रह गरेको छ । गृह मन्त्रालयले सूचना प्रकाशित गरी तिहारमा हुने देउसी भैलोलाई मनोरञ्जनात्मक क्रियाकलापका रुपमा मात्र अपील गरेको छ । साथै नेपाली भाषा, धर्म संस्कृति र सभ्यतालाई विकृत बनाई समाजमा नकारात्मक असर पर्ने गीत, संगीत तथा श्रव्यदृश्य सामागी उत्पादन तथा प्रशासन नगर्न आग्रह गरेको छ । भुइँचम्पा, पटका र आतिसवाजी जस्ता विस्फोटक पदार्थको विक्रिवितरण तथा प्रयोग नगर्न पनि अपील गरेको छ । यसो गरेमा कानून अनुसारका कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिइएको गृहले बताएको छ । मन्त्रालयले साथै यात्रामा सहजीकरण गर्न सुरक्षा निकायहरुबाट…

Read More

काठमाडौँ: मित्रराष्ट्र चीनको उहानमा जारी सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले राष्ट्रिय किर्तिमान कायम गरेकी छिन् चीनको उहानमा संचालन भईरहेको सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी खत्रीले मंगलबार भएको Track and Field अन्तर्गत संचालन भएको महिलातर्फको 400 मिटर दौडमा राष्ट्रिय किर्तिमान राख्‍न सफल भएकी हुन् । उनले उक्त दुरी 59.57 सकेण्डमा पुरा गर्दै यस अघिको 59.90 सकेण्डको राष्ट्रिय रेकर्ड तोडेकी हुन् । खत्रीले 9 वर्ष अगाडी सन् 2010 प्रमिला रिजालले राखेको रेकर्ड तोडेकी हुन्। उक्त दौडमा 21 देशका प्रतिस्पर्धीले भाग लिएका थिए । यसैगरी आजै संचालन भएको महिलातर्फको 100 मिटर दौडमा…

Read More

खलङ्गा: जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । आर्थिक वर्ष २०७४÷७५ मा रु १६ करोड र आव २०७५÷७६ मा रु १७ करोड बराबरको स्याउ जिल्ला बाहिर गएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुई आवको तुलनामा यस वर्ष स्याउबाट करीब रु १७ करोड आम्दानी बढी भएको छ ।” पछिल्लो समय जुम्ली किसानको स्याउखेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ । जुम्लाका…

Read More

काठमाडौं: नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता तथा शिक्षक गुणराज लोहनी पक्राउ परेका छन् । उनलाई चितवन प्रहरीले मंगलबार बिहान चितवनको भरतपुर महानगरपालिका-११ बसेनीबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले घरबाटै पक्राउ गरेको हो। उनी नेकपाका निवर्तमान केन्द्रिय सदस्य हुन् ।

Read More

एजेन्सी: विश्वमै सवैभन्दा तीव्र गतिमा दूरी पार गर्ने सवारी साधनमा हवाइजहाज पर्छ, यसमा कसैको दुईमत छैन । रेल तथा ठूला इन्जिन भएका कारहरु पनि तीव्र गतिमा कुद्छन् । तर एउटा यस्तो बाइक निर्माण गरिएको छ । जसको टप स्पीड सुनेर विश्वास गर्न नै मुस्किल लाग्न सक्छ । विश्वकै सवैभन्दा तीव्र गतिमा कुद्ने बाइकले प्रतिघण्टा ६७२ किलोमिटर दूरी पार गर्छ । डज टोमाहक विश्वको सबैभन्दा पावरफुल सुपरबाइकमा नाम लेखाउन सफल बाइक हो । यो सुपर बाइकको टप स्पीड ६७२ किलोमिटर प्रतिघण्टा रहेको छ । यो सुपरबाइक हालै नन स्ट्रीट लिगल कन्सेप्टको रुपमा तयार पारिएको थियो ।…

Read More