Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल एसबिआई बैंकले आफ्ना शेयरधनीलाई १६ दशमलव ८४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले छ प्रतिशत शेयर लाभांश र १० दशमलव ८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक आर्थिक विवरण स्वीकृत गर्दै गत वर्षको मुनाफा तथा विगत वर्षमा आर्जित मुनाफाबाट उक्त लाभांश दिन लागेको जनाएको छ । बैंकले आफूले गरेको उक्त निर्णय आज नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो । उक्त प्रस्तावलाई बैंकको आगामी २६औँ वार्षिक साधारसभा र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि वितरण गरिने कम्पनीका सचिव भीष्म नेउपानेले जानकारी दिनुभयो । सो बैंकले…

Read More

भक्तपुर: कृषि विकास बैंकको गठ्ठाघरस्थित शाखाले व्यवस्थित रुपमा सर्वसाधारणलाई नयाँ नोट वितरण गरिरहेको छ । कृषि विकास बैंकको उक्त शाखाले दैनिक ३०० सर्वसाधारणलाई नयाँ नोट वितरण गरेको शाखा प्रमुख खेटराज दाहालले बताए । उनले भने- “हामीले कुपन प्रणालीमा नयाँ नोट वितरण गरेका छौ जसले गर्दा सर्वसाधारण तथा बैंकका कर्मचारीलाई सहज भएको छ” । सर्वसाधारणलाई बिहान १० बजेदेखि कुपन वितरण गरिहेको बताउदै उनले ३०० कुपन वितरण गरिसकेपछि कुपन बितरण बन्द गर्ने गरेको बताए । नोट वितरण भने बिहान १०: १५ बजेदेखि शुरु हुने उनले बताए । सर्वसाधारणले ५, १०, २० र ५० दरका एक/ एक बन्डल (बिटा) गरी प्रतिव्यक्ति…

Read More

काठमाडौं : शुद्ध र स्वस्थ मासुका लागि सिङमा हरियो चिन्ह भएका खसीबोका मात्र खरिद गर्न सरकारले सुझाव दिएको छ। पशु सेवा विभागले स्वस्थ खसीबोकाको सिङमा ‘हरियो’ र अस्वस्थलाई ‘रातो’ चिन्ह लगाएर मात्र बजारमा पठाउने अभियान सुरु गरेको छ। अभियान आइतबारदेखि सुरु भएको छ। खसीबोकाको अत्यधिक कारोबार हुने कलंकी, बालाजु बाइपास, टुकुचा बजार, लोकन्थली, सल्लाघारी, साँगा, सतुंगल र चोभारमा अस्थायी रूपमा पशु चिकित्सकको टोली परिचालन गरी खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरिएको छ। सतुंगल र चोभारमा राँगाको समेत स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ। विभागकी उपमहानिर्देशक डा.सम्झना काफ्लेले यो अभियान एक सातासम्म सञ्चालन हुने जानकारी दिइन्। प्रत्येक टोलीमा एक वरिष्ठ पशु…

Read More

काठमाडौं : भारतले देशभित्र आपूर्ति व्यवस्था प्रभावकारी बनाउन प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। उसले घरेलु बजारमा विक्रेताले बिक्री गर्ने प्याजको भण्डारण परिमाण तोकेको छ। यसले प्याजको नेपाली बजार झनै अकासिने सम्भावना बढेको छ। नेपालमा खपत हुने ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। भारतीय नीतिले नेपाली बजारलाई प्रभावित गर्दै आएको छ। भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार विदेश व्यापार महानिर्देशनालयलाई अर्को आदेश नआएसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाउन निर्देशन दिएको छ। दिल्ली सरकारले आइतबारदेखि नागरिकलाई एकपटकमा पाँच किलो मात्रै खरिद गर्न पाउने नियम लगाएको छ। मन्त्रालयले थोक विक्रेताको हकमा अधिकतम ५ सय र खुद्रा व्यापारीको हकमा १ सय क्विन्टल मात्रै…

Read More

काठमाडौँ: नेपाल र संयुक्त अरब इमिरेट्स(युएई) का बीचमा हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ४०औँ महासभाका दौरानमा उक्त हवाई सम्झौता भएको हो । महासभामा नेपालका तर्फबाट सहभागी हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र युएईका अर्थमन्त्री सुल्तान बीन साइद अल्मान्सोरीले शनिबार हवाई सेवा सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । हवाई सम्झौतासँगै दुई देश बीचको हवाई सेवालाई थप सुरक्षित र विश्वासिलो बनाउन मद्दत पुगेको पर्यटनमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत जनाउनुभएको छ । “दुबै देशले अन्तर्राष्ट्रिय नियम तथा अनुबन्धनहरुको परिपालना गर्दै दुई देशबीचको हवाई सेवालाई थप सुरक्षित र विश्वासिलो बनाउनुका साथै…

Read More

काठमाडौँ: एक्काइस वर्षीय सुमन केसीको चार वर्षअघि मनमोहन कार्डियोथेरासिस, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा हृदयाघात भएपछि शल्यक्रिया भयो । उनलाई हृदयाघात के हो भन्ने थाहै थिएन । अहिले सुमन निरन्तर चिकित्सकको निगरानीमा हुनुहुन्छ । डा. भगवान् कोइराला नेतृत्वको टोलीले केसीको शल्यक्रिया गरेको थियो । यस्तै सिन्धुपाल्चोकका २६ वर्षीय विजय पौडेलको पनि दुई वर्षपहिले हृदयाघातका कारण शल्यक्रिया गर्नु परेको थियो । उनी पनि समयसमयमा चिकित्सकको फलोअपमा छन् । युवापुस्तामै मुटुसम्बन्धी रोगले सताएका यी दुई प्रतिनिधि पात्र मात्र हुन् । धेरै युवा हिजोआज मुटुसम्बन्धी रोगका कारण पीडित हुने गरेका छन् । मुख्यतया २० देखि ४० वर्ष उमेर समूहका…

Read More

काठमाडौँ: मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग लगायतको बाँकी काम पूरा गर्नका लागि चिनियाँ कम्पनी सिनो हाइड्रोसँग आज सम्झौता भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा मेलम्ची खानेपानी परियोजनाको काम बीचैमा अलपत्र छाडेर इटालियन कम्पनी सिएमसी भागेपछि सरकारले आज चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरेको हो । विगतमा सिएमसीले काम पाउँदा दोस्रो नम्बरमा रहेको सिनो हाइड्रो पुनःमेलम्चीमा फर्किएको छ । सिएमसीले अलपत्र पारेको कामको जिम्मेवारी १२ महीनामा पूरा गर्ने गरी कूल रु ८५ करोड एक लाख ९४ हजार ४५८ मा जिम्मा लिएको हो । द्विपक्षीय सम्झौतामा मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री र सिनो हाइड्रो कर्पोरेशनका तर्फबाट…

Read More

काठमाडौँ: नेपालीको महान्पर्व दशैँ, तिहारमा स्वास्थ्यसेवा विगत वर्षमा जस्तै निरन्तरता हुने भएको छ । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशँै र तिहारका सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्यसेवा सूचारु राख्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई अनुरोध गरेको छ । मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुषालद्वारा आज जारी विज्ञप्तिमा स्थानीय निकायका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई स्वास्थ्यसेवा सूचारु राख्न ११ बुँदे आग्रह जारी गरिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले स्वास्थ्यसेवा सूचारु राख्न अनुरोध गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्नुभएको थियो । संविधानको प्रावधानअनुसार स्थानीय तहका स्वास्थ्य संस्थाको सञ्चालन स्थानीय…

Read More

काठमाडौँ: दशैँका लागि घर जाने यात्रुको सहज र व्यवस्थित बनाउन आजदेखि सार्वजनिक यात्रुवाहक सवारीसाधनको बाटो इजाजतपत्र (रुट परमिट) खुला गरिएएको छ । सरकारले यही असोज १९ गतेसम्मका लागि एउटा रुटको अनुमति लिएको सवारीसाधन देशका जुनसुकै रुटमा चल्ने गरी खुला गरेको हो । आजैदेखि १० चक्के वा सोभन्दा बढी चक्का भएका ठूला मालवाहक सवारीसाधन चितवनको नारायणघाटदेखि काठमाडौँ आगमनमा रोक लगाइएको यातायत व्यवस्था विभागले जनाएको छ । खाद्यान्न सामग्री, लत्ताकपडा, औषधि, तरकारी, मासुजन्य पदार्थ लगायतमा भने सो नियम लागू नहुने बताइएको छ । शुक्रबार सडक मर्मत र ठूला सवारीसाधनका कारण झण्डै ३० किलोमिटर क्षेत्रमा सडक अवरुद्ध भएको थियो…

Read More

काठमाडौँ:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले यस वर्ष चियापान कार्यक्रमका लागि एक लाख कार्ड बाँड्ने भएको छ । पार्टीले यही असोज २९ गते दशैँतिहार, नेपाल संवत्, इद, ल्होसार र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्नका लागि प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पार्टीका कार्यकर्ता, सर्वसाधारण, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका पदाधिकारी, संवैधानिक निकायका र उच्चपदस्थ कर्मचारीलाई निम्तो दिँदैछ । चियापानमा निम्ताका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षर भएको निम्ताकार्ड बाँडिने नेकपा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । गत वर्ष पनि नेकपाले सोही ठाउँमा चियापान कार्यक्रम आयोजना गरेको थियो ।

Read More