Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी नेपाल इन्भेष्टमेन्ट बैंकले दैनिक गणना गरी बैंकमा दाखिला गर्ने भएको छ । पशुपतिमा सोमबार आयोजित कार्यक्रममा कोषका सदस्यसचिव डा प्रदीप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिबहादुर पाण्डेले दैनिक भेटी गणना गरी बैंकमा दाखिला गर्ने कार्यको शुरुवात गर्नुभएको हो । कोषले विसं २०६६ चैत २६ गतेदेखि पशुपतिनाथ मन्दिरमा दानपेटिका राखी भेटीघाटी पारदर्शी गर्न शुरु गरेको थियो । भेटघाटी पारदर्शी गर्नुअघि कोषले नियमावली नै जारी गरेर पशुपतिनाथका भट्टहरुलाई तलब दिने व्यवस्था गरेको थियो । यो व्यवस्था गरेदेखि कोषकै कर्मचारीले भेटी गणना गरी बैंकमा दाखिला गर्ने गरेका थिए । कोषकै कर्मचारीले गणना गर्दा सार्वजनिक…

Read More

नेपालगञ्ज: जिल्ला कारागारमा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिले कारागारबाटै धम्की दिई यहाँका विभिन्न ट्राभल एजेन्सीबाट अनधिकृत रकम असुल्ने गरेको तथ्य बाहिर आएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीका अनुसार कारागारमा अपहरण तथा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका सानोबाबु भन्ने धनबहादुर सुनारले कारागारभित्रबाटै धम्की दिई यहाँका विभिन्न टुर्स एण्ड ट्रभल्सबाट दैनिक रकम असुल्ने गरेको तथ्य फेला पारेको हो । प्रहरीले रकम असुल्न सघाएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । धनबहादुरले टुर्स एण्ड ट्राभल्स एजेन्सीबाट रकम असुल्न प्रयोग गर्दै आएका उनका भतिजा युवराज सुनारलाई नियन्त्रणमा लिएको छ…

Read More

काठमाडौं : नेपालीको महान चाड दसैंलाई हरेक वर्ष बजारले नयाँ–नयाँ रौनकसहित स्वागत गर्छ। दसैं नजिकिँदै गर्दा बजारमा हरेक वर्ष झैं चहलपहल बढेको छ। किराना सामानदेखि लत्ताकपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, सफ्ट ड्रिङ्स, ग्याजेट, टेलिभिजन, वासिङ मेसिन, फ्रिजलगायत इलेक्ट्रोनिक्सका व्यापार अधिक हुन्छ। वस्तुका अतिरिक्त सेवा क्षेत्रमा सार्वजनिक सवारीसाधन, होटल÷रेस्टुरेन्ट, एयरलाइन्सको व्यापारमा पनि बढोत्तरी हुन्छ। दसैं र लगत्तै पर्ने तिहार र छठलाई केन्द्रित गरेर विक्रेता तथा सेवाप्रदायकले विभिन्न अफर सार्वजनिक गरिरहेका हुन्छन्। उपभोगमा आधारित हाम्रो अर्थतन्त्रमा कुल उपभोगको एक तिहाइ दसैंमा उपभोग हुने अनुमान गरिएको छ। लामो बिदा र घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर मनविनोद गर्ने, खुसी साटासाट गर्ने र मान्यजनको…

Read More

काठमाडौं: होटल, क्यासिनो तथा रेष्टुरेन्ट श्रमिकहरुले दश प्रतिशत सेवाशुल्क, श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनको माग गर्दै आन्दोलनको चेतावनी दिएका छन् । नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदूर यूनियन(नेस्वहोमयू) ले काठमाडौंमा पत्रकार सम्मेलन गरी २१ दिने अल्टिमेटमसहित आन्दोलनको चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा नेस्वहोमयूका अध्यक्ष सूर्यबहादुर कुँवरले श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना तत्काल लागु गराउन सरकार र व्यवस्थापकको ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष कुँवरले विभिन्न पाँच बुँदामा उल्लेखित माग राख्दै भन्नुभयोर्, यदि होटल, क्यासिनो तथा रेष्टुरेन्ट क्षेत्रका श्रमिकको माग आजको मितिले २१ दिनभित्र पूरा नभएमा हामी सम्पूर्ण होटल, क्यासिनो तथा रेष्टुरेन्ट क्षेत्र…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणाले मुलुकलाई सभ्यताको एक सिँढी माथि उठाएको बताउनुभएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको सो घोषणा समारोहमा प्रधानमन्त्री ओलीले घोषणामा अन्तरनिहित विविध पक्षलाई सबलीकृत गर्दै अनवरतरुपमा जनजागरण र जनचेतना फैलाउन आवश्यक भएकामा जोड दिँदै नेपाललाई अल्पविकसितबाट माथि उठाउने, गरीबीको रेखाबाट माथि पुग्ने, निरक्षता उन्मूलन गर्ने जस्ता कामका लागि सरकार सजगताका साथ योजनाबद्ध भई अगाडि बढेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो विकास हामीले गर्नुपर्छ । सचेत प्रयास हामीले अगाडि बढाउनुपर्छ । कुनै पनि देशलाई अर्काले आएर बनाइदिएर हुँदैन, आफैँले बनाउनुपर्छ । यो घोषणाले नेपाल…

Read More

काभ्रेपलाञ्चोक: अर्थमन्त्री डा युवराज खतिवडाले आउँदो पुस मसान्तभित्र मुलुकका सबे स्थानीय तहमा बैंकिङ सेवा पुग्ने बताउनुभएको छ । पनौती नगरपालिका–४ स्थित अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बैंकिङ सेवा पु¥याउन बाँकी १७ स्थानीय तहमा पुस मसान्तभित्र स्थापना गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकका प्रत्येक स्थानीय तहमा बैंकको सेवा पुग्नैपर्छ, अब पुस मसान्तभित्र पु¥याइसक्नेछौँ ।” विसं १९९४ देखि २०७४ सालसम्म मुलुकमा पाँच हजार बैंक शाखा रहेकामा वर्तमान सरकारले नौ हजार ८५० पु¥याएको उहाँले जानकारी गराउनुभयो । मन्त्री खतिवडाले बैंक, लद्युवित्त सहकारी, जुनसुकै वित्तीय संस्थालाई मात्रात्मकबाट गुणात्मकतामा लैजानुपर्नेमा जोड दिनुभयो । “सङ्ख्याको विस्तारलाई रुपान्तरण गरी सरकार जोडबलका…

Read More

काठमाडौं: संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित आम नागरिकले सोच्न पनि नसकिने हर्कत गरेका छन्। महराले संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेका छन्। आइतवार साँझ ती महिला कर्मचारी स्नेहा (नाम परिवर्तन)लाई सभामुख महराले तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेका हुन्। मदिराले लठ्ठ भएर स्नेहाको डेरामा गएका महराले त्यहाँ जवर्जस्ती उनलाई मदिरा पिलाएका थिए। मदिरा समेत आफैले लिएर गएका उनले स्न्याक्सका लागि काजु वदाम समेत लगेका थिए। आफ्नो घरमा श्रीमान नभएको र श्रीमान भएको बेलामा नआउन भनेपनि महराले सो कुरालाई सुनेनन्। बरु सुरक्षाकर्मीहरुलाई साथ लिएर उनी…

Read More

सुर्खेत: ‘नेपाल भ्रमण वर्ष २०२०’ शुभारम्भ कार्यक्रम तयारीका लागि कर्णाली प्रदेश सरकारले आजदेखि छलफल शुरु गरेको छ । प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको अध्यक्षतमा बसेको बैठकले ‘नेपाल भ्रमण वर्ष २०२०’ शुभारम्भ कार्यक्रम तयारीको छलफल शुरु गरेको हो । भ्रमण वर्षलाई सफल र सुखद बनाउन प्रदेशको नीतिगत सुधार, पाहुनालाई दिन सकिने सेवा तथा छुट सुविधा, संरचना निर्माण र २०२० जनवरी १ नेपाल भ्रमण वर्षको शुभारम्भ दिनका बारेमा छलफल भएको जनाएको छ । छलफलमा मन्त्री बुढाले भ्रमण वर्षलाई सफल बनाउन कर्णाली तथा भेरी करिडोरको पुलको निर्माण सम्पन्न गर्न, पहाडी जिल्लाका लागि हेलिकप्टर तथा नेपाल एयरलायन्सलाई कर्णाली केन्द्रित गर्न,…

Read More

काठमाडौँ: दशैंका लागि सरकारले सोमबारदेखि खसीबोका तथा च्याङग्रा को बिक्री थालेको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सोमबारदेखि थापाथलीबाटखसीबोका तथा च्याङग्राको बिक्री गर्न थालेको हो । कम्पनीले निजी क्षेत्रको भन्दा खसी किलोको ७० रुपैयाँ र च्याङग्रा ३० रुपैयाँ सस्तोमा बिक्री गरिरहेको छ। कम्पनीको सोमबार बसेको बैठकले जिउँदो खसीको मूल्य किलोको ५ सय ५० रुपैयाँ र च्याङग्रा किलोको ७ सय ३० रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको हो। व्यवसायीले जिउँदो खसीको मूल्य किलोको ६ सय २० रुपैयाँ र च्याङग्रा ७ सय ६० रुपैयाँमा बिक्री गर्दै आएका छन्। कम्पनीले जिउँदो खसीको मूल्य किलोको ५ सय ६० रुपैयाँ र च्याङग्रा ७ सय…

Read More

काठमाडौँ: नेपाल एसबिआई बैंकले आफ्ना शेयरधनीलाई १६ दशमलव ८४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले छ प्रतिशत शेयर लाभांश र १० दशमलव ८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक आर्थिक विवरण स्वीकृत गर्दै गत वर्षको मुनाफा तथा विगत वर्षमा आर्जित मुनाफाबाट उक्त लाभांश दिन लागेको जनाएको छ । बैंकले आफूले गरेको उक्त निर्णय आज नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो । उक्त प्रस्तावलाई बैंकको आगामी २६औँ वार्षिक साधारसभा र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि वितरण गरिने कम्पनीका सचिव भीष्म नेउपानेले जानकारी दिनुभयो । सो बैंकले…

Read More